प्रवास

नेपाल भ्रष्टाचार हुने मुलुकको एकसय १० औं स्थानमा

नेपाल भ्रष्टाचार हुने मुलुकको एकसय १० औं स्थानमा

दिनप्रतिदिन भ्रष्टाचार बढ्दै गईरहेको बेला नेपाल३४ अंकका साथ भ्रष्टाचार हुने मुलुकको एकसय १० औं स्थानमा परेको छ । आज ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकाङ्कको सूची अनुसार गएको वर्ष अर्थात् सन् २०२२ को सूचकाङ्कमा डेनमार्क ९० अङ्क प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकको रुपमा गनिएको छ । त्यस्तै सबैभन्दा बढि भ्रष्टाचार हुने मुलुकमा सोमालिया सूचीकृत भएको छ । सोमलिया १२ अङ्क प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकका रुपमा सूचीकृत भएको ट्रान्सपरेन्सी इन्टरनेशनलले जनाएको छ । ५० भन्दा कम अंक प्राप्त गर्ने राष्ट्र बढी भ्रष्टाचार हुने मुलुकका रुपमा गणना गरिने हुनाले सोही गणना अनुसार नेपाल पनि बढी भ्रष्टाचार…
Read More
पाकिस्तानको पेशावरमा भएको आत्मघाती विष्फोटमा ५९ जनाको ज्यान गयो

पाकिस्तानको पेशावरमा भएको आत्मघाती विष्फोटमा ५९ जनाको ज्यान गयो

पाकिस्तानको पेशावरमा हिजो सोमबार दिउँसो आत्मघाती विष्फोट हुँदा ५९ जनाको ज्यान गएको छ भने एकसय ५७ जना घाइते भएका छन् । प्रहरी कार्यालय परिसरभित्र रहेको मस्जिदमा नमाजमा सहभागीहरुलाई लक्षित गरी आत्मघाती विष्फोट भएको थियो । मस्जिद रहेको उक्त क्षेत्र सबैभन्दा बढी नियन्त्रित क्षेत्रमध्ये एक हो । त्यहाँ प्रहरी मुख्यालय, गुप्तचर विभाग र आतंकवाद विरोधी व्युरोका कार्यालयहरु छन् । उच्च सुरक्षा प्रवन्ध मिलाइएको क्षेत्रमा भएको विष्फोटपछि पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले घटनाको निन्दा गर्दै आतंकवादीहरुले पाकिस्तानको रक्षा गर्नेहरुलाई निशाना बनाएर डर पैदा गर्न खोजेको टिप्पणी गर्नुभएको छ । प्रम शरीफले आतंकवादविरुद्ध पूरा देश एकजुट रहेको पनि बताउनुभएको छ । विष्फोटको समयमा उक्त…
Read More
पाकिस्तानमा बस दुर्घटनाः ४० जनाको ज्यान गयो

पाकिस्तानमा बस दुर्घटनाः ४० जनाको ज्यान गयो

पाकिस्तानमा बस दुर्घटना हुँदा कम्तीमा ४० जनाको ज्यान गएको छ । बलुचिस्तान प्रान्तमा भएको दुर्घटनामा ४० जनाको शव भेटिएको र बाँकीको उद्धार भइरहेको जनाइएको छ । पुलको पिल्लरमा ठोक्किएर तल खाल्डोमा खसेलगत्तै बसमा आगो लागेको एनडीटीभीले जनाएको छ । बसमा ४८ जना यात्रु रहेको बताइएको छ । बाँकीको खोजी भइरहेको भन्दै पाकिस्तानी प्रहरीले बसमा रहेका सबैको ज्यान गएको आशङ्का गरेको छ । दुर्घटनामा परेको यात्रुवाहक बस क्वेटाबाट कराँची गइरहेको थियो ।
Read More
ग्रीक टेनिस खेलाडी सिसिपास अष्ट्रेलियन ओपनको फाइनलमा

ग्रीक टेनिस खेलाडी सिसिपास अष्ट्रेलियन ओपनको फाइनलमा

ग्रीक टेनिस खेलाडी स्टेफानोस सिसिपास वर्षमो पहिलो ग्राण्ड्स्लाम अष्ट्रेलियन ओपनको फाइनलमा प्रवेश गर्नुभएको छ । आज शुक्रबार भएको पहिलो सेमिफाइनलमा तेस्रो वरीयताका सिसिपासले रुसका करेन खाचानोभलाई ७–६ (७–२), ६–४, ६– ७ (६–८), ६–४ को सेटमा पराजित गर्दै २४ वर्षिय सिसिपास पहिलो पटक अष्ट्रेलियन ओपनको फाइनल पुग्नुभएको हो । उहाँले अब उपाधिका लागि नोभाक जोकोभिच र टोमी पउलबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नुहुनेछ । सिसिपासले दोस्रो पटक ग्राण्ड्सलाम फाइनल खेल्ने हुनुभएको हो । सिसिपास यसअघि २०२१ मा फ्रेन्च ओपनको फाइनलमा पुग्नुभएको थियो । त्यसबेला उहाँ जोकोभिचसँगै पराजित हुनुभएको थियो ।
Read More
वैदेशिक रोजगारमा जानेहरुका लागि निःशुल्क व्यवसायिक तालिम सुरु

