सौराहामा हात्तिको बनभोज ७० भन्दा बढी हात्ती सहभागी

चितवनको पर्यटकीय नगरी सौराहामा बिहीबार हात्तीलाई वनभोज खुवाइएको छ । पर्यटन प्रर्वद्धन तथा वन्यजन्तु बासस्थान व्यवस्थापन समिति सौराहाले दुई वटा सरकारी हात्तीसार र व्यवसायी ओम रिजालले पालेका करिब ७० वटा हात्तीलाई वनभोजका रुपमा केरा, चना, भूइकटर, स्याउ, उखु, सखर, खर्बुजा र खिर खुवाएको हो । प्रदेश सरकारले आर्थिक सहयोग गरेको तथा चितवन निकुञ्जको सहकार्यमा कार्यक्रम गरिएको हो ।

संरक्षणकर्मी तथा व्यवसायी राममणि खनालले हात्तीहरुलाई चामल, सखर,बिरे नुन र ज्वानो हालेर तयार गरिएको खिर समेत खुवाइएको जानकारी दिए । कार्यक्रममा बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले उनले सफारी पर्यटनको विकासको लागि हात्ती अभिन्न अंगको रुपमा स्थापित भइसकेको भन्दै पर्यटन प्रर्बद्धन गर्नकै लागि हात्ती वनभोज कार्यक्रम आयोजना गरिएको बताए । उनले चितवनको पर्यटन विकासको लागि बाघमारा मध्यवर्ती सामुदायिक वनमा क्यानोपी वाक ब्रिज निर्माणको लागि प्रदेश सरकारले दुई करोड रुपैया विनियोजन गरेको बताए ।

समितिका कार्यवाहक अध्यक्ष टीकाप्रसाद रिजालको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं ५ का वडाध्यक्ष बालकृष्ण चापागाई, वडा नं ७ का वडाध्यक्ष सजना महतो, वडा नं ६ की कार्यवाहक वडाध्यक्ष वविता चौधरी, निकुञ्जका सौराहा सेन्टर प्रमुख विश्वबाबु श्रेष्ठ, राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा।बाबुराम लामिछाने, निर्वतमान प्रमुख तथा व्यवसायी रामकुमार अर्याल, संरक्षणकर्मी टीका गिरी, बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जीतु तामाङ, कुमरोज मध्यवर्ती सामुदायिक वनका अध्यक्ष गणेशकुमार श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

By सञ्जय दवाडी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.