रेडियो अर्पण

797 Posts
कोरियाले एक वर्षभित्रै ४० हजार कामदार लैजाने

कोरियाले एक वर्षभित्रै ४० हजार कामदार लैजाने

दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत आउँदो एक वर्षभित्रै ४० हजार नेपाली कामदार लैजाने भएको छ । अबको एकैवर्षभित्र निर्माण, उत्पादन र कृषि क्षेत्रमा गरी ४० हजार नेपाली लैजाने भएको हो । यसअघि ईपीएसअन्तर्गत यति धेरै नेपाली एकै वर्षमा कोरियाले भर्ना गरेको थिएन । कोरियाले सबैभन्दा बढी गत वर्ष नौ हजार कामदार लैजाने कोटा छुट्याएको थियो । ईपीएस प्रणालीअन्तर्गत हालसम्म कोरियामा ७५ हजार नेपाली कामदार पुगिसकेका छन । जसमा पाँचहजार महिला छन् । कोरिया गएकामध्ये तीनहजार नेपाली गैरकानुनी हैसियतमा बसिरहेको बताइएको छ । कोरीयाका श्रम तथा रोजगार उपमन्त्री पार्क जोङपिल कोरियाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को १७ औं…
Read More
चितवनको ढुङ्ग्रे खोलामा तटबन्धको काम सुरु

चितवनको ढुङ्ग्रे खोलामा तटबन्धको काम सुरु

चितवनको ढुङ्ग्रे खोलामा तटबन्ध निर्माण थालिएको छ । वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासको सहयोगमा खैरहनी नगरपालिकाको ढुङ्ग्रे खोलामा तटबन्धको काम सुरु भएको हो । हिजो बुधवार दूतावासका महावाणिज्यदूत नितेश कुमार र खैरहनी नगरपालिकाका नगर प्रमुख शशीकुमार खनियाँले संयुक्तरुपमा तटबन्धनको शिलान्यास गर्नुभयो । सो अवसरमा महावाणिज्यदूत कुमारले भारत र नेपालको सांस्कृतिक, व्यापारिक र आर्थिकसँगै पारिवारिक सम्बन्ध रहेको भन्दै त्यसलाई अगाडि बढाउन एकापसमा सहकार्य गर्दै आएको बताउनुभयो । भारतले चितवनमा नौवटा योजनाका लागि लगानी गरिसकेको छ । यो खैरहनीमा दोस्रो लगानी भएको बताइएको छ । तटबन्धका लागि समय धेरै बाँकी नरहेकाले अब कामलाई तीव्र गतिमा लैजान महावाणिज्यदूत कुमारले आग्रह गर्नुभयो । त्यस्तै नगर…
Read More
चितवन राष्ट्रिय निकुञ्जमा दुई दिनमा मृत फेला परे दुई गैंडा

चितवन राष्ट्रिय निकुञ्जमा दुई दिनमा मृत फेला परे दुई गैंडा

चितवन राष्ट्रिय निकुञ्जमा हिजो र आज गरी दुई दिनमा दुई गैंडा मृत फेला परेका छन् । हिजो बुधवार निकुञ्जको अमलटारी सेक्टरको कुजौली रेञ्जपोस्ट अन्तर्गत नारायणी नदी किनारमा रहेको निकुञ्जको कोर क्षेत्रमा छ महिनाको भाले गैंडा मृत फेला परेको हो । सो गैंडाको खाग पलाएको छैन । त्यस्तै आज बिहान पनि निकुञ्जको अमलटारी सेक्टर लामीचौर पोष्ट अन्तर्गत गुन्द्रही ढका मध्यवर्ती सामुदायिक वन क्षेत्रमा अर्को एक पोथी गैंडा मृत फेला परेको छ । १५बर्षको पोथी गैंडा आपसमा जुधेर मरेको निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले जानकारी दिनुभयो । उक्त मृत गैंडाको खाग र खुर भने सुरक्षित रहेको बताइएको छ ।
Read More
प्रज्ञा एकेडेमीको भवन निर्माणको काम भरतपुर विमानस्थलले रोक्यो

