मञ्जुश्री फाइनान्सले ल्यायो अनलाइनबाटै खाता खोल्ने व्यवस्था
मञ्जुश्री फाइनान्सले अनलाइनबाटै खाता खोल्ने व्यवस्था गरेको छ । फाइनान्सले अब अनलाइन सेवा मार्फत् ‘मञ्जुश्री प्रिमियम बचत खाता’ खाता खोल्ने सुविधा उपलव्ध गराएकोे हो । उक्त फाइनान्सले प्रेषित गरेको विज्ञप्तिमा एक वर्ष वा सो भन्दा बढी अवधिको ब्यक्तिगत मुद्दति निक्षेपमा दुर्घटना तथा स्वास्थ्य बिमा समेत समावेश गरिएको जनाएको छ । फाइनान्सले स्मार्ट टेलरद्वारा भुक्तानीको सेवा, क्युआरकोड भुक्तानीको सेवा, मोबाइल बैंकिङ, एटीएम कार्ड, अन्य आधुनिक बैंकिङ सुविधा उपलव्ध गराउदै आएको जनाएको छ । यस संस्थाले २०७९ मंसिरसम्म १२ अर्ब ४५ करोड निक्षेप संकलन तथा ११ अर्ब ७४ करोड कर्जा लगानी रहेको विज्ञप्तिमा उल्लेख छ । मञ्जुश्री फाइनान्स लिमिटेड केन्द्रीय कार्यालय, नयाँ…