रेडियो अर्पण

797 Posts
चितवनमा मिटरब्याजका २३ उजुरी, गृहमन्त्री लामिछानेलाई बुझाइयोे कानुनी मस्यौदाको प्रस्ताव

चितवनमा मिटरब्याजका २३ उजुरी, गृहमन्त्री लामिछानेलाई बुझाइयोे कानुनी मस्यौदाको प्रस्ताव

बैँकहरुले ऋण दिन छाडेसँगै चितवनमा मिटरब्याजीहरुको संख्या बढ्दै गएको छ । चितवनमा गत पुस १९ गतेसम्म मिटरब्याजीबाट ठगिएका २३ वटा उजुरी दर्ता भएका छन् । यसबारे जनगुनासो आउनेक्रम बढ्दै गएको छ । चितवनमा दर्ता भएका उजुरीहरुमध्ये जिल्ला प्रशासन कार्यालयले एउटा उजुरीको समाधान गरेको छ भने कारबाहीको क्रममा दुईवटा उजुरी रहेका छन् । कानुनको स्पष्ट अभावमा मिटरब्याजीहरुलाई कारबाही गर्न नसकिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । यस विषयमा पीडितलाई न्याय दिन कानुनको अभाव भएको चितवनका प्रमुख जिल्ला अधिकारी आश्मान तामाङले बताउनुभयो । मिटरब्याजीलाई ठगी मुद्दाअन्तर्गत कारबाही गर्नुपर्ने भएकाले त्यसको लागि ठगी हो वा होइन भनेर प्रहरीले प्रमाणित गर्नुपर्ने उहाँको भनाई…
Read More
जरिवाना तिराउने निर्वाचन आयोगको निर्णयविरूद्ध सर्वोच्च पुगे मेयर बालेन

जरिवाना तिराउने निर्वाचन आयोगको निर्णयविरूद्ध सर्वोच्च पुगे मेयर बालेन

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले निर्वाचन आयोगले तोकेको जरिवानाविरूद्ध सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको छ । आज मंगलबार मेयर शाहले सर्वोच्च अदालतको संवैधानिक इजलासमा निवेदन पेश गर्नुभएको हो । बालेनको तर्फबाट पेस गरिएको रिटमा आयोगको निर्देशनबमोजिम ३० दिनभित्र विवरण बुझाउनुपर्ने भए पनि ३०औँ दिन सार्वजनिक बिदा भएको कारण बुझाउन नसकेको र ३१औँ दिन असार १२ गते विवरण बुझाएको रिटमा लेखिएको छ । निर्वाचन आयोगले मेयर शाहलगायत जनप्रतिनिधिलाई चुनावी खर्च ढिलो गरी बुझाएको भन्दै जरिवाना तोकेको थियो । आयोगले शाहलाई सातलाख ५० हजार जरिवाना तोकेको छ । आयोगले तोकेअनुसार सात लाख ५० हजार रुपैयाँ चुनावी खर्च गर्न पाउने भए पनि आफूले…
Read More
उपरथी प्रेम शाही सैनिक प्रहरीको नियन्त्रणमा

उपरथी प्रेम शाही सैनिक प्रहरीको नियन्त्रणमा

नेपाली सेनाका उपरथी प्रेम शाहीलाई सैनिक अनुशासन विपरीत काम गरेको अरोपमा सैनिक प्रहरीले आज मंगलबार नियन्त्रणमा लिएको छ । सैनिक मुख्यालय जंगी अड्डाले शाहीलाई संगठन विपरीत गतिविधि गरेको आरोपमा नियन्त्रणमा लिएर सैनिक प्रहरीको हिरासतमा राखेको छ । अ ार्थिक अनियमिततामा अनुसन्धान गर्नुपर्ने देखिएकाले उहाँलाई हिरासतमा लिइएको सैनिक प्रवक्ता कृष्ण भण्डारीले जानकारी दिनुभयो । उमेर हदका कारण शाही भोली बुधबार (पुस २०)गतेबाट नियमित अवकासमा जान लाग्नुभएका शाही बिदामा घर बस्नुभएको थियो । सेनाको अभिलेखालयको प्रमाणपत्रमा शाहीको जन्ममिति २०२२ पुस २० देखिएपछि उहाँलाई नेपाली सेनाले १६ दिन अघि नै अवकाशको पत्र दिएको थियो । सेनाबाट अवकासको पत्र समेत बुझिसक्नुभएका शाही आफ्नो वास्तविक…
Read More
भरतपुर महानगरले तत्काल डोजर नचलाउने, अवैध संरचना भत्काउने कामबाट पछाडि हट्दै

