रेडियो अर्पण

797 Posts
मुग्लिन–नारायणगढ सडकखण्ड भोलीदेखि थप १५ दिन बन्द हुने

मुग्लिन–नारायणगढ सडकखण्ड भोलीदेखि थप १५ दिन बन्द हुने

नारायणगढ–मुग्लिन सडकखण्डको चिसेन्जी खोला र तुइनखोलामा पुलका लागि सडक बढाउन पहरो काट्ने काम नसकिएपछि भोलीदेखि थप १५ दिन सडक बन्द हुने भएको छ । गत पुस ५ गतेदेखि माघ ५ गतेसम्म पहिलो र माघ ५ देखि फागुन ५ गतेसम्म दोस्रोपटक एक÷एक महिनाको दरले दैनिक चार घण्टा सडक बन्द गरेर पहरो काट्ने काम गरे पनि नसकिएपछि थप १५ दिन बन्द गर्न लागिएको सडक आयोजना प्रमुख किरण कार्कीले जानकारी दिनुभयो । कार्कीका अनुसार यहि फागुन ६ गतेदेखि २० गतेसम्म १५ दिन दिउँसो १२ बजेदेखि ४ बजेसम्म सडक बन्द गर्न गरेर पहरो काट्ने काम गरिनेछ । कालिखोला, चिसेन्जी र तुइन खोला लगायतका मुख्य…
Read More
राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म मनाइने

राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म मनाइने

राष्ट्रिय प्रजातन्त्र दिवस २०७९ तीन दिनसम्म मनाइने भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज शुक्रवार सबै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सबै आयोग, विभाग, प्रतिष्ठान, जिल्ला समन्वय समिति र पालिकालाई परिपत्र गर्दै प्रजातन्त्र दिवस तीन दिनसम्म मनाउन भनेको हो । राष्ट्रिय प्रजातन्त्र दिवस २०७९ यही फागुन ६, ७ र ८ गते तीन दिनसम्म भव्यताका साथ मनाउने सन्दर्भमा राष्ट्रिय प्रजातन्त्र दिवस २०७९ मूल समारोह समितिका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा गत माघ २४ गते बसेको बैठकबाट पारित कार्यक्रम मुताबिक विभिन्न कार्यक्रम गरी मनाउन अनुरोध छ, सामान्य प्रशासन मन्त्रालयले गरेको परिपत्रमा भनिएको छ । प्रजातन्त्र दिवस मनाउन सबै…
Read More
नागरिक उन्मुक्तिका सांसद चौधरीको बाँकी सजाय मिनाहा गर्न राष्ट्रपतिसमक्ष सिफारिस

नागरिक उन्मुक्तिका सांसद चौधरीको बाँकी सजाय मिनाहा गर्न राष्ट्रपतिसमक्ष सिफारिस

सरकारले कैद सजाय भुक्तान गरिरहनुभएका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीलाई माफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । गृह मन्त्रालयको प्रस्तावपछि मन्त्रिपरिषद्ले सांसद चौधरीको बाँकी सजाय मिनाहाका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो । गृहमन्त्रीसमेतको जिम्मेवारी सम्हाल्नुभएको प्रधानमन्त्री पुष्पकमल दाहालले नै चौधरीको सजाय मिनाहाका लागि पहल गर्नुभएको थियो । सोही प्रस्तावमा मन्त्रिपरिषद्को हिजो बिहीबारको बैठकले चौधरीको बाँकी सजाय मिनाहाको सिफारिस राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको हो । त्यसअघि गृह मन्त्रालयले चौधरीमाथि लागेको कसुरको अवस्थाबारे महान्यायाधिवक्ताको कार्यालयसँग राय मागेको थियो । चौधरी आगजनी मुद्दामा जिल्ला अदालत कैलालीबाट दोषी करार भई सजाय भुक्तानरत रहेको जानकारी पाएपछि गृहमन्त्रालयले चौधरीको बाँकी सजाय मिनाहाका लागि मन्त्रिपरिषद्मा सिफारिस…
Read More
भ्रष्टाचार आरोपी बचाउन बयान फेर्ने तीन जनाविरुद्ध मुद्दा दर्ता

