अन्तर्राष्ट्रिय समाचार

आठौं संस्करणको आईसीसी महिला टी–ट्वान्टी विश्वकप आजबाट शुरु हुँदै

आठौं संस्करणको आईसीसी महिला टी–ट्वान्टी विश्वकप आजबाट शुरु हुँदै

दक्षिण अफ्रिकामा आयोजना हुने आठौं संस्करणको आईसीसी महिला टी–ट्वान्टी विश्वकप क्रिकेट आजबाट शुरु हुँदैछ । केपटाउनको न्युल्याण्ड्समा हुने खेल नेपाली समयअनुसार राति पौने ११ बजे सुरु हुनेछ । उक्त खेलमा समूह ए मा रहेको आयोजक दक्षिण अफ्रिका र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ । दुई देशबीच भएको पछिल्लो पाँच टी–ट्वान्टी अन्तराष्ट्रियमा दक्षिण अफ्रिका पाँच खेलमा नै अपराजित छ । खेलमा सहभागी हुने १० टोलीलाई दुई समुहमा बिभाजन गरिएको छ । शीर्ष दुई टोली सेमिफाईनल प्रवेश गर्ने छन् । समूह ए मा आयोजक दक्षिण अफ्रिका, साबिक बिजेता अष्ट्रेलिया, श्रीलंका, बंगलादेश र न्युजिल्याण्ड छन् । समूह बी मा दुई पुर्व बिजेताहरु इंग्ल्याण्ड र वेस्ट…
Read More
भ्यालेन्टाइन डे’ नजिकिँदै गर्दा विदेशबाट गुलाब फूल ल्याउन प्रतिबन्ध

भ्यालेन्टाइन डे’ नजिकिँदै गर्दा विदेशबाट गुलाब फूल ल्याउन प्रतिबन्ध

सरकारले विदेशबाट गुलाबको फूल ल्याउन प्रतिबन्ध लगाएको छ । भ्यालेन्टाइन डे’नजिकिँदै गर्दा सरकारले नेपाल, भारत तथा चीन सीमाका १५ भन्सार कार्यालयका कार्यालयहरूलाई पत्राचार गर्दै गुलाबको फूल आयातमा रोक लगाएको हो । कृषि तथा पशुपक्षी मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले एक सूचना निकालेर गुलाबको फूल आयातमा केही समयका लागि प्रतिबन्ध लगाएको जानकारी दिएको हो । फूलसँगै रोगका किरा वा जीवाणु आउने सम्भावना रहेकाले वनस्पतिजन्य रोगको जोखिमले तत्कालका लागि गुलाबको आयात रोक लगाएको केन्द्रका सूचना अधिकारी महेशचन्द्र आचार्यले बताउनुभयो । अर्को व्यवस्था नभएसम्म आयात अनुमति पत्र जारी नगर्न सबै कार्यालयलाई पत्रसमेत पठाएको उहाँको भनाई छ । केन्द्रले काँकडभिट्टा, भण्टावारी, विराटनगर,…
Read More
निमावि तहमा एक हजार ५६ शिक्षकको माग

निमावि तहमा एक हजार ५६ शिक्षकको माग

शिक्षक सेवा आयोगले निम्न माध्यामिक तह, तृतीय श्रेणी शिक्षक पदको लागि एक हजार ५६ रिक्त पदमा विज्ञापन खुला गरेको छ । आयोगले आज शुक्रबार खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि विज्ञापन खुला गरेको हो । आयोगले नेपाली विषयको लागि ६५ रिक्त पदमा, अंग्रेजी विषयको लागि एकसय १६ रिक्त पदमा, गणित विषयको लागि एकसय ४४ रिक्त पदमा, विज्ञान विषयको लागि दुईसय ८२ रिक्त पदमा देशभरबाट आवेदन माग गरेको छ । त्यस्तैगरी सामाजिक विषयमा ८९ जना शिक्षक, गणित÷विज्ञानमा तीनसय ५१ जना शिक्षक, शुक्लयजुर्वेद विषयका लागि एक जना, संस्कृत व्याकरणको लागि तीन जना, संस्कृत भाषाका लागि चार जना र संस्कृत कर्मकाण्ड…
Read More
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बनमा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बनमा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बनमा पर्नुभएको छ । ठाकुरले थाई स्माइल एयरलाइन्सका प्रतिनिधिसँग गैरकानुनी लाभ लिने उद्देश्यले गरेको कुराकानीको श्रब्य सामग्री प्राप्त भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।सोबारे जाँचबुझको लागि पदबाट निलम्बन गरिएको हो । यस विषयमा थप अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत पठाइने मन्त्रालयले जनाएको छ । ठाकुर पछिल्लो दुई वर्षयता विमानस्थलको प्रमुख पदमा कार्यरत हुनुहुन्थ्यो । यसअघि माघ ९ गते त्रिभुवन विमानस्थलका आन्तरिक टर्मिनल प्रमुख पूर्ण चुँडाललाई पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्रोत नखुलेको रकमसहित पक्राउ गरेको थियो ।
Read More
अपहरणमा परेको भन्दै नाटक गर्ने छ जना पक्राउ

