धर्मचोक सडकको काम तत्काल अघि बढाउन माग गर्दै सांसद जोशीसहितको टोली डेलिगेशनमा

नारायणगढको शहिदचोकदेखि बैकुण्ठचोक, धर्मचोक हुँदै कचपचे चोकसम्मपुग्ने सडकको काम तत्काल अघि बढाउन माग गर्दै नवनिर्वाचित वागमती प्रदेश सांसद उत्तम जोशी नेतृत्वको टोली डेलिगेसन गएको छ ।
वर्षौंदेखि अलपत्र रहेको उक्त सडकको काम तत्काल सम्पन्न गर्न माग गर्दै जोशीको नेतृत्वमा स्थानीय टोल सुधार, उपभोक्त समितिसहितको टोली आज (सोमबार) सघन शहरी तथा भवन निर्माण आयोजना चितवनको कार्यालयमा डेलिगेसन गएको हो ।
डेलिगेसन गएको टोलीले कार्यालय प्रमुख प्रकाश अर्यालसँग भेट गरेको छ । उक्त भेटको क्रममा सांसद जोशीले उक्त सडक निर्माणमा भएको ढिलासुस्तीको कारण साध्नुभएको थियो । उहाँले अलपत्र सडक निर्माणको तत्काल काम अघि बढाउन कार्यालय प्रमुखको ध्यानाकर्षण समेत गराउनुभएको थियो ।

कार्यालय प्रमुख अर्यालले सडक निर्माणको काम तत्काल सुरु गर्ने र अब आउँदो पौष १३ गते भित्र निर्माण सम्पन्न गर्ने गप्रतिवद्धता जनाउनुभएको छ । धुलो उड्न नदिने गरी काम अघि बढाईने जनाइएको छ । निर्माण कम्पनीले तत्काल काम सुरु नगरे कानुन बमोजिम कारबाहीको दायरामा ल्याउने कार्यालय प्रमुख अर्यालको भनाइ छ ।उपभोक्ताका तर्फबाट स्थानीय इन्दिरा सापकोटा सडौला र रेशम कंडेल लगायतले पनि आफ्नो भनाइ राख्नुभएको थियो ।
तीन किलो मिटर लामो उक्त सडक निर्माणका लागि २०७५ साल वैशाख २६ गते सघन शहरी तथा भवन निर्माण आयोजना चितवन र रमण शिव शक्ति जेभीबीच सम्झौता भएको थियो । सम्झौतामा २०७७ असार मसान्तसम्म सक्नुपर्ने भनिए पनि सडक निर्माणको काम अझै अलपत्र भएको जनाइएको छ ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.