भ्रष्टाचार आरोपी बचाउन बयान फेर्ने तीन जनाविरुद्ध मुद्दा दर्ता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार आरोपी जोगाउन बयान फेर्ने तीन जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । सरकारी साक्षीका रूपमा पेस गरिएका बद्री आचार्य भन्ने समुन्द्र आचार्य, चिरञ्जीवी आचार्य र रत्नप्रसाद आचार्यविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको आयोगले जनाएको छ । सिन्धुपाल्चोकमा रहेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका इन्जिनियरले घुस लिएकोसम्बन्धी मुद्दामा उनीहरूलाई साक्षीका रूपमा अदालतमा पेश गरिएको थियो । तर इन्जिनियर भोगेन्द्रप्रसाद साहसमेतको मुद्दामा घुसबापतको रकम दिएको भनिएका उनीहरूले बयान फेरेका थिए । विशेष अदालतमा बकपत्र गर्दा अनुसन्धानको क्रममा गरेको बयान व्यहोराको प्रतिकूल हुने गरी बकपत्र गरेको पुष्टि भएकोले समुन्द्र र चिरञ्जीवीविरुद्ध २९ हजार रुपैयाँ बिगो दाबीसहित मुद्दा…
Read More
अनेरास्ववियुको अध्यक्षमा समिक बडाल निर्वाचित

अनेरास्ववियुको अध्यक्षमा समिक बडाल निर्वाचित

नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको अध्यक्षमा समिक बडाल निर्वाचित हुनुभएको छ । बडालले नौ सय ६२ मत ल्याउनुभएको छ भने उहाँका प्रतिद्वन्द्वी आरसी लामिछानेले तीनसय ५६ मत प्राप्त गर्नुभएको छ । अनेरास्ववियुको २३ औं महाधिवेशन अन्तर्गत हिजो बिहीबार राति भएको निर्वाचनबाट महासचिवमा नरेश रोकाय चयन हुनुभएको छ । त्यस्तै, उपाध्यक्षमा गोविन्द गिरि, धर्म गिरि, नारायण घर्ती र मर्यादा विष्ट निर्वाचित हुनुभएको छ । सचिव पदमा सञ्जिव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दिपेश प्रसाईं,अञ्जना सिवाकोटी, आरती भट्टराई र विनिता काफ्ले निर्वाचित हुनुभएको छ । त्यस्तै कोषाध्यक्षमा संगम अर्याल निर्वाचत हुनुभएको छ । विद्युतीय मेसिनबाट भएको उक्त निर्वाचनमा एकहजार पाँचसय १७…
Read More
आगामी वैशाखमा हुने चितवन क्षेत्र नम्बर २को उपनिर्वाचनका लागि तयारी बढाइयो

आगामी वैशाखमा हुने चितवन क्षेत्र नम्बर २को उपनिर्वाचनका लागि तयारी बढाइयो

निर्वाचन आयोगले चितवन क्षेत्र नम्बर २ मा आगामी वैशाख १० मा उपनिर्वाचन गर्न तयारी अघि बढाएको छ । आयोगले उपनिर्वाचनको मिति घोषणासँगै निर्वाचनका लागि तयारी अघि बढाएको हो । आयोगले निर्वाचन तालिकाअगावै मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्न जिल्लास्थित निर्वाचन कार्यालयलाई परिपत्र पठाएको थियो । आयोगका अनुसार अहिले जिल्लाको निर्वाचन कार्यालयले मतदाता नामावलीको अद्यावधिक गर्ने कार्य गरिरहेको छ । कार्यालयले यहि फागुन १गतेदेखि मतदाता नामावली अद्यावधिक कार्य थालेको हो । यो कार्य यही चैत्र १६ गतेसम्म निरन्तर सञ्चालन हुनेछ । यस अवधिमा मतदाता नामावलीमा रहेको नाम, ठेगाना, जन्ममितिलगायत विवरणलाई सच्याउनलाई प्रमाणसहित निवेदन दिएमा निर्वाचन अधिकारीले आवश्यक निर्णय गरी त्रुटि सच्याउने…
Read More
नारायणगढको एमथ्री मोबाइल हाउसमा प्रहरीको छापा, अवैध मोबाइलसहित पसल सञ्चालक पक्राउ

नारायणगढको एमथ्री मोबाइल हाउसमा प्रहरीको छापा, अवैध मोबाइलसहित पसल सञ्चालक पक्राउ

