रेडियो अर्पण

797 Posts
रवि लामिछानेले पूनः लिए नेपाली नागरिकता

रवि लामिछानेले पूनः लिए नेपाली नागरिकता

निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाली नागरिकता पुनः प्राप्त गर्नुभएको छ । लामिछाने आज नागरिकता पुनःप्राप्तिको प्रक्रियाका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौं जानुभएको थियो । सर्वोच्च अदालतले शुक्रबार लामिछानेले कानूनबमोजिम नेपालको नागरिकता पुनः प्राप्त नगरेको ठहर गरेको थियो । सर्वोच्च अदालतले नागरिकतामा दोषी ठहर गरेपछि रविले मन्त्री र सांसद पद गुमाउनुभएको छ । लामिछानेले अमेरिकाको नागरिकताको प्रमाणपत्र त्यागिसकेको र त्यसको निस्सा पाइसकेकाले उक्त निस्सा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बुझाएर प्रक्रिया पूरा गरी नयाँ नागरिकता पाउनुभएको छ ।अमेरिकी नागरिकता त्यागेपछि नेपालको नागरिकता पुनः प्राप्ति नगरी खारेज भइसकेको नागरिकता प्रयोग गरेको भन्दै अदालतले रविले नेपाली नागरिकका रूपमा गरेका सबै कार्य अवैध…
Read More
पोखरामा एक युवकले गरे आत्मदाहको प्रयास, बचाउन खोज्दा घरबेटी पनि घाइते

पोखरामा एक युवकले गरे आत्मदाहको प्रयास, बचाउन खोज्दा घरबेटी पनि घाइते

काठमाडौंमा केही दिनअघि एक युवकले आत्मदाह गरेको घटना सेलाउन नपाउँदै पोखरामा फेरी आज आइतबार एक युवकले आत्मदाहको प्रयास गरेका छन् । पोखरा महानगरपालिका–१३ काहुँखोलामा डेरा गरी बस्दै आएका ४५ वर्षीय युवकले आत्मदाहको प्रयास गरेका हुन् । कास्कीको मादी गाउँपालिकाका ४५ वर्षीय युवकले बाथरुममा छिरेर आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेको र युवकलाई बचाउने क्रममा घरबेटीसमेत घाइते भएको वडा नम्बर १३ का वडाध्यक्ष किरण बरालले जानकारी दिनुभयो । घाइते दुवैजनाको अहिले पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयू कक्षमा उपचार भइरहेको छ ।
Read More
आज ७० औं विश्व कुष्ठरोग दिवस मनाईदै, मधेस प्रदेशमा सबैभन्दा धेरै कुष्ठरोगी

आज ७० औं विश्व कुष्ठरोग दिवस मनाईदै, मधेस प्रदेशमा सबैभन्दा धेरै कुष्ठरोगी

कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौँ’ भन्ने मुख्य नाराका साथ आज ७०औँ विश्व कुष्ठरोग दिवस कार्यक्रम विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । कुष्ठरोग आँखाले देख्न नसकिने ‘माइको व्याक्टेरियम लेप्रे’ नामको सुक्ष्म किटाणुबाट लाग्ने एक प्रकारको ज्यादै कम सर्ने रोग हो । धेरै मानिसलाई कुष्ठरोगको पहिलो लक्षणको रुपमा छालामा फिक्का दाग आउनु वा औँलाहरु सुनिने गर्दछ । चिकित्सकका अनुसार कुष्ठरोगले मुख्यतया स्नायु र छालालाई असर गर्दछ । समयमा उपचार नगरिएमा, यसले स्नायु क्षति, अनुभूति (सनसनी) गुमाउने र हात, खुट्टा र अनुहारको मांसपेशिको पक्षाघात गराउन सक्छ । विश्वका सय भन्दा बढी देशमा वार्षिक दुई लाखभन्दा बढी व्यक्तिलाई कुष्ठरोगको लक्षण देखिने गरेको…
Read More
चितवनका दुई सहित १२ कम्पनी कालोसूचिमा

