रेडियो अर्पण

797 Posts
पुलचोक–गोन्द्राङ सडक विस्तार आयोजना ः भत्काएका संरचनाको थालियो पुनः मर्मत

पुलचोक–गोन्द्राङ सडक विस्तार आयोजना ः भत्काएका संरचनाको थालियो पुनः मर्मत

सडक विभागले भत्काएपछि लथालिङ्ग भएको नारायणगढ क्षेत्रका अग्रभागका घरहरुको मर्मत गर्न थालिएको छ । सम्बन्धित घरधनी र व्यवसायीले भत्किएका संरचनामा पुनः मर्मतको काम थालेका हुन् । पुनः मर्मतका लागि मजदुर र निर्माण सामग्री जुटाएर धमाधम काम थालिएको छ । केही व्यवसायीले मर्मतको काम सकेर व्यवसायलाई पुनः सञ्चालनमा ल्याएका छन् भने केहीले वैकल्पिक बाटोबाट सेवा दिइरहेका छन् । केहीले भने पुनः मर्मतका लागि एक महिनासम्म पनि लाग्ने भनी काम गरिरहेका छन् । घरका टप, सटर, पिलर भत्किएका छन् । बिजुली, इन्टरनेट सेवा प्रभावित भएको छ । भत्केको संरचना बनाएर छिटो व्यवसाय सञ्चालनमा ल्याउन व्यवसायी लागिपरेका छन् ।भत्काइएको संरचना सरसफाइ र मर्मतको…
Read More
विदेशबाट मोबाइल ल्याउँदा भन्सार तिर्नुपर्ने निर्णय कार्यान्वयन नगर्न प्रमको निर्देशन

विदेशबाट मोबाइल ल्याउँदा भन्सार तिर्नुपर्ने निर्णय कार्यान्वयन नगर्न प्रमको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशबाट मोबाइल फोन ल्याउँदा नेपालमा दर्ता गर्नुपर्ने प्रावधान तत्काल लागू नगर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री दाहालले आज उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई नेपाली श्रमिकले विदेशबाट फर्कंदा ल्याउन पाउने मोबाइलका सम्बन्धमा गरिएको यसअघिको सरकारको निर्णय कार्यान्वयन नगर्न निर्देशन दिनुभएको हो । प्रधानमन्त्रीले नयाँ लागू गर्न खोजिएको प्रावधानमा कडाइ नगर्न र पुरानै चलिरहेको प्रक्रियामा रहनै निर्देशन दिएको बताइएको छ । विदेशबाट एकथान मोबाइल ल्याउँदा सरकारले १८ प्रतिशतसम्म कर लिन लागेको भन्दै वैदेशिक रोजगारीमा रहेका नेपालीले विरोध गरिरहेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले भन्सार छलीको मोबाइल नियन्त्रण गर्न भन्दै आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिष्टम (एमडिएमएस) कार्यान्वयन गर्ने समयसीमा…
Read More
गुरुङ समुदायले आज तमु ल्होसार पर्व मनाउँदै, सरकारले दियो सार्वजनिक बिदा

गुरुङ समुदायले आज तमु ल्होसार पर्व मनाउँदै, सरकारले दियो सार्वजनिक बिदा

गुरुङ समुदायले आज शुक्रबार ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । हरेक वर्षको पुष १५ मा गुरुङ समुदायले तमु ल्होसार पर्व मनाउने गर्छन् । यो ल्होसारलाई तोला ल्होसार पनि भनिन्छ । तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्छन् । यो पर्व गुरुङ समुदायले ‘तो ल्हो’ (बाघ वर्ग) को बिदाइ गर्दै ‘हि ल्हो’ (बिरालो वर्ग) को स्वागत गरेर भव्य रूपमा मनाउने गर्दछन् । यस दिन गुरुङ समुदायले हर्षोल्लासका साथ आफ्नो भेषभुषा र नयाँ परिकार ग्रहण गरी नयाँ वर्षलाई स्वागत गर्दछन् । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित…
Read More
राष्ट्रिय उपभोक्ता मञ्च चितवनको अध्यक्षमा जीवलाल पुरी