भरतपुर महानगरले तत्काल डोजर नचलाउने, अवैध संरचना भत्काउने कामबाट पछाडि हट्दै

भरतपुर महानगरपालिका मापदण्डविपरीत निर्माण भएका अवैध संरचना भत्काउने कामबाट पछाडि हटेको छ । अवैध संरचना भत्काउन भरतपुरले ३५ दिने सूचना जारी गरेको समय गुज्रिएकोले डोजर चलाउने सोचबाट महानगर पछाडि हटेको हो । काठमाडौँमा बालेनको लोकप्रियता देखेर सुरु गरिएको यो काम भरतपुरमा राजनीतिक स्वार्थका कारणले पनि त्यती सहज हुन नसक्ने विश्लेषकहरुको अनुमान छ । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले तत्कालै डोजर लिएर अवैध संरचना भत्काउने योजना नरहेको बताउनुभयो । उहाँले अवैध संरचनाहरुको लगत संकलनको काम वडा–वडाबाट भैरहेकाले त्यसपछि भत्काउन थाल्ने बताउनुभयो । वडा–वडाबाट तथ्यांक प्राप्त भएपछि प्राविधिकहरु पठाएर सडक सीमा एकिन गरेर चिह्न लगाउने र त्यसपछि आफैंले भत्काउन घरधनीलाई प्रोत्साहन गर्ने…
Read More
कालिका नगर अस्पतालले थाल्यो भिडियो एक्सरे सेवा दिन

कालिका नगर अस्पतालले थाल्यो भिडियो एक्सरे सेवा दिन

कालिका नगर अस्पतालले आईतबारदेखि भिडियो एक्सरे सेवा सुरु गरेको छ । तत्कालका लागि आईतबार र विहीबार गरी सातामा दुई दिन अस्पतालले भिडियो एक्सरे सेवा दिने अस्पतालले जनाएको छ । भिडियो एक्सरेको पहिलो दिन अर्थात् आईतबार सात जनाको एक्सरे गरिएको नगर प्रमुख विनोद रेग्मीले जानकारी दिनुभयो । अस्पताल नगरपालिकाकै मातहतमा सञ्चालनमा छ । चौविसैघण्टा सेवा दिँदै आएको अस्पतालले आफ्ना अन्यसेवालाई समेत प्रभावकारी बनाउने योजनाका साथ अघि बढिरहेको छ । उक्त अस्पतालमा हाल पाँच जना चिकित्सक र दुईजना स्टाफनर्स कार्यरत्त छन् । अस्पतालमा औषधीको अभाव हुन नदिन ५९ लाखको औषधी टेन्डर प्रक्रिया मार्फत खरिद गरिएको बताइएको छ । अस्पतालले आफ्नै ल्याब प्रयोगशाला…
Read More
१४औं संस्करणको चितवन महोत्सवले मौरी र तोरीको प्रवद्र्धन गर्ने

१४औं संस्करणको चितवन महोत्सवले मौरी र तोरीको प्रवद्र्धन गर्ने

वि.सं.२०५३ सालदेखि चितवनको गौरव र गरिमामय प्रस्तुतीको रुपमा आयोजना हुँदै आइरहेको चितवन महोत्सवमा प्रत्येक सँस्करणमा नयाँ–नयाँ कुराको प्रवद्र्धनमा जोड दिँदै आइरहेको छ । कहिले माछा त कहिले केरा लगायत उपजको प्रवद्र्धन गर्दै आइरहेको महोत्सवले यसपटकको १४औं सँस्करणमा एक समय चितवनको पहिचान बनेको तोरी र मौरीको प्रवद्र्धन गर्ने भएको छ । पछिल्लो समय तोरीको उत्पादन घट्दै गइरहेकोले त्यसको प्रवद्र्धनका लागि अब आउँदो पुस २५ गतेदेखि माघ ४ गतेसम्म गरी नारायणी नदी किनारमा १० दिनेसम्म चल्ने महोत्सवमा विशेष परिषर बनाउन लागिएको हो । मह उत्पादनका लागि पनि चितवन प्रख्यात जिल्लाको रुपमा चिनिने भएकाले यसपटकको महोत्सवमा मौरी र तोरीको प्रवद्र्धन गर्ने उद्देश्यले विशेष…
Read More
ग्लोबल आइएमईको वार्षिकोत्सवमा रक्तदान

ग्लोबल आइएमईको वार्षिकोत्सवमा रक्तदान

निजी क्षेत्रको सबैभन्दा ठूलो बैंक ग्लोबल आइएमई बैंक लिमिटेडले हिजो १६औँ वार्षिकोत्सव मनाएको छ । पुष १८ गते सोमबार बैंक स्थापनाको १६ वर्ष पूरा गरी १७ औँ वर्षमा प्रवेश गरेको अवसरमा देशव्यापीरूपमा बृहत रक्तदान कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाएको हो । देशका सातवटै प्रदेशमा प्रदेश कार्यालय परिसरमा एकैसाथ रक्तदान कार्यक्रम आयोजना गरिएको बागमती प्रदेश उपप्रमुख विदुर ज्ञवालीले जानकारी दिनुभयो । यस कार्यक्रमअन्तर्गत बागमती प्रदेशका दुई ठाउँमा रक्तदान गरिएका छन् । यस प्रदेशका भरतपुर शाखा चितवन र कान्तिपथ शाखा काठमाडौँमा रक्तदान गरिएको जनाइएको छ । केन्द्रीय बस टर्मिनल चोक भरतपुरमा रहेको कार्यालय परिसरमा बिहान १० देखि दिउँसो ३ बजेसम्म रक्तदान गरिएको…
Read More
आउँदो २३ मा सर्वोच्च बारको निर्वाचन

