रेडियो अर्पण

797 Posts
आजदेखि भरतपुरमा हर्न निषेध !

आजदेखि भरतपुरमा हर्न निषेध !

भरतपुरमा आजदेखि हर्न निषेध गरिएको छ । भरतपुर महानगरपालिकाले साना तथा ठूला सवारी साधनको व्यवस्थापनसमेत गर्ने भएको छ । बढ्दो सहरीकरणले सवारी साधन व्यवस्थापनमा समस्या देखिएसँगै महानगरले केन्द्रीय बस टर्मिनल र नारायणगढ बस पार्कमा आजदेखि अनिवार्य पार्किङको व्यवस्था गरेको हो । एक साताअघि महानगरपालिकामा बसेको सरोकारवालाको बैठकले सवारी साधन व्यवस्थापन गर्न विभिन्न निर्णय गरी आजदेखि कार्यान्वनमा ल्याउने समझदारीसहित निर्णय गरेको थियो । उक्त निर्णयअनुसार पूर्वबाट काठमाडौँ–पोखरा जाने यात्रुबाहक बस, मिनी बस, माइक्रोलगायतका भाडाको सवारी साधनको पिक एण्ड ड्रप केन्द्रीय बसपार्कबाट बाइपास सडक प्रयोग गरी आँपटारीबाट बाहिरिनुपर्नेछ । पूर्वबाट पश्चिम बुटवल, धनगढी, महेन्द्रनगरसम्म जाने यात्रुबाहक सवारीको यात्रु पिक एण्ड ड्रप केन्द्रीय…
Read More
भरतपुरको वीरेन्द्र क्याम्पसमा प्राध्यापकको लापरवाहीः नपढाई हाजिरीकै भरमा खान्छन् तलब

भरतपुरको वीरेन्द्र क्याम्पसमा प्राध्यापकको लापरवाहीः नपढाई हाजिरीकै भरमा खान्छन् तलब

चितवनको भरतपुरस्थित वीरेन्द्र बहुमुखी क्याम्पसमा चरम बेथिति र लापरवाही बढ्दै गएको छ । क्याम्पस प्रशासनले शैक्षिक गुणस्तर वृद्धिमा ध्यान दिन नसक्दा लापरवाही र बेथिति बढ्दै गएको हो । चितवनकै पुरानो त्रिभुवन विश्वविद्यालयको आंगिक यस क्याम्पसमा प्राध्यापकहरु १५ दिन पढाउन आउने १५ दिन नआउने गर्दा विद्यार्थीहरु दिक्क भएका छन् । प्राध्यापकहरुले एक वर्षको कोर्सलाई दुई महिनामा नै सक्ने र दुई दिन पछाडिसम्मको हाजिरी अगाडि नै गर्ने गरिएको पाइएको छ । आज (बुधबार) नेपाल विद्यार्थी संघ वीरेन्द्र बहुमुखी क्याम्पस इकाइले गरेको अनुगमनमा प्राध्यापकहरु अनिता कार्की र दिप शर्माले पुस ८ गतेसम्मको हाजिरी गरेको भेटियो । कतिपय प्राध्यापकहरुले क्याम्पसमा पढाउँदै नपढाइ हाजिरी गरेर…
Read More
लघुवित्त बैंकर्स  र आन्दोलनरत संघर्ष समूहबीच १२ बुँदे सहमति

लघुवित्त बैंकर्स र आन्दोलनरत संघर्ष समूहबीच १२ बुँदे सहमति

नेपाल लघुवित्त बैंकर्स संघले लघुवित्तीय संस्थाविरुद्धको संघर्ष समितिसँग १२ बुँदे सहमति गरेको छ । लघुवित्त संस्था खारेज गर्नुपर्ने, लघुवित्त ऋणीको ऋण मिनाहा गर्नुपर्ने जस्ता माग गर्दै लघुवित्त संस्था विरुद्ध संगठित रुपमा आन्दोलन गरिरहेको मणिराम ज्ञवाली लगायतको समूहसँग लघुवित्त कम्पनीको छाता संगठन नेपाल लघुवित्त बैंकर्स संघले सहमति गरेको हो । उक्त सहमति अनुसार बहुबैंकिङ कर्जाले समस्यामा परेका सदस्यलाई उनीहरुको आम्दानीको अवस्था हेरी किस्ता भुक्तानी सहजीकरणका लागी कर्जा पुनर्संरचना तथा पुर्नतालिकीकरण गर्न नेपाल राष्ट्र बैंकमा अनुरोध गरिने भएको छ । लघुवित्त बैंकर्स संघले नेपाल राष्ट्र बैंकबाट उक्त कार्य गर्न अनुमति प्राप्त भएमा त्यस्तो कर्जा पुर्नतालिकीकरण वा पुनर्संरचना गर्दा हाल लिइरहेको १.५ प्रतिशत…
Read More
नारायणगढका सडक सीमाभित्रका संरचनामा डोजर चलाइँदै