राष्ट्रिय उपभोक्ता मञ्च चितवनको अध्यक्षमा जीवलाल पुरी

राष्ट्रिय उपभोक्ता मञ्च चितवनको अध्यक्षमा जीवलाल पुरी चयन हुनुभएको छ । लामो समयदेखि निष्क्रिय रहेको मञ्चले नयाँ अध्यक्ष पाएको हो । यस भन्दा पहिला प्रेमलाल महर्जनले यस मञ्चको पदभार ग्रहण गर्नुभएको थियो । उक्त मञ्चको उपाध्यक्षमा केदार सुवेदी, प्रेम गैरे, शंकर आचार्य चयन हुनुभएको छ । त्यस्तै, महासचिवमा संगिताथापा मगर, सचिवमा रविन्द्र पन्थी चयन हुनुभएको छ भने सदस्यमा शम्भु थापा, सम्झना भट्ट, विनोद अधिकारी, रमेश कुमाल, तुलमान घर्तीमगर, डिलु नेपाल, हेमा रिमाल रहनुभएको छ । त्यस्तै गरी सल्लाहकारमा डा. यामबहाुर विक र पूर्वबागमती प्रदेश सांसद रिना गुरुङ रहनुभएको छ । जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङको प्रमुख…
Read More
चितवनमा घरजग्गाको कारोबार निरन्तर ओरालो लाग्दै, दाङ र बाँके भन्दा पनि पर्यो पछि

चितवनमा घरजग्गाको कारोबार निरन्तर ओरालो लाग्दै, दाङ र बाँके भन्दा पनि पर्यो पछि

पछिल्लो एक वर्षयतादेखि चितवनमा घरजग्गा कारोबार सुस्ताएको छ । अहिले स्थानीय तहबाट जग्गा वर्गीकरणको काम भइरहेकाले नीतिगत अलमलले घरजग्गाको कारोबार सुस्ताएको हो । २०७९ जेठ २३ गतेदेखि भू–उपयोग नियमावली लागू भएपछि जग्गा व्यवस्थापन नयाँ ऐन–नियममा निर्देशित भएको छ । स्थानीय तहले कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन गरी विभिन्न विधामा जग्गा वर्गीकरण गर्ने काम धमाधम गरिरहेका छन् । बैँकको ब्याजदरमा भएको वृद्धि, कर्जा लगानीमा भएको सुस्तताले पनि घरजग्गा कारोबारमा प्रभाव पारेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले स्थानीय तहलाई मंसिर २३ सम्ममा कृषि तथा गैर कृषि जग्गा छुट्याउन निर्देशन दिएको भएपनि चितवनका स्थानीय तहले भने…
Read More
यसवर्ष चार लाख ३९ हजार चारसय ६७ टन बढी फल्यो धान

यसवर्ष चार लाख ३९ हजार चारसय ६७ टन बढी फल्यो धान

देशभर यो वर्ष धान उत्पादन करिब ७ प्रतिशतले बढेको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार यो वर्ष गत वर्षको तुलनामा चार लाख ३९ हजार चारसय ६७ टन बढी धान उत्पादन भएको हो । गत वर्ष कुल ५० लाख ५७ हजार पाँच टन धान उत्पादन भएकोमा यो वर्ष ५४ लाख ८६ हजार पाँचसय ७२ टन उत्पादन भएको मन्त्रालयले जनाएको छ । धानको उत्पादकत्व पनि बढेको छ । पोहोरको तुलनामा यस आर्थिक वर्षमा धानको समग्र क्षेत्रफल दुई प्रतिशत कमी आएको मन्त्रालयले जनाएको छ । समग्र उत्पादकत्वमा भने ९.१२ प्रतिशतले वृद्धि भएको छ । पोहोर प्रतिहेक्टर क्षेत्रफलमा ३.४१ टन धान उत्पादन…
Read More
बागमती प्रदेशको अधिवेशन आउँदो सोमबार

