बागमती प्रदेशको अधिवेशन आउँदो सोमबार

बागमती प्रदेश सभाको ११औँ अधिवेशन यहि पुष १८ गते सोमबारका लागि आह्वान गरिएको छ । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा अधिवेशन आह्वान गर्नुभएको हो ।
प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम दिनको एक बजेका लागि अधिवेशन आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले प्रदेश सभाको बैठक आह्वान गर्ने संवैधानिक व्यवस्था छ । प्रदेश सभाको बैठकको अध्यक्षता ज्येष्ठ सांसद रामप्रसाद ढुंगानाले गर्नुहुनेछ । प्रदेश सभाका नवनिर्वाचित सदस्यहरूले आज शपथ लिँदै छन् ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.