अपहरणमा परेको भन्दै नाटक गर्ने छ जना पक्राउ

अपहरणमा परेको भन्दै नाटक गर्ने कार्यमा संलग्न रहेको अभियोगमा छ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं चन्द्रागिरी नगरपालिका– १३ बस्ने ४७ वर्षीय बिदुर बस्नेत, चितवन भण्डारा राप्ती नगरपालिका–५ घर भई हाल काठमाडौं नैकाप बस्ने ३३ वर्षीय दिलिप बिक, सर्लाही बर्हथवा नगरपालिका–६ घर भई काठमाडौं बालाजु बस्ने ४७ वर्षीय भोला महतो नुनिया, काभ्रे खानिखोला गाउँपालिका–१ बस्ने ४२ वर्षीय जगत बहादुर भोलान, काभ्रे बनेपा नगरपालिका–६ घर भएका ५३ वर्षीय कान्छामान जिम्वा र धादिङ् थाक्रे गाउँपालिका–५ घर भई काठमाडौं कालिमाटी बस्ने ४४ वर्षीय आशमान लामा रहेका छन् । चन्द्रागिरी नगरपालिका–१३ पुरानो नैकापस्थित कंकाली पिस ब्याम्बो रिसोर्टको अगाडि मानिस अपहरण…
Read More
माओवादी केन्द्रको पार्टी उपाध्यक्षमा सापकोटा र पम्फा बढुवा

माओवादी केन्द्रको पार्टी उपाध्यक्षमा सापकोटा र पम्फा बढुवा

नेकपा (माओवादी केन्द्र) ले पूर्वसभामुख अग्नि सापकोटा र उपमहासचिव पम्फा भुसाललाई पार्टी उपाध्यक्ष बनाएको छ । माओवादी केन्द्रले हिजो सर्कुलर जारी गरी सापकोटा र भुसाललाई पार्टी उपाध्यक्षमा बढुवा गरेको हो । यसअघि नारायणकाजी श्रेष्ठ वरिष्ठ उपाध्यक्ष र कृष्णबहादुर महरा उपाध्यक्ष हुनुहुन्थ्यो । पूर्वसभामुख सापकोटा पार्टीको कुनै पनि जिम्मेवारीमा रहनुभएको थिएन । उपमहासचिवमा भुसालसँगै हरिबोल गजुरेल, जनार्दन शर्मा, वर्षमान पुन, गिरिराजमणि पोखरेल, मातृका यादव र शक्ति बस्नेत रहनुभएको थियो । त्यसैगरी सचिवमा गणेश साह, दीनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, हितराज पाण्डे, हितमान शाक्य, राम कार्की र डिलाराम आचार्य रहनुभएको छ । कोषाध्यक्षमा श्रीराम ढकाल हुनुहुन्छ । अब माओवादी…
Read More
गैँडा मार्नेदेखि खागको कारोबारीसहित १५ जना पक्राउ

गैँडा मार्नेदेखि खागको कारोबारीसहित १५ जना पक्राउ

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गैँडा मार्नेदेखि खागको कारोबारसम्म जोडिएका १५ जनालाई पक्राउ गरेको छ । सीआईबीले गत महिना चाबहिलको सरस्वतीनगरबाट खागसहित दुईजनालाई पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मार्नेसम्मको पहिचान खुलेपछि सीआईबीले पूरै गिरोहलाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका व्यक्तिहरूलाई आजै सार्वजनिक गर्ने सीआईबीको तयारी छ । पक्राउ पर्नेमा धेरै चितवनका रहेका छन् ।
Read More
नेपाली सेनाका एक उपरथीसहित १४ अधिकृतको बढुवा

