अन्तर्राष्ट्रिय समाचार

एसईई दिएका विद्यार्थीहरुलाई नेपाल टेलिकमको सिम सित्तैमा

एसईई दिएका विद्यार्थीहरुलाई नेपाल टेलिकमको सिम सित्तैमा

नेपाल टेलिकमले एसईईका विद्यार्थीहरुका लागि एसईई २०७९ अफर उपलब्ध गराउने भएको छ । यस अन्तर्गत कम्पनीले एसईई परीक्षा दिएका विद्यार्थीहरुलाई निःशुल्क सिम उपलब्ध गराउने र त्यसमा बोनस अन रिचार्ज पनि उपलब्ध हुनेछ । यहि २४ गतेदेखि उपलब्ध हुने यो अफर तीनमहिना (९० दिन) सम्म उपलब्ध हुनेछ भने बोनस अन रिचार्ज छ महिनासम्म उपलब्ध गराइनेछ । उक्त सिम नेपाल टेलिकमका देशभरका कार्यालयहरुबाट निःशुल्क उपलब्ध हुनेछ । सिमकार्ड प्रयोगमा आउनासाथ ३० दिनसम्मका लागि विभिन्न अफरहरु उपलब्ध हुनेछन् । विद्यार्थीसँग पहिलेदेखि नै नेपाल टेलिकमको सिम छ भने सोही सिममा यी अफरहरु उपयोग गर्न सकिने व्यवस्था गरिएको छ । नयाँ सिम प्राप्त गरेका विद्यार्थीहरुले…
Read More
बाँकी रहेका क्याम्पसमा चैत ३० गते स्ववियु चुनाव गर्न चार विद्यार्थी सङ्गठनबीच सहमति

बाँकी रहेका क्याम्पसमा चैत ३० गते स्ववियु चुनाव गर्न चार विद्यार्थी सङ्गठनबीच सहमति

चार विद्यार्थी सङ्गठनबीच त्रिभुवन विश्वविद्यालय (त्रिवि)का बाँकी रहेका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव यही चैत ३० गते गर्ने सहमति भएको छ । उनीहरुले चुनाव बिथोल्ने कुनै पनि गतिविधि नगर्ने प्रतिबद्धता जनाएका छन् । नेपाल विद्यार्थी सङ्घका अध्यक्ष दुजाङ शेर्पा, अनेरास्ववियुका अध्यक्ष समिक बडाल, अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष पञ्चा सिंह र अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले आज संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै यही चैत ५ गते स्ववियु चुनाव हुन नसकेका त्रिविका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा आगामी चैत ३० गते चुनाव गराउन सहमति गरेका छन् । सयुक्त रुपमा जारी गरिएको विज्ञप्तिमा भनिएको छ–“देशभरि चुनाव हुन बाँकी रहेका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा चुनाव…
Read More
एकल महिलाले जन्माएका बच्चाको जन्मदर्ता मावलीकै थरबाट हुने

एकल महिलाले जन्माएका बच्चाको जन्मदर्ता मावलीकै थरबाट हुने

एकल महिलाबाट जन्मेका बच्चाको जन्मदर्ता मावलीकै थरबाट हुने भएको छ । गृहमन्त्रालयको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सातसय ५३ पालिकाका छहजार सातसय ४३ वटै वडाका पञ्जिकाधिकारीलाई बुधबार परिपत्र गरेर एकल महिलाबाट जन्मेका बच्चाको जन्मदर्ता मावलीकै थरबाट गर्न निर्देशन दिएको हो । एकल महिलाबाट जन्मेका र पितृत्वको ठेगान नभएको बच्चाको जन्मदर्ता गर्ने विषयमा विभागले थप प्रष्ट पार्दै मावलीकै थरबाट जन्मदर्ता गर्न वडालाई पत्राचार गरेको हो । ‘विवाहअघि जन्म भएको तर पितृत्वको ठेगान नभएको बच्चा भएको एकल महिलाले विवाह गरी बच्चासहित पतिको ठेगानमा सँगै बसेको भए ती बच्चाको मावलीकै थर राखी आमाको हालको स्थायी ठेगानामा जन्म दर्ता गरिदिने’ विभागको परिपत्रमा भनिएको छ…
Read More
सुनको भाउ अहिलेसम्मकै उच्च, तोलाको एकलाख ११ हजार रुपैयाँ पुग्यो