नारायणगढका सडक सीमाभित्रका संरचनामा डोजर चलाइँदै

नारायणगढ–गोन्द्राङ छ लेन सडक विस्तारका क्रममा सडक सीमाभित्र रहेका घरटहरामा डोजर चलाइने भएको छ । डिभिजन सडक कार्यालय भरतपुरले डोजर चलाउन लागेको हो । कार्यालयले दुई पटकसम्म सूचना जारी गर्दासमेत घरधनीले अटेर गरेपछि भत्काउन लागिएको हो । पुल्चोकबाट भरतपुर बसपार्कसम्म ५८ घर सडक सीमाभित्र पर्ने बताइएको छ । सडक सीमाभित्रका घरका टप तथा कौसी भत्काउनुपर्नेको संख्या एक सयभन्दा माथि छन् । घरहरुको टपबाहेक १० सेन्टिमिटरदेखि एक दशमलव पाँच मिटरसम्म भत्काउनुपर्ने देखिएको कार्यालयका प्रमुख रमेशप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार आगामी साताबाट घर भत्काउन थालिने भएको छ । हेबी इक्युप्मेन्ट डिभिजन कार्यालय हेटौँडाबाट एक्साभेटर मगाइँदैछ । आज प्रमुख जिल्ला अधिकारीसँग…
Read More
जेष्ठ सदस्य राणाले लिए राष्ट्रपतिबाट शपथ

जेष्ठ सदस्य राणाले लिए राष्ट्रपतिबाट शपथ

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट समानुपातिकतर्फ निर्वाचित सांसद पशुपति शमशेर राणाले राष्ट्रपतिबाट प्रतिनिधिसभा सदस्यको पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज बुधबार दिउँसो प्रतिनिधिसभाका ज्येष्ठ सदस्यको रुपमा राणालाई शपथग्रहण गराउनुभएको हो । प्रतिनिधिसभा सदस्यलाई ज्येष्ठ सदस्यले शपथ ग्रहण गराउने प्रचलन छ । त्यसअघि ज्येष्ठ सदस्यले राष्ट्रपति कार्यालबाट शपथ लिनुपर्ने प्रावधान अनुसार राणाले शपथ लिनुभएको हो । राप्रपाका पूर्वअध्यक्ष समेत रहनुभएका ८१ वर्षीय राणा सबैभन्दा बढी उमेरको सांसद हुनुहुन्छ । गत मंसिर ४ गतेको निर्वाचनबाट निर्वाचित संघीय सांसदहरूलाई भोली बिहीबार १ बजे राणाले शपथग्रहण गराउनुहुनेछ । त्यसपछि संसद्ले नयाँ सभामुख चयन नगरेसम्म राणाले नै संसद्को अध्यक्षता गर्नुहुनेछ ।
Read More
दुई महिनाभित्र भरतपुरबाट नयाँ लाईसेन्स वितरण हुन्छ ः मेयर रेनु दाहाल

दुई महिनाभित्र भरतपुरबाट नयाँ लाईसेन्स वितरण हुन्छ ः मेयर रेनु दाहाल

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले दुई महिनाभित्र भरतपुरबाट नयाँ सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) वितरण हुने बताउनुभएको छ । आज बुधबार गेष्ठ हाउसचौर नजिकको भवनमा स्थान्तरण हुन लागेको यातायात व्यवस्था कार्यालय भरतपुरको अनुगमन एवम् निरीक्षण गर्दै उहाँले दुई महिनाभित्र ट्रायलसहितको नयाँ लाईसेन्स वितरण हुने उल्लेख गर्नुभयो । चार वर्षअघिदेखि भरतपुरमा सबै सुविधासहितको यातायात कार्यालय ल्याउने कार्यको थालनी गरेको स्मरण गर्दै उहाँले अबको दुई महिनाभित्र यातायातका सम्पूर्ण सुविधा भरतपुरबाटै पाइने बताउनुभयो । चितवनबासी मात्र नभई छिमेकी जिल्लाका सेवाग्राहीलाई सेवा लिन सहज हुनेछ,उहाँले भन्नुभयो,– ‘देशको केन्द्र भागमा भरतपुर रहेकाले धेरैले सेवा लिनु हुनेछ । यहाँको आर्थिक क्रियाकलाप पनि वृद्धि भएर जानेछ…
Read More
असोजदेखि बढ्यो कक्षा एघार र बाह्रको शुल्क, यसबारे महानगर अनभिज्ञ

असोजदेखि बढ्यो कक्षा एघार र बाह्रको शुल्क, यसबारे महानगर अनभिज्ञ

गत असोजदेखि नै चितवनका संस्थागत विद्यालयहरुले कक्षा ११ र १२ को मासिक तथा भर्ना शुल्क वृद्धि गरेका छन् । तर, यस विषयमा भरतपुर महानगरको शैक्षिक प्रशासन महाशाखाल भने अनभिज्ञता प्रकट गरेको छ । गत असोजदेखि कक्षा १० सम्ममात्रै २० प्रतिशत शुल्क वृद्धि गर्न अनुमति दिइएको भएपनि कक्षा ११ र १२ को हकमा शुल्क बढाउने अनुमति नदिएको महाशाखाले जनाएको छ । संस्थागत विद्यालयहरुले कक्षा ११ र १२ को पनि शुल्क बढाउन माग गरेको भएपनि आजको मितिसम्म शुल्क बढाउने अनुमति नदिएको भरतपुर महानगरको शैक्षिक प्रशासन महाशाखाले जनाएको छ । कक्षा ११ र १२ को पनि शुल्क वृद्धि गर्नुपर्ने प्रस्ताव आएपनि अहिलेसम्म कुनै…
Read More
चरा जोगाउन सौराहामा हिजोदेखि राष्ट्रिय कार्यशाला सुरू ः चितवनमा ३२ प्रजाति सङ्कटमा !