नेपाली सेनाका एक उपरथीसहित १४ अधिकृतको बढुवा

नेपाली सेनाका सहायक रथी कृष्णदेव भट्टराई उपरथीमा बढुवा हुनुभएको छ । माघ २३ गते सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले भट्टराईलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको हो । बढुवा हुनुभएका भट्राईलाई आज बिहीबार जंगी अड्डामा प्रधानसेनापति प्रभुराम शर्माले दज्र्यानी चिन्ह प्रदान गर्नुभएको थियो । बढुवा भएसँगै भट्राईलाई प्रबन्धरथी विभागको विभागीय प्रमुखको जिम्मेवारी प्रदान गरिएको छ । त्यस्तै,पाँच जनालाई सहायक रथीमा र आठजनालाई महासेनानीमा पनि बढुवा गरिएको छ । सहायक रथीमा बढुवा हुने पाँच जना महासेनानीहरु मनोज थापा, पूर्णबहादुर खत्री, रोशन शमशेर जबरा, जगतबहादुर पौडेल र प्रकाश थापा रहनुभएको छ । उहाँहरुलाई महासेनानीबाट सहायक रथीमा बढुवा गर्ने निर्णय भएको सैनिक प्रवक्ता सहायक रथी…
Read More
रविको पासपोर्टबारे प्रमाण संकलन सुरु, एकसाथ तीन निकायबाट कागजात झिकाउने निर्णय

रविको पासपोर्टबारे प्रमाण संकलन सुरु, एकसाथ तीन निकायबाट कागजात झिकाउने निर्णय

सरकारी वकिलको कार्यालय काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पासपोर्टमाथि परेको जाहेरीका विषयमा अनुसन्धान थालेको छ । आफूकहाँ पेश भएको जाहेरीका आधारमा सरकारी वकिल कार्यालयले एकसाथ तीन निकायबाट कागजात मगाएर अनुसन्धान थालेको हो । उक्त कार्यालयले आजमात्रै निर्णय गरेर जिल्ला प्रशासन कार्यालय, अध्यागमन विभाग र राहदानी विभागमा लामिछानेको बारेमा विस्तृत विवरण मगाएको हो । एक सरकारी वकिलका अनुसार तीन निकायमा लामिछानेबारे फरक फरक विवरण मागिएको छ । जसमा राहदानी विभागमा पठाएको पत्रमा २०७२वैशाख२८ मा लामिछानेले ०८८३४८३८ नम्बरको नेपाली पासपोर्ट लिएको हो कि होइन भनी सोधिएको छ । त्यस्तै जिल्ला प्रशासन कार्यालयमा २०७२वैशाख २८ मा रवि लामिछानेको नेपाली नागरिकताको…
Read More
प्रेम दिवसका लागि भारतबाट एक करोड ६० लाखको गुलाब  फूल आयात, चितवनमा २५ लाखको माग

प्रेम दिवसका लागि भारतबाट एक करोड ६० लाखको गुलाब फूल आयात, चितवनमा २५ लाखको माग

प्रेम दिवसका लागि नेपालमा एक करोड ६० लाखको गुलाब फूल भारतबाट आयात भएको छ । प्रेम दिवसका लागि भारतबाट दुई लाख ६० हजार गुलाबको स्टिक आयात हुनेछ । विभिन्न डेको रुपमा सात दिनसम्म मनाइने प्रेम दिवसका लागि चितवनमा करिब २५ लाखको गुलाब फूलको माग भएको फ्लोरिकल्चर एसोसिएसनले जनाएको छ । आयात भएको फुलको ६० प्रतिशत काठमाडौँमा र ४० प्रतिशत काठमाडौँ उपत्यकाबाहिर खपत हुने जनाइएको छ । चितवनमा २५ हजार गुलाबको स्टिकको माग रहेको फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले बताउनुभएको छ । नेपालमा गुलाब फूलमा लगानी हुन नसक्नाले र उच्चतम प्रविधि भित्र्याउन नसक्नाले प्रेम दिवसमा ९० प्रतिशत गुलाबको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.