रेडियो अर्पण

797 Posts
निर्वाचन आचारसंहिता आजबाट नरहने

निर्वाचन आचारसंहिता आजबाट नरहने

निर्वाचन आयोगले आज सोमबारबाट निर्वाचन आचारसंहिता नरहने जानकारी दिएको छ । गत मङ्सिर ४मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि लागू गरिएको निर्वाचन आचारसंहिता सोमबारबाट नरहने आयोगले जनाएको छ । ‘२०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी निर्वाचन आयोगबाट जारी गरिएको निर्वाचन आचारसंहिता, २०७९ आज मंसिर २६ गतेदेखि लागू नरहने निर्णय भएको आयोगको विज्ञप्तिमा उल्लेख छ । आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सम्पूर्ण मन्त्रालयहरू तथा संवैधानिक निकायहरूमा सो निर्णयको जानकारी गराइएको छ । निर्वाचन आचारसंहिता, २०७९ को दफा १ को उपदफा…
Read More
फोटो पत्रकार महासंघ चितवनले खुलायो सदस्यता

फोटो पत्रकार महासंघ चितवनले खुलायो सदस्यता

फोटो पत्रकारहरुको छाता सङ्गठन नेपाल फोटो पत्रकार महासंघ चितवन शाखाले सदस्यता आह्वान गरेको छ । हिजो आईतबार बसेको जिल्ला शाखाको बैठकले उक्त सदस्यता खुला गरेको हो । पुस १५ गतेसम्म सदस्यता खुला गरिएको संघले जनाएको छ । जिल्लामा रहेर पत्रकारिता गर्दै गरेका र फोटो पत्रकारिमा इच्छुक पत्रकारहरुले सदस्यता लिन सक्नेछन् । फोटो पत्रकार महासंघको सदस्यता लिनका लागि शैक्षिक योग्यताको प्रमाणपत्रसहित कार्यरत संस्थाको परिचयपत्र तथा सिफारिस पेस गर्नुपर्ने बताइएको छ । फोटो पत्रकार महासंघको सदस्यता अनलाइनबाट समेत भर्न सकिने जनाइएको छ । त्यसै उक्त शाखाले फोटो पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि अब आउँदो माघको पहिलो साता आधारभूत फोटो पत्रकारिता तालिम गर्ने जनाइएको…
Read More
भरतपुरमा बिहे भोज खाएका करिब दुई सय बिरामी

भरतपुरमा बिहे भोज खाएका करिब दुई सय बिरामी

चितवनको भरतपुरमा बिहे भोज खाएका करिब दुई सय जना बिरामी भएका छन् । नवलपुरको गैडाकोटबाट भरतपुर जन्ती गएका उनीहरुले भरतपुरमा रहेको चितवन गार्डेन रिसोर्टमा शुक्रबार बिहे भोज खाएपछि केटा र केटीपक्ष दुवैतर्फका बिरामी परेका हुन् । भोज खाएकाहरुलाई ज्वरो आउने, पेट दुख्ने, पखला लाग्ने समस्या भएपछि अस्पताल भर्ना भएको बिरामी सविन लम्सालले बताउनुभयो । विहे भोजमा करिब पाँचसय जनाले खाना खाएको बताइएको छ । मासु खाएका सबै जना बिरामी भएको र त्यसमध्ये ३० जना नेशनल सिटी अस्पतालमा भर्ना भएका छन् । गैडाकोँटको वडा नम्बर १ बाट गणेश ढकालको बिहेमा आफन्त र साथिभाई जन्ती गएका थिए । दुलही करिष्मा अधिकारीको घर…
Read More
समय तोकेरै काम पुरा गर्न निर्माण व्यवसायीलाई भरतपुर महानगरपालिकाले दियो अल्टिमेटम

समय तोकेरै काम पुरा गर्न निर्माण व्यवसायीलाई भरतपुर महानगरपालिकाले दियो अल्टिमेटम

भरतपुर महानगरपालिकाभित्र निर्माणधिन आधा दर्जन आयोजनाहरुलाई समयमै काम पुरा गर्न भरतपुर महानगरपालिकाले निर्माण व्यवसायीलाई अल्टिमेटम दिएको छ । भरतपुरका मूख्य सडक खण्डरुको निर्माण कार्य सुस्त भएसँगै जनगुनासो आउन थालेपछि महानगरपालिकाले छिटोभन्दा छिटो काम पुरा गर्न निर्माण कम्पनीलाई अल्टिमेटम दिएको हो । हिजो आईतबार भरतपुर महानगरपालिकामा बसेको भरतपुर महानगरपालिका, सघन सहरी तथा भवन निर्माण आयोजना र निर्माण ठेक्का पाएको रमण शिवशक्ति जेभीबीच भएको छलफलपछि निर्माण कम्पनी रमणले तोकिएको समयमा काम पुरा गर्ने प्रतिवद्धता जनाएको भरतपुर महानगरपालिकाले जनाएको छ । धर्मचोक–बैकुण्ठचोक सडक खण्डको कालोपत्रे गर्न बाँकी करिब पाख्च सय ५० मिटर सडक पुस ३ गतेसम्म बेस कोर्स पुरा गरी पुसको १३ गतेभित्र…
Read More
धर्मचोक सडकको काम तत्काल  अघि बढाउन माग गर्दै सांसद जोशीसहितको टोली डेलिगेशनमा