प्रज्ञा एकेडेमीको भवन निर्माणको काम भरतपुर विमानस्थलले रोक्यो

भरतपुर महानगरपालिका वडा नं–२७, पर्साढापमा बन्दै गरेको प्रज्ञा एकेडेमीको भवन निर्माणको काम भरतपुर विमानस्थलले रोकेको छ । मेघौली विमानस्थलमा जहाज अवतरण गर्ने मुख्य क्षेत्रमा नै नागरिक उड्डयन प्राधिकरणको अनुमतिबिना भवन बनाएकाले रोक लगाइएको हो । विमानस्थलको सिमानाबाट जम्मा सातसय मिटरनजिकै छ तले भवन बनाउने काम जारी रहेको र अहिले भने चार तला बनिसकेको बताईएको छ । मेघौली विमानस्थलको एप्रोच लाइननजिकै बन्दै गरेको प्राधिकरणको प्राविधिक टोली आएर यसको अवस्थाका बारेमा रिपोर्ट नदिइन्जेल भवनको काम रोकिएको भरतपुर विमानस्थलका निमित्त प्रमुख दीपक विकले जानकारी दिनुभयो । एकेडेमीको भवनको नक्सापासका बारेमा विमानस्थललाई महानगरले जानकारी पनि नगराएको बताइएको छ । उक्त भवन गैँडाकोटको अक्सफोर्ड कलेजका…
Read More
हुस्सुका कारण तराईका उडान प्रभावित

हुस्सुका कारण तराईका उडान प्रभावित

हुस्सुका कारण कम भिजिविलिटी हुँदा तराईका विमानस्थलको उडान प्रभावित भएको छ । कम्पनीहरुले यसबारे यात्रुलाई सूचित गरेका छन् । यति एयरलाइन्सले एक सूचना निकाल्दै तराई क्षेत्रमा लागेको बाक्लो हुस्सुका कारण बिराटनगर, भैरहवा, नेपालगञ्ज, सिमरा, जनकपुरलगायत विमानस्थल नखुलेको जानकारी दिएको छ । भद्रपुर र पोखरामात्र नियमित उडान भइरहेको कम्पनीले जनाएको छ । प्रभावित विमानस्थलमा उडान गर्ने यात्रुले विमानस्थल आउनुअघि कम्पनीमा सम्पर्क भनिएको छ । उता, बुद्ध एयरले समेत यसबारे यात्रुलाई सूचित गराएको छ । भद्रपुर, पोखरा, धनगढी, सुर्खेत, तुम्लिङटारबाहेक अन्य विमानस्थलको उडान प्रभावित भएको बुद्ध एयरले जनाएको छ ।
Read More
करिब ५० लाख मात्रा कोरोना विरुद्धको खोप मौज्दात

करिब ५० लाख मात्रा कोरोना विरुद्धको खोप मौज्दात

कोरोना भाइरस विरुद्धको खोप करिब ५० लाख मात्रा मौज्दात रहेको छ । कोरोना भाइरसको सङ्क्रमण घट्दै गएपछि खोपको माग पनि कम भएकाले मौज्दात रहन गएको हो । हाल ४९ लाख २१ हजार छ सय ३२ मात्रा खोप मौज्दात रहेको स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा सुरेन्द्र चौरसियाले जानकारी दिनुभयो । अहिले सङ्क्रमण घटिरहेकोले माग नहुँदा खोपको मौज्दात रहेको बताइएको छ । जसमा सबैभन्दा बढी भेरोसेल खोप मौज्दात छ । भेरोसेल ४३ लाख ६६ हजार एक सय ६६ मात्रा मौज्दात छ भने फाइजर ६० हजार सात सय ५६, र फाइजर (बालबालिका)लाई लगाउने चार लाख ९४ हजार सात सय १०…
Read More
यस्तो छ प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम

