चितवनमा दुई मोटरसाइकल ठक्कर खाँदा खैरहनीका बस्यालको ज्यान गयो

पूर्वपश्चिम राजमार्गको रत्ननगर–९,टिकौली जङ्गलमा हिजो बिहीबार बेलुकी साढे आठ बजेको समयमा विपरीत दिशाबाट आएका दुई मोटरसाइकल एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ ।
टाँडीबाट भरतपुरतर्फ जाँदै गरेको ना१६ प १७२७ नम्बरको मोटरसाइकल र भरतपुरबाट टाँडीतर्फ आउँदै गरेको ना२१ प ७२५ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाई दुर्घटना भएको प्रहरीले जनाएको छ ।
उक्त दुर्घटनामा परि ना२१ प ७२५ नम्बरको मोटरसाइकलका चालक खैरहनी–१ बस्ने ४४ वर्षीय राजेश बस्याल घाइते भई उपचारार्थ भरतपुर अस्पताल पठाइएकोमा हिजो बिहीबार बेलुकी ८ः५० बजे चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीले ना१६ प १७२७ नम्बरको मोटरसाइकल चालक कालिका–६ बस्ने दिवस श्रेष्ठलाई नियन्त्रणमा लिएको जनाएको छ ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.