धर्मचोक सडकको काम तत्काल अघि बढाउन माग गर्दै सांसद जोशीसहितको टोली डेलिगेशनमा

नारायणगढको शहिदचोकदेखि बैकुण्ठचोक, धर्मचोक हुँदै कचपचे चोकसम्मपुग्ने सडकको काम तत्काल अघि बढाउन माग गर्दै नवनिर्वाचित वागमती प्रदेश सांसद उत्तम जोशी नेतृत्वको टोली डेलिगेसन गएको छ । वर्षौंदेखि अलपत्र रहेको उक्त सडकको काम तत्काल सम्पन्न गर्न माग गर्दै जोशीको नेतृत्वमा स्थानीय टोल सुधार, उपभोक्त समितिसहितको टोली आज (सोमबार) सघन शहरी तथा भवन निर्माण आयोजना चितवनको कार्यालयमा डेलिगेसन गएको हो । डेलिगेसन गएको टोलीले कार्यालय प्रमुख प्रकाश अर्यालसँग भेट गरेको छ । उक्त भेटको क्रममा सांसद जोशीले उक्त सडक निर्माणमा भएको ढिलासुस्तीको कारण साध्नुभएको थियो । उहाँले अलपत्र सडक निर्माणको तत्काल काम अघि बढाउन कार्यालय प्रमुखको ध्यानाकर्षण समेत गराउनुभएको थियो । कार्यालय…
Read More
चितवनबाट यि तीन दलले मात्रै पाए समानुपातिकमा सांसद

चितवनबाट यि तीन दलले मात्रै पाए समानुपातिकमा सांसद

संजय दुवाडी थ्रेसहोल्ड कटाएर राष्ट्रिय पार्टी बन्न सफल सात दलमध्ये चितवनबाट तीन दलले मात्रै समानुपातिक सांसद् पाएका छन् । देशभरमा समानुपातिकमा दोस्रो पार्टी बन्न सफल नेपाली कांग्रेसबाट दुई जना र नेकपा माओवादी केन्द्रबाट तीन जनाले मात्रै सांसद् पाएका हुन् । प्रतिनिधिसभामा समानुपातिकतर्फ कांग्रेस र माओवादीले सांसद् पाउँदै गर्दा नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले भने सांसद् पाउन सकेनन् । कांग्रेसबाट समानुपातिकमार्फत संघीय संसद्मा प्रवेश गर्नेमा शान्ति विक परियार र अञ्जनी श्रेष्ठ छन् । भरतपुर–१२ घर भएकी शान्ति र भरतपुर–७ घर भएकी अञ्जनीले समानुपातिकबाट संसद् प्रवेश गर्ने मौका पाएको बताइएको छ । उहाँहरु दुवैजना पार्टीमा हाल केन्द्रीय सदस्य…
Read More
यि हुन् सन्तोषसहित मलेसियामा स्वर्णपदक जित्ने चितवनका सात खेलाडी !

यि हुन् सन्तोषसहित मलेसियामा स्वर्णपदक जित्ने चितवनका सात खेलाडी !

मलेसियामा सम्पन्न पाङ्कोर आइल्याण्ड अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप २०२२ मा चितवनका सन्तोष भट्टले गोल्डमेडल जित्नुभएको छ । लामो समयदेखि मलेसियामा बस्दै आउनुभएका भट्टले उत्कृष्ट प्रदर्शन गर्दै नेपालका लागि स्वर्णपदक दिलाउनुभएको हो । भट्टसंगै अन्य छ जना नेपाली खेलाडीले पनि स्वर्णपदक जितेका छन् । उक्त स्वर्णपदक जित्नेहरुमा मोहम्मद उमर खान, सुनिता विष्ट, सुष्मा थापा, सोनम गैरे, नितिश विश्वकर्मा र सक्षम चौधरी रहेका छन् । यस्तै जैनव खातुन, अब्बास खान, मोहम्मद उमर खान, सुनिता विष्ट लगायतका चार खेलाडीले रजत पदक जितेका छन् । उक्त प्रतियोगितामा नेपाली खेलाडीहरुको प्रदर्शन उत्कृष्ट रहेको थियो । प्रतियोगितामा टिम प्रशिक्षकको रुपमा रोशन खाँन रहनुभएको थियो ।
Read More
एजेन्डामा कुरा मिले रवि लामिछाने नेतृत्वको पार्टी सरकारमा जान तयार

