पोखरामा एक युवकले गरे आत्मदाहको प्रयास, बचाउन खोज्दा घरबेटी पनि घाइते

काठमाडौंमा केही दिनअघि एक युवकले आत्मदाह गरेको घटना सेलाउन नपाउँदै पोखरामा फेरी आज आइतबार एक युवकले आत्मदाहको प्रयास गरेका छन् ।
पोखरा महानगरपालिका–१३ काहुँखोलामा डेरा गरी बस्दै आएका ४५ वर्षीय युवकले आत्मदाहको प्रयास गरेका हुन् ।
कास्कीको मादी गाउँपालिकाका ४५ वर्षीय युवकले बाथरुममा छिरेर आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेको र युवकलाई बचाउने क्रममा घरबेटीसमेत घाइते भएको वडा नम्बर १३ का वडाध्यक्ष किरण बरालले जानकारी दिनुभयो । घाइते दुवैजनाको अहिले पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयू कक्षमा उपचार भइरहेको छ ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.