चितवनका दुई सहित १२ कम्पनी कालोसूचिमा

सार्वजनिक खरिद अनुगमन कार्यालयले चितवनका दुई कम्पनी सहित १२ वटा कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले एक सूचना प्रकाशित गरी विभिन्न निकायको सिफारिसमा निर्माण व्यवसायी–आपूर्तिकर्तालाई एक वर्षदेखि तीन वर्षसम्म कालोसूचीमा राखिएको जानकारी दिएको छ । कालोसूचीमा पर्ने कम्पनीमा मुख्य व्यक्ति गोपाल ढकाल रहेको युनिभर्सल मल्टी सर्भिसेस प्रालि शङ्खमुल काठमाडौँ, कुमार भण्डारी मुख्य व्यक्ति रहेको श्री स्वर्गद्वारी महाप्रभु विलडर्स प्रालि भिंग्री प्यूठान, कृष्णबहादुर खड्का मुख्य व्यक्ति रहेको श्री सुक्रिन निर्माण सेवा घोराही दाङ, निरजकुमार मिश्र मुख्य व्यक्ति रहेको श्री एसडी कन्स्ट्रकसन जनकपुरधाम धनुषा छन् । त्यसैगरी जगतबहादुर जोरा मुख्य व्यक्ति रहेको राष्ट्र निर्माण सेवा भागेश्वर गाउँपालिका डडेल्धुरा, जनार्धन धिताल मुख्य व्यक्ति…
Read More
राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन यहि माघ २३ मा हुने

राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन यहि माघ २३ मा हुने

राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन यहि माघ २३ गते हुने भएको छ । राष्ट्रिय सभाको आज शुक्रबार बसेको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभाको उपाध्यक्षको निर्वाचन माघ २३ गते सोमबार बिहान ११ बजेर ५९ मिनेटमा गर्ने गरी तोक्नुभएको हो । राष्ट्रिय सभा उपाध्यक्ष पद एक वर्षदेखि रिक्त छ । निर्वाचनसम्बन्धी कार्यक्रम सार्वजनिक गर्नका लागि संघीय संसद्का महासचिव भरतराज गौतमलाई निर्देशन दिनुभएको छ । राष्ट्रिय सभाको शुक्रबारको बैठक ४ मिनेटमात्रै बसेको थियो । बैठकले नेपाल विश्वविद्यालय विधेयक, २०७९ लाई दफावार छलफलका लागि राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा पठाएको छ । शिक्षामन्त्री शिशिर खनालले राखेको प्रस्तावलाई बैठकको सर्वसम्मतिले पारित गरेको थियो । राष्ट्रिय सभाको…
Read More
ग्लोबल आइएमइ बैंकद्धारा भरतपुरका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

ग्लोबल आइएमइ बैंकद्धारा भरतपुरका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत चितवन जिल्लाको भरतपुर महानगरपालिका–१० स्थित चितवन माध्यमिक विद्यालयलाई विभिन्न शैक्षिक सामग्रीहरु उपलब्ध गराई सहयोग गरेकोे छ । श्रीपञ्चमीको अवसरमा आयोजित एक कार्यक्रमकबीच बैंकको बाग्मती प्रादेशिक कार्यालय उप–प्रमुख विदुर ज्ञवालीले चितवन माध्यमिक विधालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश अधिकारीलाई दराज, कापी लगायतका विभिन्न शैक्षिक सामग्रीहरु हस्तान्तरण गर्नुभएको हो । बैंकले उपलब्ध गराएका शैक्षिक सामग्रीहरु विद्यालयले विभिन्न कक्षामा अध्ययनरत गरिब तथा जेहन्दार बिद्यार्थीहरुलाई वितरण गरिएको छ । ग्लोबल आइएमई बैंकले स्थापनाकाल देखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न समयमा यस्ता कार्यक्रमहरुको आयोजना गरी आम नागरिकहरुलाई प्रत्यक्षरुपमा लाभान्वित गर्दै आएको छ । कार्यक्रममा बैंकका शहिदचोक…
Read More
स्याङ्जाको पुतलीबजारमा एकै वडाबाट १४ करोड रुपैयाँ बराबरको सुन्तला बिक्री

स्याङ्जाको पुतलीबजारमा एकै वडाबाट १४ करोड रुपैयाँ बराबरको सुन्तला बिक्री

स्याङ्जाको पुतलीबजार नगरपालिका–१० ले यस वर्ष सुन्तला बिक्रीबाट १४ करोड रुपैयाँ बराबरको आम्दानी गरेको छ । व्यावसायिकरुपमा सुन्तला खेती गरिरहेका किसानले ठेक्का तथा आफैँले बिक्री गरेर १४ करोड रुपैयाँसम्म आम्दानी गरेका हुन् । जिल्लामा धेरै क्षेत्रफलमा सुन्तला खेती गर्ने किसान १० नम्बर वडामा रहेका सुन्तला सुपरजोन स्याङ्जाका पूर्वसचिवसमेत रहनुभएका मुक्ति अधिकारीले जानकारी दिनुभयो । उक्त वडामा सुन्तला खेतीलाई व्यावसायिक बनाउने किसान धेरै भएकाले न्यूनतम ५० हजारदेखि अधिकतम ५० लाख रुपैयाँसम्म आम्दानी हुने उहाँको भनाई छ । पाँच–सात लाखदेखि १५–२० लाख रुपैयाँ आम्दानी गर्ने किसानको सङ्ख्या धेरै छ । किसानले बगैँचा नै ठेक्कामा दिने वा आफैँ टिपेर ठेकेदारलाई प्रतिकेजीका दरले बिक्री…
Read More
ग्रीक टेनिस खेलाडी सिसिपास अष्ट्रेलियन ओपनको फाइनलमा

