चितवन राष्ट्रिय निकुञ्जमा दुई दिनमा मृत फेला परे दुई गैंडा

चितवन राष्ट्रिय निकुञ्जमा हिजो र आज गरी दुई दिनमा दुई गैंडा मृत फेला परेका छन् । हिजो बुधवार निकुञ्जको अमलटारी सेक्टरको कुजौली रेञ्जपोस्ट अन्तर्गत नारायणी नदी किनारमा रहेको निकुञ्जको कोर क्षेत्रमा छ महिनाको भाले गैंडा मृत फेला परेको हो । सो गैंडाको खाग पलाएको छैन ।

त्यस्तै आज बिहान पनि निकुञ्जको अमलटारी सेक्टर लामीचौर पोष्ट अन्तर्गत गुन्द्रही ढका मध्यवर्ती सामुदायिक वन क्षेत्रमा अर्को एक पोथी गैंडा मृत फेला परेको छ ।
१५बर्षको पोथी गैंडा आपसमा जुधेर मरेको निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले जानकारी दिनुभयो । उक्त मृत गैंडाको खाग र खुर भने सुरक्षित रहेको बताइएको छ ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.