एजेन्डामा कुरा मिले रवि लामिछाने नेतृत्वको पार्टी सरकारमा जान तयार

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा सहभागी हुने भएको छ । पहिलोपटक निर्वाचनमा भाग लिएर २० सिटसहित संसद् प्रवेश गरेको पार्टीले दुवै गठबन्धनका नेताहरुसँग अनौपचारिक छलफल गरेसँगै सरकारमा सहभागी हुने देखिएको हो । जनताका पक्षमा काम गर्ने गरी सरकारमा सहभागी हुन तयार भएको रास्वपाका महामन्त्रीसमेत रहनुभएका प्रवक्ता डा. मुकुल ढकालले बताउनुभयो । विदेशमा बस्ने नेपालीलाई भोट हाल्ने अधिकार, भ्रष्टाचार नियन्त्रण र विश्वविद्यालय क्षेत्रको सुधारसहितका एजेन्डामा कुरा मिले सरकारमा सहभागी हुन तयार भएको बताइएको छ । आफुहरु मन्त्रीमा होइन एजेन्डामा भागबण्डा हुनेगरी कुरा मिल्यो भने सरकारमा सहभागी हुने ढकालको भनाई छ । एक सय वटा कानुन बनाउँदा रास्वपाको प्रस्तावमा पाँचवटा…
Read More
चितवनमा घट्यो जग्गाको भाउः मालपोतमा किनबेच नै रोक्का

चितवनमा घट्यो जग्गाको भाउः मालपोतमा किनबेच नै रोक्का

चितवनमा घरजग्गाको मूल्यमा झण्डै ३० प्रतिशतसम्मले गिरावट आएको छ । बैँकको लगानी नहुँदा र ब्याज बढ्दै गएको कारणले जग्गाको मूल्यमा गिरावट आएको हो । चितवनको पदमपुरमा गत वर्षसम्म गठ्ठाको २७ लाख रुपैयाँ भनेको जग्गा घटेर करिब २४ लाख रुपैयाँमा हाल किनबेच भएको पश्चिम चितवनमा जग्गा व्यवसाय गर्दै आउनुभएका गणेश गुरुङले बताउनुभयो । पदमपुरमा मात्रै नभएर चितवनका अन्य ठाउँमा पनि मूल्य घट्दै गएको बताइएको छ । बैँकको ऋणका कारणले कतिपय नागरिक एक करोड भनेको घडेरीलाई ७० लाख रुपैयाँसम्ममा पनि बेच्न बाध्य भएका छन् । प्लटिङ गर्न नपाएपछि टुक्रे जग्गाको पनि भाउ नआउने गुरुङको भनाई छ । बैँकसँगै पैसा नहुदा व्यवसायीले घरजग्गामा…
Read More
पाँच वर्षपछि नारायणगढमा नेपथ्यको कन्सर्ट ः छ हजार दर्शक आज क्याम्पाचौरमा झुम्ने

पाँच वर्षपछि नारायणगढमा नेपथ्यको कन्सर्ट ः छ हजार दर्शक आज क्याम्पाचौरमा झुम्ने

पाँच वर्षपछि आज आइतबार नारायणगढमा नेपथ्य व्याण्डले ‘लाइभ कन्सर्ट’ गर्ने भएको छ । पाँच वर्षको अन्तरालमा आज नारायणगढको क्याम्पाचौरमा नेपथ्य व्याण्डले लाइभ कन्सर्ट गर्न लागेको हो । यसअघि नेपथ्य व्याण्डले २०७४ साल माघ १ गते नारायणी नदीकिनारमा लाइभ कन्सर्ट गरेको थियो । चितवनमा नेपथ्यको यो आठौँ प्रस्तुति हो । ‘मानवताको लागि साङ्गीतिक यात्रा’ लिएर नेपथ्यका गायक अमृत गुरूङले क्याम्पाचौरमा आज साँझ छ हजारभन्दा बढी दर्शकलाई नचाउने बताइएको छ । । एक दशकदेखि सडकपेटी एवम् सार्वजनिक स्थलमा भेटिएका सहयोगापेक्षी सडक आश्रित मानवहरुको उद्धार गर्दै आइरहेको मानवसेवा आश्रम चितवनले नेपथ्य व्याण्डलाई चितवन ल्याएको हो । नेपथ्यले क्याम्पाचौरमा पहिलोपटक प्रस्तुति दिन लागेको हो…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.