राष्ट्रिय उपभोक्ता मञ्च चितवनको अध्यक्षमा जीवलाल पुरी चयन हुनुभएको छ ।
लामो समयदेखि निष्क्रिय रहेको मञ्चले नयाँ अध्यक्ष पाएको हो । यस भन्दा पहिला प्रेमलाल महर्जनले यस मञ्चको पदभार ग्रहण गर्नुभएको थियो । उक्त मञ्चको उपाध्यक्षमा केदार सुवेदी, प्रेम गैरे, शंकर आचार्य चयन हुनुभएको छ ।
त्यस्तै, महासचिवमा संगिताथापा मगर, सचिवमा रविन्द्र पन्थी चयन हुनुभएको छ भने सदस्यमा शम्भु थापा, सम्झना भट्ट, विनोद अधिकारी, रमेश कुमाल, तुलमान घर्तीमगर, डिलु नेपाल, हेमा रिमाल रहनुभएको छ । त्यस्तै गरी सल्लाहकारमा डा. यामबहाुर विक र पूर्वबागमती प्रदेश सांसद रिना गुरुङ रहनुभएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङको प्रमुख अतिथि रहेको कार्यक्रममा पुरानो कार्यसमितिलाई पूनर्गठन गरिएको हो ।
राष्ट्रिय उपभोक्ता मञ्च चितवनको अध्यक्षमा जीवलाल पुरी