रेडियो अर्पण

797 Posts
अब सांसदलाई विद्युतीय हाजिरी

अब सांसदलाई विद्युतीय हाजिरी

राष्ट्रिय सभामा सांसदहरूका लागि विद्युतीय हाजिरीको व्यवस्था गरिएको छ । आउँदो सोमबारबाट हुने अधिवेशनदेखि नै विद्युतीय हाजिरी गराउन संसद् सचिवालयले राष्ट्रिय सभा सदस्यहरूको बायोमेट्रिक लिन सुरु गरेको छ । विद्युतीय हाजिरीले समयमै आउने र नआउने सांसदहरूको पहिचान हुनेछ । सांसदले हाजिर गरेपछि एक हजार बैठक भत्ता र एक हजार यातायात खर्च पाउने व्यवस्था छ । संसद्को नियमावलीमै विद्युतीय हाजिरीको प्रावधान रहे पनि पदाधिकारीले नचाहेकै कारण कार्यान्वयनमा आउन सकेको थिएन । प्रतिनिधिसभामा यसअघि सांसदहरू बैठक सकिएपछि हाजिर गर्न संसद् भवन जाने गरेका थिए । केही सांसदले बैठकमा हाजिर छुटेको भन्दै भोलिपल्ट हाजिर गराउन सचिवालयका कर्मचारीलाई दबाब दिने गरेका थिए । अब विद्युतीय हाजिर सुरु गरेर बैठक बसेकै दिन…
Read More
नवलपुरबाट चितवन निकुञ्जभित्र जंगल सफारी खोलिदै

नवलपुरबाट चितवन निकुञ्जभित्र जंगल सफारी खोलिदै

पर्यटनको प्रचुर सम्भावना रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा चितवन राष्ट्रिय निकुञ्जभित्र जङ्गल सफारी ‘ट्र्याक’ खोलिने भएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)बाट जान मिल्ने गरी पहिलो पटक चितवन राष्ट्रिय निकुञ्जभित्र जंगल सफारी ट्र्याक खोल्न लागिएको हो । हालसम्म जिल्लाका मध्यवर्ती सामुदायिक वनहरुमा जंगली सफारी हुने गरे पनि पहिलो पटक निकुञ्जको कोर एरियामा सफारी गर्ने प्रबन्ध गर्न लागिएको छ । जंगल सफारी ट्र्याक जिल्लाको सिख्रौली मध्यवर्ती क्षेत्र, शिसवार मध्यवर्ती क्षेत्र, लामिचौर मध्यवर्ती क्षेत्रमा पर्नेछ । यसले गैँडाकोट नगरपालिका, देवचुली नगरपालिका र कावासोती नगरपालिकालाई छुने देवचुली नगरपालिका प्रमुख हरिप्रसाद न्यौपानेले बताउनुभयो । ट्र्याक निर्माणका लागि चितवन राष्ट्रिय निकुञ्ज, होमस्टे तथा होटल एसोसिएसन नवलपुर, देवचुली…
Read More
नवलपरासीका प्रहरी प्रमुख एसपी कडेल प्रहरी हेडक्वार्टर तानिए

नवलपरासीका प्रहरी प्रमुख एसपी कडेल प्रहरी हेडक्वार्टर तानिए

आर्थिक अनियमिततालगायत आरोप लागेपछि पश्चिम नवलपरासीका प्रहरी प्रमुख एसपी ऋषिराम कँडेल प्रहरी प्रधान कार्यालय तानिनुभएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार उहाँलाई अनुसन्धानका लागि प्रहरी हेडक्वार्टर तानिएको हो । उहाँको स्थानमा जिल्लामै कार्यरत डीएसपीलाई निमित्तको जिम्मेवारी दिइएको छ । एसपी कँडेल यसअघि विवादित प्रहरी अधिकृत भएको बताइएको छ ।
Read More
सुनको मूल्य वर्षकै उच्च