आउँदो २३ मा सर्वोच्च बारको निर्वाचन

सर्वोच्च बार एशोसिएशनको ३४औँ नयाँ कार्यसमिति चयनका लागि आउँदो पुस २३ गते निर्वाचन हुने भएको छ । नयाँ कार्यसमिति चयनका लागि हुन लागेको निर्वाचनमा सत्ता र विपक्षी दलनिकट कानुन व्यवसायीबीच समूहगतरूपमा प्रतिस्पर्धा हुने भएको छ । दुई समूहको आ–आफ्नो समूह प्यानलसहित मनोनयन दर्ता भइसकेको छ । निर्वाचनमा बृहत् लोकतान्त्रिक र प्रगतिशील, पेसागत तथा गणतान्त्रिक समूह बनाएर चुनावी मैदानमा उत्रिएका छन् । लोकतान्त्रिक समूहबाट अध्यक्षमा वरिष्ठ अधिवक्ता हरिशङ्कर निरौलाले उम्मेदवारी दिनुभएको छ भने प्रगतिशीलबाट वरिष्ठ अधिवक्ता तुलसी भट्टले अध्यक्षमा उम्मेदवारी दिनुभएको छ । यस्तै एक उपाध्यक्षमा लोकतान्त्रिकबाट जगदीशप्रसाद पाण्डे र प्रगतिशीलबाट रामकृष्ण काफ्लेले उम्मेदवारी दिनुभएको छ । त्यस्तै गरी सचिवमा लोकतान्त्रिकबाट…
Read More
१५ दिनमा आयल निगमलाई भयो ९९ करोड नाफा

१५ दिनमा आयल निगमलाई भयो ९९ करोड नाफा

भारतबाट आइतबार मात्रै इन्धनको मूल्य बढेर आए पनि नेपाल आयल निगमलाई भने आगामी पाक्षिक (१५ दिन)मा ९९ करोड रुपैयाँ नाफा हुने भएको छ । हालको खपतअनुसार समग्र पेट्रोलियम पदार्थमा सो नाफा रहने निगमले जनाएको छ । निगमलाई हाल पेट्रोलमा प्रतिलिटर करिब १५ रुपैयाँ तथा डिजेलमा सात रुपैयाँ नाफा छ । खाना पकाउने ग्यासमा भने निगम घाटामा छ । पहिलेको सञ्चित नोक्सानी रहेकाले निगमले हाललाई मूल्य यथावत राख्ने जनाएको छ । भारतीय आयल कर्पोरेसनलाई भुक्तानी गर्नुपर्ने रकम, पुरानो बक्यौता एवम् सरकारलाई तिर्नुपर्ने ऋण समेत गरी अझै करिब १८ अर्ब तिर्न बाँकी रहेको अवस्थामा समेत निगमले पेट्रोलियम पदार्थको आपूर्ति प्रणालीलाई व्यवस्थित गर्दै…
Read More

बढ्दो चेक बाउन्स मुद्दा ः अनुसन्धानका लागि प्रहरील खोल्यो नयाँ शाखा

जिल्ला प्रहरी कार्यालय चितवनमा नयाँ शाखा स्थापना गरिएको छ । चेक बाउन्ससम्बन्धी आर्थिक अपराध बढेपछि चितवन प्रहरीले बैंकिङ कसुर अपराध अनुसन्धान शाखा बनाएर काम थालेको छ । चेक काटेर दिने व्यक्तिले लेखिएअनुसारको नगद बैंक खातामा भुक्तानीयोग्य रकम नभएमा चेक बाउन्स हुन्छ । भुक्तानीका निम्ति दिएको चेक बैंकबाट भुक्तान हुन नसकी फिर्ता हुनु भनेको ‘चेक बाउन्स’ हुनु हो । प्रायले यस्तो चेक नियतवश दिँदा अपराधको भागेदारी बन्नु परेको छ । समझदारीमा भएको लेनदेनमा विवाद उत्पन्न हुँदा वास्तविक पीडितहरुले अहिले प्रहरीमा उजुरी दिन थालेका छन् । घरजग्गा कारोबार, वैदेशिक रोजगारी, व्यापार व्यवसाय, सामान खरिद–बिक्री तथा लेनदेनसँग जोडिएका घटनामा चेक बाउन्समार्फत ठगी भइरहेको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.