काठमाडौं महानगरपालिकाको डोजर आतंकविरुद्ध काठमाडौंमा प्रदर्शन

काठमाडौं महानगरपालिकाले डोजर आतंक चलाएको भन्दै विरोध प्रदर्शन भएको छ ।
महानगरपालिकाले व्यक्तिगत सम्पत्तिमा डोजर चलाएको भन्दै काठमाडौंका विभिन्न ठाउँका वासिन्दाले माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् । महानगरपालिकाका मेयर बालेन शाहले निर्देशन दिएर डोजर चलाएको भन्दै माइतीघरमा विरोध प्रदर्शन भएको हो ।
प्रदर्शनमा सहभागीहरुले डोजर आतंक बन्द गर, महानगरपालिकाको ज्यादती बन्द गर, सडक विस्तारका नाममा उठिबास लगाउन पाइँदैन जस्ता नारा लेखेको प्लेकार्ड बोकेका थिए ।उक्त प्रदर्शनमा काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिनुभएका सुमन सायमी पनि सहभागी हुनुभएको छ ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.