सुनको मूल्य वर्षकै उच्च

नेपाली बजारमा आज बुधबार सुनको मूल्य यो वर्षकै सबैभन्दा उच्च कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको एक लाख दुई हजार नौसय रुपैयाँ पुगेको छ । सुनको मूल्य यस दिन तोलामा तीनसय रुपैयाँले बढेको हो । मंगलबार छापावाल सुन तोलाको एक लाख दुई हजार छ सय मा कारोबार भएको थियो । यो वर्ष यसअघि गएको वैशाखमा तोलाको एक लाख दुई हजार पाँचसय रुपैयाँसम्म कारोबार भएको थियो । बुधबार तेजाबी सुन तोलाको एक लाख दुई हजार चारसय रुपैयाँमा कारोबार भइरहेको छ । यस दिन चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । चाँदी तोलाको…
Read More
चितवनमा ३३ जिल्लाका प्रशिक्षकलाई परीक्षा बोर्डको प्रशिक्षण

चितवनमा ३३ जिल्लाका प्रशिक्षकलाई परीक्षा बोर्डको प्रशिक्षण

स्तरीय परीक्षाका लागि प्रश्न निर्माण सीप विकास गर्न राष्ट्रिय परीक्षा बोर्डले चितवनमा ३३ जिल्लाका प्रशिक्षकलाई प्रशिक्षण दिएको छ । हिजो मंगलबारदेखि सुरु भएको कार्यशाला भोली बिहीबारसम्म सञ्चालन हुनेछ । परम्परागत रूपमा सञ्चालित परीक्षा प्रणालीलाई सुधार गर्ने कार्ययोजनाअनुसार प्रशिक्षकलाई प्रशिक्षण दिइएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो । शैक्षिक मूल्यांकनलाई खास स्तरको मापदण्डमा पु¥याई उच्च गुणस्तरयुक्त शिक्षा बनाउन स्तरीय परीक्षा प्रश्न निर्माण गर्नुपर्नेमा जोड दिँदै उहाँले स्तरीय परीक्षा आगामी वर्षदेखि सञ्चालन गर्ने गरी तयारी गरिएको जानकारी दिनुभयो । यसका लागि प्रश्न निर्माणसम्बन्धी तालिम देशभर सञ्चालन गरी सात सय ५३ स्थानीय तहका शिक्षकलाई तालिम नै प्रदान गरिने योजना रहेको छ…
Read More
चितवन महोत्सव रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर

चितवन महोत्सव रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर

चितवनको गौरव र गरिमामय प्रस्तुति चितवन महोत्सवको १४औँ संस्करण रोक्न माग गर्दै आज बुधबार सर्वोच्च अदालतमा रिट दायर भएको छ । उद्योग वाणिज्य संघ चितवनको आयोजनामा यहि पुस २५ गतेदेखि माघ ४ गतेसम्म नारायणी नदीकिनारमा आयोजना हुन लागेको उक्त महोत्सव रोक्न माग गर्दै वातावरण संरक्षणकर्मीले रिट दायर गरेका हुन् । वातावरण संरक्षणको क्षेत्रमा क्रियाशील संरक्षणकर्मीहले नदी किनारमा फोहोर पुरेर बनाइएको स्थानबाट फोहोर ननिकाल्दासम्म महोत्सव रोक्नुपर्ने माग गर्दै सर्वोच्चमा रिट निवेदन दायर गरेका हुन् । दायर गरिएको उक्त रिटमा भरतपुर महानगरपालिका, जिल्ला समन्वयन समिति चितवन, जिल्ला प्रशासन कार्यालय चितवन, वन तथा वातावरण मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयलाई विपक्षी बनाइएको…
Read More
पूर्वी चितवनको खैरहनीमा आगलागी, दुई पसलमा पुग्यो क्षति

पूर्वी चितवनको खैरहनीमा आगलागी, दुई पसलमा पुग्यो क्षति

पूर्वी चितवनको खैरहनी नगरपालिकामा आज बिहान साढे ३ बजे आगलागी हुँदा दुई पसलमा क्षति पुगेको छ । खैरहनी नगरपालिका–८ पर्सा चौबीसकोठी चोकस्थित अनुष्का सुनचाँदी ज्वेलर्स र चाँदनी फेन्सी पसलमा आगलागी भएको हो । आज बिहान ४ः१५ बजे नेपाल प्रहरी, दमकल र स्थानीयवासीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगलागीको विस्तृत विवरण आउन बाँकी छ ।
Read More
बौलाहा कुकुरको टोकाइबाट चितवनमा २५ जना घाइते