बागमती प्रदेशको अधिवेशन आउँदो सोमबार

बागमती प्रदेश सभाको ११औँ अधिवेशन यहि पुष १८ गते सोमबारका लागि आह्वान गरिएको छ । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा अधिवेशन आह्वान गर्नुभएको हो । प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम दिनको एक बजेका लागि अधिवेशन आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले प्रदेश सभाको बैठक आह्वान गर्ने संवैधानिक व्यवस्था छ । प्रदेश सभाको बैठकको अध्यक्षता ज्येष्ठ सांसद रामप्रसाद ढुंगानाले गर्नुहुनेछ । प्रदेश सभाका नवनिर्वाचित सदस्यहरूले आज शपथ लिँदै छन् ।
Read More
अब नेतालाई भेट्दा प्रहरीले पूर्वस्वीकृति लिनुपर्ने

अब नेतालाई भेट्दा प्रहरीले पूर्वस्वीकृति लिनुपर्ने

कर्तव्य पालनाबाहेकको अवस्थामा प्रहरी अधिकारीले नेता तथा कूटनीतिक नियोगका व्यक्तिलाई भेट्दा पूर्वस्वीकृति लिनुपर्ने भएको छ । गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता फणीन्द्रमणि पोखरेलले आज बिहीबार जारी गरेको विज्ञाप्तिमा यस्तो निर्देशन दिइएको होे । संगठनको कामबाहेकको अवस्थामा भेटघाटका लागि स्पष्ट प्रयोजनसहित विभागीय स्वीकृति लिनुपर्ने विज्ञप्तिमा उल्लेख छ । गृह मन्त्रालयले प्रहरी अनुशासनमा कडाइ गर्न यस्तो निर्देशन दिएको जनाइएको छ । यसको प्रभावकारी कार्यान्वयन गर्न र अनुगमन गर्न गृहले नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षकलाई निर्देशन दिएको छ । कसैले अनुमतिविना भेटेमा अनुशासनसम्बन्धी कारबाही गर्ने गृह मन्त्रालयको चेतावनी छ । सुरक्षा अधिकारीहरुले सरुवा बढुवाका लागि नेताहरुका घर धाउने, आफ्नो पदीय जिम्मेवारी भन्दा अन्य…
Read More
एमाले बागमती प्रदेशको संसदीय दलको नेतामा जेएन थपलिया चयन

एमाले बागमती प्रदेशको संसदीय दलको नेतामा जेएन थपलिया चयन

नेकपा एमाले बागमती प्रदेश संसदीय दलको नेतामा एमाले केन्द्रीय सदस्य जगन्नाथ (जे.एन) थपलिया चयन हुनुभएको छ । चितवन क्षेत्र नम्बर १ (१) बाट विजयी थपलियालाई संसदीय दलको बैठकले सर्वसम्मत दलको नेतामा चयन गरेको हो । थपलिया यसअघि डोरमणि पौडेल नेतृत्वको सरकारका प्रमुख राजनीतिक सल्लाहकारको रूपमा कार्यरत हुनुहुन्थ्यो ।
Read More
माइती नेपालले गर्यो भारतबाट ५० महिला तथा बालबालिकाको उद्धार

माइती नेपालले गर्यो भारतबाट ५० महिला तथा बालबालिकाको उद्धार

मानव बेचबिखनविरुद्ध कार्यरत संस्था माइती नेपाल वीरगन्ज आवधिक गृहले सन् २०२२ डिसेम्बर २९ बिहीबारसम्ममा भारतबाट ५० महिला तथा बालबालिकाको उद्धार गरेको छ । भारतबाट उद्धार गरी ल्याइएकामध्ये डेढ दर्जन महिला भारतको छौडादानो क्षेत्रमा सञ्चालित अर्केस्ट्रा नृत्य समूहहरूमा जोखिमपूर्ण रुपमा काम गरी बसेका नेपाली चेलीहरू रहेका गृहकी प्रमुख गोमा पौडेलले बताउनुभयो । त्यसैगरी, बालमजदुरी प्रयोजनका लागि दलालहरुबाट भारत लगिएका एक दर्जन बालकहरूको पनि मुम्बईबाट उद्धार गरी नेपाल ल्याइएको छ । यस अवधिमा दुई सय ३५ चेलीबेटी तथा बालबालिकाको आन्तरिक रुपमा उद्धार गरिएको छ । तीमध्ये अधिकांश जोखिमपूर्ण रुपमा दलालको प्रलोभनमा परी भारत जान लागेका चेलीबेटीहरू हुन् । यसबाहेक प्रहरीले विभिन्न घटनासँग…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.