रेडियो अर्पण

797 Posts
अमेरिकी उपमन्त्री नुल्यान्ड र प्रधानमन्त्री प्रचन्डबीच भेटवार्ता

अमेरिकी उपमन्त्री नुल्यान्ड र प्रधानमन्त्री प्रचन्डबीच भेटवार्ता

अमेरिकाको राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरिया नुल्यान्ड र प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) विच भेटवार्ता भएको छ । दुई दिने नेपाल भ्रमणमा आउनुभएकी नुल्यान्डले आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्रीसँग भेट गर्नुभएको हो । उहाँहरुबीच दुई पक्षीय साझेदारी तथा आपसी हितका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नयाँ सरकार बनेपछि अमेरिकाबाट भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो । नुल्यान्डले आजै परराष्ट्रमन्त्री विमला पौड्याल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्ने जनाइएको छ । उपमन्त्री नुल्यान्डले पाटन दरबार स्क्वायरको भ्रमण पनि गर्नुहुने काठमाडौंमा रहेको अमेरिकी दूतावासले जनाएको छ ।
Read More
बाँकेमा एक युवकले श्रीमती र दुई वर्षे छोरालाई पेट्रोल छर्किएर लगाइदिए आगो, छोराको मृत्यु, श्रीमती घाइते

बाँकेमा एक युवकले श्रीमती र दुई वर्षे छोरालाई पेट्रोल छर्किएर लगाइदिए आगो, छोराको मृत्यु, श्रीमती घाइते

बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर २ शक्तिनगरका एक युवकले पेट्रोल छर्किएर आगो लगाउँदा उहाँका दुई वर्षीय छोराको मृत्यु भएको छ भने श्रीमती घाइते हुनुभएको छ । हिजो आईतबार बेलुका ५ बजे ३० वर्षीय भानुभक्त विकले आफ्नै श्रीमती गंगा र छोरा प्रिन्सलाई पेट्रोल छर्किएर जलाएका थिए । त्यसपछि भारततर्फ भागेका विकलाई गएराति १ बजेतिर नै भारतको नानपारा आसपासबाट नियन्त्रणमा लिएर प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको छ । जलेर गम्भीर घाइते हुनुभएका दुई वर्षीय छोरा प्रिन्सको भेरी अस्पताल नेपालगञ्जमा उपचारको क्रममा आज बिहान ६ बजेर २० मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । भानुभक्तले एक वर्ष अगाडिदेखि नै श्रीमती…
Read More
राष्ट्रपतिको चुनाव आउँदो फागुन २५ गते

राष्ट्रपतिको चुनाव आउँदो फागुन २५ गते

राष्ट्रपतिको चुनाव अब आउँदो फागनु २५ गते बिहिवार हुने भएको छ । निर्वाचन आयोगले आज सोमबार राष्ट्रपतिको चुनावको मिति तय गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीको पाँच वर्ष कार्यकाल २०७९ फागनु २९ मा सकिने छ । त्यसको चार दिनअघि निर्वाचन हुन लागेको हो । यस्तै आयोगले उपराष्ट्रपतिको चुनावको मिति पनि तय गरेको छ । उपराष्ट्रपतिको चुनाव आउँदो चैत ३ गते शुक्रवार हुने गरी मिति तय भएको छ । उपराष्ट्रपति नन्दकिशोर पुन २०७४ चैत ४ मा निर्वाचित हुनुभएको थियो ।
Read More
ललतिपुरको ग्वार्कोमा कार र ट्याक्सी आपसमा ठोकिँदा दुई जनाको मृत्यु, छ जना घाइते