बौलाहा कुकुरको टोकाइबाट चितवनमा २५ जना घाइते

चितवनमा बौलाहा कुकुरको टोकाइबाट २५ जना घाइते भएका छन् । इच्छाकामना गाँउपालिका वडा नम्बर ३ को माझगाँउ, नागदह, ढाप, चिसापानीमा कुकुरको टोकाइबाट स्थानीय घाइते भएका हुन् । घरमा काम गरिरहेका र बाटोमा हिडिरहेका बेला कुकुरले टोकेको स्थानीयले बताएका छन् । कुकुरले टोकेर घाइते भएका सबैलाई कुरिनटारस्थित स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार गरिएको छ भने १७ जनालाई थप उपचारका लागि भरतपुर अस्पताल ल्याइएको छ । कुकुरलाई नियन्त्रणमा लिएर स्वास्थ्य परीक्षणका लागि भरतपुर पठाइएको गाँउपालिकाका स्वास्थ्य शाखा प्रमुख बासुदेव सापकोटाले जानकारी दिनुभयो । कुकुरले टोकेका सबैलाई सम्पर्कमा आउन गाँउपालिकाले अनुरोध गरेको छ । पालिकाले घाइतेलाई अस्पताल ल्याएको र उपचारमा लाग्ने खर्च व्यहोर्ने गाँउपालिका…
Read More
भरतपुरमा वैदेशिक रोजगारबाट फर्केकाको तथ्याङ्क सङ्कलन

भरतपुरमा वैदेशिक रोजगारबाट फर्केकाको तथ्याङ्क सङ्कलन

भरतपुर महानगरपालिकाले वैदेशिक रोजगारबाट फर्केकाको तथ्याङ्क संकलन सुरुवात गरेको छ । उनीहरुले आर्जन ज्ञान र सीपको उपयोग गरी स्वदेशभित्र रोजगारी उपलब्ध गराउन महानगरपालिकाले तथ्याङ्क संकलन थालनी गरेको हो । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार बोर्डले स्थानीय तहको सहकार्यमा कार्यक्रम सञ्चालनका लागि महानगरपालिकाका २९ वटै वडामा तथ्यांक संकलन भइरहेको महानगरपालिकाका उपसचिव गणेश नेपालीले जानकारी दिनुभयो । वैदेशिक रोजगार बोर्डको सचिवालयबाट स्वीकृत पुनः एकीकरण कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका २०७९ बमोजिम कार्यक्रम सञ्चालन हुने उहाँको भनाइ छ । कार्यक्रम स्थानीय तहको माग, आवश्यकताबमोजिम स्थानीय तहमार्फत सञ्चालन हुनेछ । स्वदेशभित्रै रोजगारी र स्वरोजगारीका अवसर सिर्जना गरी वैदेशिक रोजगारी माथिको…
Read More
भरतपुर शुक्रनगरका सन्तोष भारतको संस्कृत विश्वविद्यालयमा सर्वोत्कृष्ट

भरतपुर शुक्रनगरका सन्तोष भारतको संस्कृत विश्वविद्यालयमा सर्वोत्कृष्ट

भरतपुरका सन्तोष न्यौपाने भारतको सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयमा प्रथम हुनुभएको छ । भरतपुर महानगरपालिका–२५ शुक्रनगरका सन्तोषले ज्योतिष संकायतर्फ स्नातकोत्तर (आचार्य) मा सर्वाधिक अंक प्राप्त गर्नुभएको हो । फलित ज्योतिषमा एक हजार तीनसय ४४ अंक ल्याउनुभएका उहाँ ज्योतिष शास्त्रमानै सबै भन्दा धेरै नम्बर ल्याउने विद्यार्थी बन्नुभयो । विश्वविद्यालयको ४०औं दिक्षान्त समारोहमा उहाँलाई विश्वविद्यालयसँगै फलित ज्योतिषमा उत्कृष्ट बनेको भन्दै दुई वटा स्वर्ण पदकले सम्मान गरिएको थियो । सामान्य किसान परिवारमा हुर्किनुभएका न्यौपानेले नेपालमा एसएलसी पासपछि भारतमानै गएर संस्कृत पढ्नुभएको थियो । उत्कृष्ट बनेसँगै सन्तोष पिएचडीको तयारीमा लाग्ने बताउनुभएको छ । उहाँले संस्कृत र संस्कृतिको विकासका लागि सधै कृयाशिल रहने बताउँदै सनातन संस्कृति रक्षार्थ…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.