चरा जोगाउन सौराहामा हिजोदेखि राष्ट्रिय कार्यशाला सुरू ः चितवनमा ३२ प्रजाति सङ्कटमा !

चितवनमा ३२ प्रजातिका चरा सङ्कटापन्न अवस्थामा रहेका छन् । बर्ड एजुकेसन सोसाइटीको तथ्याङ्कअनुसार चितवनमा मात्रै छ सय ६० प्रजातिका चरा पाइन्छन्, जसमध्ये जिल्लामा दुई वर्षको अवधिमा चार प्रजातिका चरा थपिएको बर्ड एजुकेसन सोसाइटी चितवनले जनाएको छ । चालू आर्थिक वर्षमा चितवनमा नेपालमै पहिलोपटक नयाँ चरा फेला परेको छ । गत भदौ महिनामा नेपालमै पहिलोपटक चितवनमा चाइनिज बकुल्ला नामको चरा फेला परेको हो । नेपालमा डङ्गर गिद्ध, लामो ठुँडे गिद्ध, सानो खैरो गिद्ध, गोमायु चिल, खर मयूर, सानो खर मयूर, बगाले बगेडीलगायत एकसय ६६ प्रजातिका चरा सङ्कटापन्न अवस्थामा रहेका छन् । नेपालमा चरा संरक्षणका लागि भएका प्रयास र भावी कार्ययोजनाका विषयमा…
Read More
सिमलतालमा माइक्रो अनियन्त्रित भई पल्टिदा छ  यात्रु घाइते

सिमलतालमा माइक्रो अनियन्त्रित भई पल्टिदा छ यात्रु घाइते

नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर–२९ सिमलतालमा माइक्रो अनियन्त्रित भएर पल्टिदा माइक्रो चालकसहित ६ यात्रु घाइते भएका छन् । आज बिहान करिब ६ः५० बजेको समयमा नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बा २ ख २८२९ नम्बरको माइक्रो आफै अनियन्त्रित भएर पल्टिएको हो । माइक्रोमा सवार १७ जना मध्ये छ जना घाइते भएका हुन् । घाइते हुनेहरुमा माइक्रो चालक रत्ननगर–१४ का ४१ वर्षीय भिम श्रेष्ठ, माडी–१ का ३१ वर्षीय सोविन्द्र महतो, भरतपुर–२ की ७९ वर्षीय सिता कुमारी सुनार, भरतपुर–१६ का २९ वर्षीय रोसन भुजेल, भरतपुर–२९ की ३१ वर्षीय पुजा श्रेष्ठ र भरतपुर–११ की ४१ वर्षीय तिरु सुनार रहेका छन् । घाइतेहरुको चितवन मेडिकल कलेजमा उपचार…
Read More
ग्रीनल्याण्डका विद्यार्थीले गरे सडकबाट पुनस्र्थापित बालकहरुलाई सहयोग हस्तान्तरण

ग्रीनल्याण्डका विद्यार्थीले गरे सडकबाट पुनस्र्थापित बालकहरुलाई सहयोग हस्तान्तरण

चितवन स्थित ग्रीनल्याण्ड पब्लिक स्कुलको कम्युनिटी क्लब तथा इको क्लबका सदस्य विद्यार्थीहरुले सडकबाट पुनस्र्थापित बालकहरुका लागि सहयोग हस्तान्तरण गरेका छन् । विद्यार्थीहरुले नै स्वःस्फुर्तरुपमा आर्थिक संकलन गरि भरतपुर–५, आनन्दपुर स्थित बालबालिकाहरुका लागि प्रहरी नागरिक अभियान, नेपाल (P2C2) मा रहेका ३१ जना बालकहरुका लागि रु. बीस हजार बराबरको स्कुलको जुत्ता अनि मोजा प्रदान गरिएको हो । कम्युनिटी क्लबका अध्यक्ष सुमन सुवेदी र इको क्लबका अध्यक्ष सुप्रिम पौडेलको अगुवाईमा भएको सो सहयोग हस्तान्तरण कार्यक्रममा बिद्यालयकी प्राचार्य इन्दिरा कार्की, सह–प्राचार्य उपेन्द्र आचार्य, शिक्षक कृष्ण कार्की, संस्थाका सदस्य बिष्णुहरि पौडेल, कार्यक्रम संयोजक मनोज खडका लगायतको उपस्थिति रहेको थियो । संस्थाका अध्यक्ष बेलबहादुर गुरुङको अध्यक्षतामा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.