यस्तो छ प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम

निर्वाचन भएको करिब तीन सातापछि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगले आज वुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतिनिधिसभा र प्रदेशसभा अन्तर्गतको प्रत्यक्ष र समानुपातिक निर्वाचनतर्फको परिणाम सार्वजनिक गरेको हो । भोली बिहीबार राष्ट्रपतिलाई प्रतिवदेन बुझाउने र अब आउँदो पुस २ गते आयोग पदाधिकारीले सातै प्रदेशमा प्रदेश प्रमुखलाई प्रतिवेदन बुझाउने प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपिलयाले जानकारी दिनुभयो । उक्त प्र्रतिवेदन राष्ट्रपति र प्रदेश प्रमुखसमक्ष बुझाएपछि राजपत्रमा प्रकाशित हुनेछ । आयोगले तयार गरेको निर्वाचन परिणाम प्रतिवेदन अनुसार प्रतिनिधि सभातर्फ दुई सय ७५ र प्रदेश सभातर्फ पाँचसय ५० जना गरी कूल आठसय २५ जना निर्वाचित भएका…
Read More
चार हजार दुई सय ८५ उम्मेदवारको भयो जमानत जफत

चार हजार दुई सय ८५ उम्मेदवारको भयो जमानत जफत

गत मंसिर ४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ७५ प्रतिशत भन्दा बढी उम्मेदवारको धरौटी (जमानत) जफत भएको छ । निर्वाचन आयोगले आज बुधबार आयोजित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार प्रतिनिधिसभामा दुई हजार चार सय ११ र प्रदेशसभामा तीन हजार दुई सय २४ जनाको उम्मेदवारी परेको थियो । तीमध्ये प्रतिनिधिसभातर्फ एक हजार सात सय ७२ पुरुष र एकसय ८९ जना महिला गरी एक हजार नौ सय ६१ जनाको धरौटी जफत भएको छ । त्यस्तै प्रदेशसभातर्फ दुई हजार ८६ पुरुष, दुईसय ३७ महिला र एक जना अन्य गरी कुल दुई हजार तीनसय २४ जनाको धरौटी जफत भएको छ । दुबैतर्फ गरी…
Read More
नारायणगढ–मुग्लिन सडकखण्डका पुल बन्न अझै एक वर्ष लाग्ने

नारायणगढ–मुग्लिन सडकखण्डका पुल बन्न अझै एक वर्ष लाग्ने

नारायणगढ–मुग्लिन सडकखण्डका १५ पुल निर्माण गर्न अझै एक वर्ष लाग्ने देखिएको छ । पाँच पुल सञ्चालनमा आएका छन् । अब आउँदो असारसम्ममा १० पुल निर्माण सक्ने गरी काम अघि बढाइएको नागढुङ्गा मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का आयोजना प्रमुख किरण कार्कीले जानकारी दिनुभयो । विसं २०७६ चैत १० गते ३३ महिनामा पुल सम्पन्न गर्ने गरी सम्झौता गरिएको थियो । अब आउँदो पुस ९ गते सम्झौताको अवधि सकिँदै छ । कोभिड–१९ का कारण समयमा काम नसकिएको बताइएको छ । घरटहरा हटाउन र भित्तो काट्नुपर्ने ठाउँमा काम जटिल भएकाले पुल सम्पन्न गर्न अझै एक वर्ष लाग्ने जनाइएको छ । समय धेरै…
Read More
दूध उत्पादनमा अनुदान दिँदै स्थानीय तह

दूध उत्पादनमा अनुदान दिँदै स्थानीय तह

उत्पादन लागत घटाउन किसानले उत्पादन गरेको दुधमा स्थानीय तहहरुले अनुदान दिन थालेका छन् । उत्पादनका आधारमा स्थानीय तहहरुले अनुदानको व्यवस्था गर्न लागेका हुन् । पूर्वी चितवनको राप्ती र खैरहनी नगरपालिकाले अनुदान दिनका लागि दुग्ध उत्पादक सहकारीलाई निवेदन दिन माग गरेका छन् । वार्षिक कति उत्पादन हुन्छ त्यसको विवरण सम्बन्धित स्थानीय तहले नगरभित्रका सहकारीहरुसँग माग गरेका हुन् । अनुदान दिनकै लागि राप्ती नगरपालिकाले यसवर्ष ४८ लाख ५० हजार रूपैयाँ बजेट छुट्टयाएको छ । राप्तीले गत आर्थिक वर्षदेखि दूध उत्पादनका आधारमा अनुदान दिने व्यवस्था गरेको थियो । राप्तीमा छ वटा दुग्ध उत्पादक सहकारी तथा एउटा बहुउद्देश्यीय सहकारी संस्था छ । बहुउद्देश्यीय सहकारी…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.