अपहरणमा परेको भन्दै नाटक गर्ने छ जना पक्राउ

अपहरणमा परेको भन्दै नाटक गर्ने कार्यमा संलग्न रहेको अभियोगमा छ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं चन्द्रागिरी नगरपालिका– १३ बस्ने ४७ वर्षीय बिदुर बस्नेत, चितवन भण्डारा राप्ती नगरपालिका–५ घर भई हाल काठमाडौं नैकाप बस्ने ३३ वर्षीय दिलिप बिक, सर्लाही बर्हथवा नगरपालिका–६ घर भई काठमाडौं बालाजु बस्ने ४७ वर्षीय भोला महतो नुनिया, काभ्रे खानिखोला गाउँपालिका–१ बस्ने ४२ वर्षीय जगत बहादुर भोलान, काभ्रे बनेपा नगरपालिका–६ घर भएका ५३ वर्षीय कान्छामान जिम्वा र धादिङ् थाक्रे गाउँपालिका–५ घर भई काठमाडौं कालिमाटी बस्ने ४४ वर्षीय आशमान लामा रहेका छन् ।
चन्द्रागिरी नगरपालिका–१३ पुरानो नैकापस्थित कंकाली पिस ब्याम्बो रिसोर्टको अगाडि मानिस अपहरण भएको भन्ने सूचनाको आधारमा तत्काल काठमाडौं उपत्यका अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा उनीहरूले अपहरणको नाटक गरेको खुल्न आएपछि उनीहरूलाई पक्राउ गरेको हो ।
साथै उक्त घटना अपहरण नभई लेनदेन कारोबार रहेको अनुसन्धानबाट खुल्न आएको छ । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.