ग्रीक टेनिस खेलाडी सिसिपास अष्ट्रेलियन ओपनको फाइनलमा

ग्रीक टेनिस खेलाडी स्टेफानोस सिसिपास वर्षमो पहिलो ग्राण्ड्स्लाम अष्ट्रेलियन ओपनको फाइनलमा प्रवेश गर्नुभएको छ । आज शुक्रबार भएको पहिलो सेमिफाइनलमा तेस्रो वरीयताका सिसिपासले रुसका करेन खाचानोभलाई ७–६ (७–२), ६–४, ६– ७ (६–८), ६–४ को सेटमा पराजित गर्दै २४ वर्षिय सिसिपास पहिलो पटक अष्ट्रेलियन ओपनको फाइनल पुग्नुभएको हो । उहाँले अब उपाधिका लागि नोभाक जोकोभिच र टोमी पउलबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नुहुनेछ । सिसिपासले दोस्रो पटक ग्राण्ड्सलाम फाइनल खेल्ने हुनुभएको हो । सिसिपास यसअघि २०२१ मा फ्रेन्च ओपनको फाइनलमा पुग्नुभएको थियो । त्यसबेला उहाँ जोकोभिचसँगै पराजित हुनुभएको थियो ।
Read More
काठमाडौंको बानेश्वरमा सुकुम्बासी आन्दोलनमा उत्रिए , सरकारसँग राखे तीन बुँदे माग

काठमाडौंको बानेश्वरमा सुकुम्बासी आन्दोलनमा उत्रिए , सरकारसँग राखे तीन बुँदे माग

स्थायी विकल्पसहितको बसोबासको माग गर्दै काठमाडौंमा आज शुक्रबार भूमिहीन तथा सुकुम्बासीहरु आन्दोलित भएका छन् । संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालको आयोजनामा माइतीघर मण्डलबाट नयाँ बानेश्वरसम्म भूमिहिन सुकुम्बासीले विरोध ¥याली आयोजना गरेका हुन् । आफ्नो लागि आफैं अघि बढौं अलमलमा नपरौं, लालपुर्जा प्राप्तिको महाअभियानमा सबैले हातेमालो गरौं’ भन्दै सुकुम्बासीहरूले अव्यवस्थित बसोबासीको हकअधिकार सुनिश्चित गर्न राज्य र सम्बन्धित निकायलाई दबाब दिन धर्नाको कार्यक्रम गरेका हुन् । हिजो विहीबार काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गृहमन्त्री रवि लामिछानेलाई सुकुम्बासी हटाउने पहलका लागि भेटेपछि सुकुम्बासी आन्दोलित भएका हुन् । भूमि अभियान्तामाथिको झुठो जाहेरी निसर्त फिर्ता, भू–स्वामित्वसहितको स्थायी विकल्पबिनाको उठिबास बन्द गरिनुपर्ने र भूमि ऐन बमोजिम…
Read More
गृहमन्त्री लामिछानेको नागरिकता विवादबारे मुद्दामा सुनुवाइ सकियो

गृहमन्त्री लामिछानेको नागरिकता विवादबारे मुद्दामा सुनुवाइ सकियो

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकता र राहदानीसम्बन्धी मुद्दामाथिको अन्तिम सुनुवाइ सकिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ सकिएको हो । यो मुद्दामा निर्णय आजै सुनाउने कि पछि सार्ने भन्ने इजलासले तय गरेको छैन । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिह्नाको संवैधानिक इजलासमा आज लामिछाने पक्षका वकिलहरु वरिष्ठ अधिवक्ता नरेन्द्र गौतम लगायतले बहस सकेपछि निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताद्वय सुरेन्द्र भण्डारी र रमण कर्णले जवाफी बहस गर्नुभएको छ । अधिवक्ता रविराज बसौला, युवराज पौडेललगायतले नेपाली नागरिकता नलिइ राजनीतिक दल खोलेको, प्रतिनिधि सभा चुनावमा प्रतिस्पर्धा गरी सांसद बनेको भन्दै सांसद पद खारेजीको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.