निमावि तहमा एक हजार ५६ शिक्षकको माग

शिक्षक सेवा आयोगले निम्न माध्यामिक तह, तृतीय श्रेणी शिक्षक पदको लागि एक हजार ५६ रिक्त पदमा विज्ञापन खुला गरेको छ ।
आयोगले आज शुक्रबार खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि विज्ञापन खुला गरेको हो ।
आयोगले नेपाली विषयको लागि ६५ रिक्त पदमा, अंग्रेजी विषयको लागि एकसय १६ रिक्त पदमा, गणित विषयको लागि एकसय ४४ रिक्त पदमा, विज्ञान विषयको लागि दुईसय ८२ रिक्त पदमा देशभरबाट आवेदन माग गरेको छ ।
त्यस्तैगरी सामाजिक विषयमा ८९ जना शिक्षक, गणित÷विज्ञानमा तीनसय ५१ जना शिक्षक, शुक्लयजुर्वेद विषयका लागि एक जना, संस्कृत व्याकरणको लागि तीन जना, संस्कृत भाषाका लागि चार जना र संस्कृत कर्मकाण्ड विषयका लागि एकजना रिक्त दरबन्दीमा शिक्षक माग गरेको छ ।
इच्छुक उम्मेदवारले अब आउँदो फागुन २८ गतेसम्म नियमित दस्तुरमा र चैत ५ गतेसम्म दोब्बर दस्तुरमा आवेदन दिन सक्नेछन् । परीक्षा २०८० साल बैशाख ९ गते सञ्चालन हुनेछ ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.