आऊ प्रिय माया साटौं एकान्तमा रमाएर
सामीप्यता भव्य पारौं नितान्तमा रमाएर

न्यानो ओत दिन सकूँ तिमीलाई सधैंभरि
प्रणयको फराकिलो सिद्धान्तमा रमाएर

हाम्रो प्रिय सम्बन्धले यो अँध्यारो उजिल्याऊँ
दियालोझैं आलोक छरी शान्तमा रमाएर

तिम्रो बाटो हेराइमा आँखाहरु बिछ्याको छु
आऊ सुन्दर पारौं जीवन उप्रान्तमा रमाएर

जिन्दगीको दौरानमा छकाएछौ भने पनि
बाँच्ने चाह हुर्काउनेछु लेखान्तमा रमाएर

सुमन कडरिया
चितवन ।

प्रतिक्रिया

सम्बन्धित खवर