पत्रकार आचार्यमाथि हातपात गर्नेलाई कारबाही गर्न नेपाल पत्रकार महासंघ चितवनको माग
नेपाल पत्रकार महासंघ चितवन शाखाले आफ्ना कोषाध्यक्ष पत्रकार राजेन्द्र आचार्यमाथि हातपात गर्नेलाई कारबाही गर्न माग गरेको छ । नेपाल पत्रकार महासंघ चितवन शाखाका सचिव दिपेन्द्र अधिकारीले आज एक विज्ञप्ति जारी गरी रिपोर्टिङ गर्न जाने क्रममा पत्रकार आचार्यमाथि हातपात भएको घटना निन्दनीय भएको बताउँदै दोषीलाई कारबाही गर्न माग गर्नुभएको छ । पत्रकारलाई स्वतन्त्र रुपमा पत्रकारिता गर्ने वातावरण बनाउन र शान्ति सुरक्षा कायम गर्न महासंघले स्थानीय प्रशासन समक्ष माग गरेको छ । हिजो साँझ क्याम्पा चौरमा मानव सेवा आश्रमको आयोजनामा भएको नेपथ्य कन्सर्टमा पत्रकार राजेन्द्र आचार्यमाथि कुटपिट भएको थियो । रिपोर्टिङका लागि कार्यक्रम स्थलमा पुगेका आचार्यमाथि कार्यक्रम स्थलमा बसेका गढी सेक्युरिटीका बाउन्सरले…