ललतिपुरको ग्वार्कोमा कार र ट्याक्सी आपसमा ठोकिँदा दुई जनाको मृत्यु, छ जना घाइते

ललितपुरको ग्वार्कोस्थित बि एण्ड बि अस्पताल नजिकै गएराती कार र ट्याक्सी आपसमा ठोकिदा दुईजनाको मृत्यु भएको छ । छ जना भने घाइते भएका छन् । उक्त दुर्घटनामा ट्याक्सीमा सवारछ६ जना र कारमा सवार दुईगरी आठजना घाईते भएका थिए । ट्याक्सीमा सवार ललितपुरको ताल्चीखेल बस्ने सुनसरीका ४७ बर्षीय सरोज कुमार बिक र कारमा सवार काठमाडौंको कलंकी बस्ने मोरङका अन्दाजी ३५ बर्षीय धन बहादुर बस्नेतको उपचारको क्रममा बि एण्ड बि अस्पताल मृत्यु भएको हो । अन्य घाइतेहरूको सोही अस्पतालमा उपचार भइरहेको छ । घाइते भएकामध्ये कार चालक कलंकी बस्ने झापाको बिर्तामोडका ३५ बर्षीय बिर बहादुर बिकको अवस्था भने गम्भीर रहेको छ ।…
Read More
रवि लामिछानेको नेतृत्वमा छापा हानेको सामुदायिक वनका अध्यक्षसहित पाँच पदाधिकारीविरुद्ध पक्राउ पुर्जी जारी

रवि लामिछानेको नेतृत्वमा छापा हानेको सामुदायिक वनका अध्यक्षसहित पाँच पदाधिकारीविरुद्ध पक्राउ पुर्जी जारी

चितवनको जलदेवी सामुदायिक वनका अध्यक्षसहित पाँचजना पदाधिकारी विरुद्ध डिभिजन वन कार्यालय भरतपुरले पक्राउ पुर्जी जारी गरेको छ । सामुदायिक वनका अध्यक्ष माधव देवकोटा, उपाध्यक्ष ऋषिकेश अर्याल, सहसचिव माधव भुषाल, कोषाध्यक्ष लक्ष्मी पाठक महतो, पार्क व्यवस्थापन समिति संयोजकसहितका पाँच पदाधिकारीविरुद्ध पक्राउ पूर्जी जारी गरिएको सव–डिभिजन वन कार्यालयले जनाएको छ । वन ऐन विरुद्ध हुने गरी ४८ क्युफिट सालको चिरान काठ अवैध रुपमा लुकाएर राखेको भेटिएपछि उनीहरुविरुद्ध मुद्दा दर्ता गरेर पक्राउ पुर्जी जारी गरिएको सव–डिभिजन अधिकृत शान्ति शर्माले बताउनुभएको छ । पक्राउ पुर्जी जारी सबै जना फरार रहेकाले उनीहरुको खोजी गर्न सशस्त्र वन रक्षकहरुलाई परिचालन गरिएको छ । डिभिजन वन कार्यालय चितवनले…
Read More
पोखरामा आगोमा जलेका युवकलाई बचाउँदा घाइते भएकी सापकोटाको उपचारको क्रममा मृत्यु

पोखरामा आगोमा जलेका युवकलाई बचाउँदा घाइते भएकी सापकोटाको उपचारको क्रममा मृत्यु

पोखरा–१३ काहूँखोलामा हिजो आइतबार आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका डेरावाल युवकलाई बचाउने क्रममा जलेर घाइते हुनुभएकी महिलाको मृत्यु भएको छ । काहूँखोलाकी ४० वर्षीया संगीता सापकोटाको आज सोमबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो । सापकोटालाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।उपचारकै क्रममा उहाँको आज बिहान ११ बजे मृत्यु भएको प्रतिष्ठानका निर्देशक डा. भरतबहादुर खत्रीले जानकारी दिनुभयो । सापकोटाको घरमा स्टेशनरी सञ्चालन गर्दै आउनुभएका ४३ वर्षीय कृष्णबहादुर क्षत्रीले हिजो आइतबार बाथरूममा आत्मदाहको प्रयास गरेपछि उहाँलाई बचाउने क्रममा सापकोटा सख्त घाइते हुनुभएको थियो । घाइते दुवै जनालाई छिमेकीले उद्धार गरी अस्पताल पु¥याएका थिए ।अस्पतालमा उपचार गराइरहनुभएका…
Read More
क्यानका अध्यक्षसहित पाँच जना पदाधिकारीको राजिनामा माग