सुनको भाउ अहिलेसम्मकै उच्च, तोलाको एकलाख ११ हजार रुपैयाँ पुग्यो

सुनको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । आज बुधवार एकै दिन तोलामा दुई हजार रुपैयाँले बढेर सुन तोलाको एक लाख ११ हजार रुपैयाँ पुगेको छ । यो भाउ अहिलेसम्मकै सबैभन्दा धेरै हो । यसअघि गत ५ गते सुनको भाउ बढेर तोलामा एक लाख १० हजार रुपैयाँ पुगेको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेको र अमेरिकामा बेरोजगारीको संख्या बढिरहेकाले भाउ बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो मङ्गलवार पनि सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढेको थियो । यस्तै आज चाँदीको भाउ पनि बढेको छ । तोलामा ४० रुपैयाँले बढेर चाँदी एक हजार चार सय ४०…
Read More
नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत रहने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत रहने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धिदर सन् २०२३ मा ४.१ प्रतिशत रहने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ । आज मंगलबार सार्वजनिक एसियन डेभलपमेण्ट आउटलुकमार्फत एडीबीले कसिलो मौद्रिक निति, घरेलु मागमा आएको कमीका कारण वृद्धिदर घट्ने प्रक्षेपण गरेको हो । सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर ५.८ प्रतिशत थियो । कोरोना महामारीसहित विश्व आर्थिक मन्दीका कारण पनि वृद्धिदरमा सुस्तता आउने एडीबीले जनाएको छ । त्यस्तै सन् २०२१ मा नेपालले ४.२ प्रतिशतको वृद्धिदर प्राप्त गरेको थियो । आगामी वर्ष भने नेपालले ५ प्रतिशतको आर्थिक वृद्धिदर गर्ने एडीबीको अनुमान छ । सन् २०२३ मा मुद्रास्फीति ७.४ प्रतिशत रहने एडीबीले प्रक्षेपण गरेको छ । यो…
Read More
वैशाख १० मा हुने उपचुनावको उम्मेदवारी दर्ताको समय सकियो

वैशाख १० मा हुने उपचुनावको उम्मेदवारी दर्ताको समय सकियो

अब आउँदो वैशाख १०गते चितवन २, तनहुँ १ र बारा २ मा हुने उपचुनावको लागि आज बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म तोकिएको उम्मेदवारी दर्ताको समय सकिएको छ । उपनिर्वाचनको लागि दलहरुले आ–आफ्नो क्षेत्रबाट उम्मेदवारी दर्ता गरीसकेको छन् । चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट उपचुनावका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सुरुमै उम्मेदवारी दर्ता गराउनुभएको छ । चितवन २ बाट उपचुनावका लागि कांग्रेसबाट चितवनका निवर्तमान सभापति जितनारायण श्रेष्ठ, एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने र राप्रपाका जीवलाल पुरीले उम्मेदवारी दर्ता गर्नुभएको छ । गत मंसिर ४ गते भएको चुनावमा चितवन २ बाट निर्वाचित रवि लामिछाने…
Read More
रास्वपाका सभापति लामिछानेमाथि राहदानी मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट

रास्वपाका सभापति लामिछानेमाथि राहदानी मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि राहदानी प्रकरणमा मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट पेस गरिएको छ । रिट दर्ता गर्ने–नगर्ने विषयमा सर्वोच्च प्रशासनले अध्ययन गरिरहेको अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिनुभयो । आज आइतबार अधिवक्ता युवराज पौडेल (सफल)ले महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध रिट पेस गर्नुभएको हो । पौडेलले नै यसअघि लामिछानेको सांसद पदको योग्यतामा प्रश्न उठाउँदै रिट दायर गर्नुभएको थियो । सांसद पदको योग्यतासम्बन्धी मुद्दा भने टुंगिइसकेको छ । यही चैत ६ गते महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्ध मुद्दा चलाउनु नपर्ने निर्णय सदर गरेको थियो । त्यसअघि, प्रहरी, सरकारी वकिल कार्यालयले उहाँविरुद्ध राहदानी प्रकरणमा मुद्दा नचलाउने निर्णय गरेका थिए ।प्रहरीले छानबिनपश्चात्…
Read More
राप्रपाले टुङ्ग्यायो उपनिर्वाचन हुने तीनवटै क्षेत्रमा उम्मेदवार

राप्रपाले टुङ्ग्यायो उपनिर्वाचन हुने तीनवटै क्षेत्रमा उम्मेदवार

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उपनिर्वाचनका लागि तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवार चयन गरेको छ । राप्रपा संसदीय समितिको निर्णयअनुसार तनहुँ १ मा शोभा गुरुङ, बारा २ मा सोनेलाल शाह र चितवन २ मा जीवलाल पुरीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि मुख्य दलहरूले उम्मेदवार ढुंगो लगाइसकेका छन् ।
Read More
आठ महिनादेखि त्रिवि सेवा आयोग अध्यक्षविहीन

आठ महिनादेखि त्रिवि सेवा आयोग अध्यक्षविहीन

त्रिभुवन विश्वविद्यालय सेवा आयोग आठ महिनादेखि अध्यक्षविहीन छ । गत साउन १८ मा प्रा.डा. लालुप्रसाद पौडेलको पदावधि सकिएपछि आयोगले अर्को अध्यक्ष पाउन सकेको छैन । अध्यक्ष नियुक्त हुन नसक्दा लेक्चर तथा प्राध्यापकहरुको परीक्षा सञ्चालन हुन सकेको छैन भने नयाँ विज्ञापन खोल्न पनि ढिलाइ भइरहेको त्रिवि सेवा आयोग प्रमुख केदारनाथ ढकालले बताउनुहुन्छ । करिब दुई हजार पाँचसय कर्मचारीको विज्ञापन गर्न नपाउँदा काममा समेत प्रभाव पर्न थालेको छ । करिब पच्चिस सय कर्मचारीको दरबन्दी रिक्त छ । त्यसले दैनिक काममा प्रभाव पर्न थालेको गुनासो आउन थालेको प्रमुख ढकालको भनाई छ । करिब त्यहि संख्यामा नयाँ शिक्षकहरुको पनि विज्ञापन गर्नुपर्ने तर अध्यक्ष नियुक्त…
Read More
क्यानडा–अमेरिका सीमामा थप दुई शव फेला, मृत्यु हुनेको संख्या आठ पुग्यो

क्यानडा–अमेरिका सीमामा थप दुई शव फेला, मृत्यु हुनेको संख्या आठ पुग्यो

क्यानाडाली प्रहरीले शुक्रबार दिउँसो क्यानडा–अमेरिकी सीमानाको जलक्षेत्रबाट थप दुईवटा शव फेला पारेको छ । सोही क्षेत्रमा बिहीबार छवटा शव फेला परेका थिए । सेन्ट लरेन्स नदीबाट क्यानडाको अक्वेसास्नेमा फेला परेका आठ मध्ये रोमानियाली र भारतीय मूलका दुई परिवार रहेको बुझिएको छ । उनीहरू संयुक्त राज्य अमेरिका प्रवेश गर्ने क्रममा रहेको बुझिएको छ । ती मध्ये तीन वर्ष मुनिका दुई बच्चाहरू रहेको बताइएको छ ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.