जिल्ला प्रहरी कार्यालय चितवनले नारायणगढको इन्द्रदेव मार्गस्थित एमथ्री मोबाइल हाउसमा छापा हानि अवैध मोबाइलसहित सञ्चालकलाई पक्राउ गरेको छ । अवैध मोबाइल सेटहरु बिक्रि वितरण तथा भण्डारण भइरहेको भन्ने सूचनाको आधारमा बुधबार साँझ ७ बजे पसलको खानतलासी गर्न गएको प्रहरी टोलिले अवैध ४० थान मोबाइलसहित पसल सञ्चालक भरतपुर महानगरपालिका–६ बस्ने ३५ वर्षीय दिपेन्द्र खड्कालाई पक्राउ गरेको हो । उक्त पसलमा आइफोन, सामसुङ र रियलमी लगायत विभिन्न ब्राण्डका अवैध मोबाइल भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पक्राउ परेका खड्कालाई आवश्यक कारबाहीका लागि हिजो बिहीवार राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको बताइएको छ ।
Read More
चितवनमा लागुऔषधसहित एक जना पक्राउ

चितवनमा लागुऔषधसहित एक जना पक्राउ

चितवनको कालिका नगरपालिकाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रत्ननगर नगरपालिका–१५ बस्ने ३२ वर्षीय इन्द्र बहादुर थिङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । थिङलाई कालिका–६ बाट पक्राउ गरिएको हो । ना ३१ प ९९३८ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्दा निजको साथबाट लागुऔषध बरामद गरिएको चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले बताउनुभयो । लागुऔषध डाईजेपाम १८ एम्पुल, फेनार्गन १८ एम्पुल, ब्युप्रिनोर्फिन १८ एम्पुल गरी जम्मा ५४ एम्पुल, नगद २१ हजार तीनसय ४० रुपैयाँ र मोटरसाइकलसहित थिङलाई नियन्त्रणमा लिई थप अनुसन्धान गर्ने काम भइरहेको बताइएको छ ।
Read More
भरतपुरको अर्किड स्कूलको १२औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

भरतपुरको अर्किड स्कूलको १२औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

भरतपुर–१०, हाकिमचोकस्थित अर्किड स्कूलको १२औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह चितवनका प्रमुख जिल्ला अधिकारी श्री सुरेन्द्र पौडेलको प्रमुख आतिथ्यतामा भव्यताका साथ सु–सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष आकाश पौडेलको अध्यक्षतामा सु–सम्पन्न उक्त समारोहमा विशिष्ट अतिथि राष्ट्रिय भूमि आयोगका जिल्ला अध्यक्ष बद्री तिमिल्सिना, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रामेश्वर कार्की, प्याब्सन चितवनका अध्यक्ष श्री कीर्तिनिधि अर्याल, वडा नं १० का वडाध्यक्ष श्री परमेश्वर खनाल, शिक्षा विकास तथा समन्वय इकाइ, चितवनका प्रमुख श्री भूमिलाल सुवेदी, भरतपुर महानगर प्याब्सनका अध्यक्ष लेखनाथ खनाल, भरतपुर महानगर संस्थागत विद्यालय अभिभावक संघका अध्यक्ष भोजराज न्यौपाने, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम खनाल रहनुभएको थियो । विद्यालयका सह–प्राचार्य…
Read More
पेनाल्टी रोकेपछि मैदानमै ढलेका बेल्जियमका गोलकिपर इस्पिलको निधन

पेनाल्टी रोकेपछि मैदानमै ढलेका बेल्जियमका गोलकिपर इस्पिलको निधन

पेनाल्टी रोक्ने क्रममा मैदानमै ढल्नुभएका बेल्जियमका गोलकिपर अर्ने इस्पिलको निधन भएको छ । इस्पिल बेल्जियमको प्रान्तीय क्लब विन्कल स्पोर्ट्स बी बाट व्यावसायिक फुटबल खेल्दै आउनुभएको थियो । वेस्ट्रोजेवेकविरुद्धको खेलमा विन्कल स्पोर्ट्सले २–१ को अग्रता बनाइरहँदा रेफ्रीले दोस्रो हाफमा विपक्षी टिमलाई पेनाल्टी दिएका थिए । तर, इस्पिलले भने वेस्ट्रोजेवेकका खेलाडीको पेनाल्टी प्रहार बचाउनुभएको थियो । बेल्जियमका सञ्चारमाध्यमका अनुसार पेनाल्टी बचाएको खुसीयाली मनाइरहँदा इस्पिल मैदानमै ढल्नुभएको थियो । मैदानमै अचेत हुनुभएका इस्पिलको सहायताका लागि स्वास्थ्यकर्मी र मैदानमा रहेका अन्य आपतकालीन स्वंयमसेवक पुगेको भएपनि त्यसको केही समयपछि नै उहाँको मृत्यु भएको हो । रोयटर्सका अनुसार इस्पिलको पोस्टमार्टम भइसके पनि हालसम्म यसको रिर्पोट भने…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.