क्यानका अध्यक्षसहित पाँच जना पदाधिकारीको राजिनामा माग

नेपाल क्रिकेट संघ क्यानका सात जना केन्द्रिय सदस्यले अध्यक्ष चतुरबहादुर चन्दसहित कार्य सम्पादन समितिमा रहेका पाँच जना पदाधिकारीको राजिनामा माग गरेका छन् । कार्यसम्पादन समितिमा अध्यक्ष चतुरबहादुर चन्द, सचिव प्रशान्त विक्रम मल्ल, कोषाध्यक्ष रोसन सिंह, सदस्यहरु दुर्गाराज पाठक र पदम खड्का हुनुहुन्छ । उक्त क्यानका ऋषिराज गौतम, दाउद अन्सारी, सञ्जयराज सिंह, करण महतरा क्षेत्री, अमितवीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरी लगायतका सात केन्दीय सदस्यले राजीनामा माग्नुभएको हो । उहाँहरुले काठमाडौंमा पक्रकार सम्मेलन गरी नेपाल टी–२० लिग आयोजनाको जिम्मेवारी भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसलाई दिएर गल्ती गरेको भन्दै उक्त पाँच जना पदाधिकारीको राजिनामा माग गर्नुभएको हो । आयोजक कम्पनी सेभेन…
Read More
काठमाडौं महानगरपालिकाको डोजर आतंकविरुद्ध काठमाडौंमा प्रदर्शन

काठमाडौं महानगरपालिकाको डोजर आतंकविरुद्ध काठमाडौंमा प्रदर्शन

काठमाडौं महानगरपालिकाले डोजर आतंक चलाएको भन्दै विरोध प्रदर्शन भएको छ । महानगरपालिकाले व्यक्तिगत सम्पत्तिमा डोजर चलाएको भन्दै काठमाडौंका विभिन्न ठाउँका वासिन्दाले माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् । महानगरपालिकाका मेयर बालेन शाहले निर्देशन दिएर डोजर चलाएको भन्दै माइतीघरमा विरोध प्रदर्शन भएको हो । प्रदर्शनमा सहभागीहरुले डोजर आतंक बन्द गर, महानगरपालिकाको ज्यादती बन्द गर, सडक विस्तारका नाममा उठिबास लगाउन पाइँदैन जस्ता नारा लेखेको प्लेकार्ड बोकेका थिए ।उक्त प्रदर्शनमा काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिनुभएका सुमन सायमी पनि सहभागी हुनुभएको छ ।
Read More
पाकिस्तानमा बस दुर्घटनाः ४० जनाको ज्यान गयो

पाकिस्तानमा बस दुर्घटनाः ४० जनाको ज्यान गयो

पाकिस्तानमा बस दुर्घटना हुँदा कम्तीमा ४० जनाको ज्यान गएको छ । बलुचिस्तान प्रान्तमा भएको दुर्घटनामा ४० जनाको शव भेटिएको र बाँकीको उद्धार भइरहेको जनाइएको छ । पुलको पिल्लरमा ठोक्किएर तल खाल्डोमा खसेलगत्तै बसमा आगो लागेको एनडीटीभीले जनाएको छ । बसमा ४८ जना यात्रु रहेको बताइएको छ । बाँकीको खोजी भइरहेको भन्दै पाकिस्तानी प्रहरीले बसमा रहेका सबैको ज्यान गएको आशङ्का गरेको छ । दुर्घटनामा परेको यात्रुवाहक बस क्वेटाबाट कराँची गइरहेको थियो ।
Read More
गृहमन्त्रालय नछाड्ने रास्वपाको दाबी

गृहमन्त्रालय नछाड्ने रास्वपाको दाबी

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले गृहमन्त्रालय आफ्नो नै हुने दाबी गरेको छ । सर्वोच्च अदालतले यहि माघ १३ गते नागरिकता विवादमा रवि लामिछानेको सांसद पद खारेज गरेसँगै उहाँको गृहमन्त्री पद पनि गुमेको थियो । लामिछानैले पद गुमाए पनि गृहमन्त्रालय आफूहरुको भागमा परेको हुँदा दाबी कायमै रहने रास्वपाले बताएको छ । रास्वपाले भागवण्डामा गृहमन्त्रालय पाएको बताउँदै रास्वपा प्रवक्ता मुकुल ढकालले, ‘त्यो मन्त्रालय हाम्रो पार्टीले पाएको हो । त्यसकारण हाम्रो गृहमन्त्रालयमा दाबी रहने बताउनुभएको छ । गृहमन्त्रीमा रास्वपाले कसलाई पठाउने भन्ने विषयमा भने छलफल नभएको बताइएको छ । यस विषयमा सत्ता गठबन्धनका दलसँग पनि छलफल हुने ढकालको भनाई छ । त्यसो त गैरसांसदलाई…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.