वैदेशिक रोजगारमा जानेहरुका लागि निःशुल्क व्यवसायिक तालिम सुरु

वैदेशिक रोजगारीमा जान चाहनेहरुका लागि काठमाडौँमा निःशुल्क तालिम सञ्चालन भएको छ । सुरक्षित आप्रावासन (सामी) कार्यक्रम अन्तर्गत आप्रवासी स्रोत केन्द्रले बुधबारबाट विदेश जान चाहने महिला र पुरुष दुवै जनाको लागि खान बस्न सहित निःशुल्क तालिम सञ्चालन गरेको हो । महिलाहरुको लागि माघ १८ मा गार्मेन्ट मेसिन अपरेटर तालिम हुने चितवनका सामी कार्यक्रमका संयोजक सूर्य पौडयालले बताउनुभएको छ । पुरुषले माघ १५ मा प्लम्बर, माघ २१ मा वेल्डर, माघ २२ मा स्काफोल्डिङ, माघ २३ मा हुने पाइप फिटर र माघ २९ मा इन्डस्ट्रियल इलेक्ट्रिसियन सम्बन्धी तालिम हुनेछ । पुरुषहरुको लागि तालिम काठमाडौं, झापा, बुटवल र पोखराबाट सञ्चालन गरिने सामीले जनाएको छ…
Read More
जापानमा पानीजहाज दुर्घटना ः मृत्यु हुनेको संख्या आठ पुग्यो

जापानमा पानीजहाज दुर्घटना ः मृत्यु हुनेको संख्या आठ पुग्यो

जापानको तटमा पानीजहाज दुर्घटनामा मृत्यु हुनेको संख्या आठ पुगेको छ । दुर्घटनामा छ चिनियाँ नागरिकसहित आठ जनाको मृत्यु भएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।जिन टियानले मङ्गलबार साँझ सुदूर दक्षिणपश्चिम जापानको दुर्गम र बसोबास नभएको डान्जो टापुहरूबाट करिब एकसय १० किलोमिटर पश्चिममा रहेको स्थानबाट सङ्कटको सङ्केत पठाएको थियो । जापानको कोस्ट गार्ड र सेनाका धेरै जहाज र विमानहरू साथै दक्षिण कोरियाली तटरक्षक र निजी जहाजहरू खोजी अभियानमा संलग्न रहेका र चालकदलका सदस्यहरुसहित १३ जनालाई पानीबाट बाहिर निकालिएको थियो । फेला परेका १३ जनामध्ये आठ जनाको मृत्यु भएको पुष्टि भएको र तीमध्ये छ जना चिनियाँ रहेको बताइएको छ ।
Read More
एक महिनामा मलेसिया जाने नेपालीको संख्या २० हजारभन्दा धेरै

एक महिनामा मलेसिया जाने नेपालीको संख्या २० हजारभन्दा धेरै

यो एक महिनामा वैदेशिक रोजगारको शिलशिलामा मलेसिया पुग्ने नेपाली कामदारको संख्या २० हजार भन्दा धेरै रहेको पाइएको छ । गत पुष महिनामा मलेसिया पुग्ने कामदारको संख्या २० हजार भन्दा धेरै रहेको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागका अनुसार पुनः श्रम स्वीकृति र नयाँ श्रम स्वीकृति गरी पुस महिनामा सबैभन्दा धेरै मलेसियाका लागि श्रम स्वीकृति जारी भएको छ । मलेसियाका लागि २० हजार तीनसय ३९ श्रम स्वीकृति जारी भएकोमा १६ हजार सातसय ७५ त नयाँ अर्थात् पहिलो पटक श्रम स्वीकृति लिनेको सङ्ख्या रहेको छ । मलेसियापछि कतार जाने नेपालीको सङ्ख्या धेरै छ । विभागका अनुसार पुस महिनामा मात्रै कतारका लागि…
Read More
भरतपुरमा अस्ट्रेलियन एजुकेशन इन्फर्मेसन एण्ड काउन्सेलिङ्ग डे सञ्चालन हुने, अस्ट्रेलियाका १५ शैक्षिक संस्थाका प्रतिनिधिहरुको सहभागिता

भरतपुरमा अस्ट्रेलियन एजुकेशन इन्फर्मेसन एण्ड काउन्सेलिङ्ग डे सञ्चालन हुने, अस्ट्रेलियाका १५ शैक्षिक संस्थाका प्रतिनिधिहरुको सहभागिता

भरतपुरस्थित ग्लोबल रिच कन्सल्टेन्सीको आयोजनामा चितवनमा ‘अस्ट्रेलियन एजुकेशन इन्फर्मेसन एण्ड काउन्सेलिङ्ग डे’ सञ्चालन गर्न लागिएको छ । भरतपुर गार्डेन रिसोर्टमा यही माघ १५ गते आइतबार सञ्चालन हुने कार्यक्रममा अस्ट्रेलियाका १० विश्वविद्यालय र पाँच कलेजसमेत गरी कुल १५ शैक्षिक संस्थाका प्रतिनिधिहरुको सहभागिता रहने छ । कार्यक्रममा सहभागी विद्यार्थीहरुलाइ विश्वविद्यालय तथा कलेजको तर्फबाट २५ प्रतिशतदेखि शत प्रतिशत सम्म छुटको ब्यबस्था मिलाइएको संस्थाका क्षेत्रीय प्रबन्धक सुरेश पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार हाल अष्ट्रेलियन सरकारले परिवर्तन गरेका विद्यार्थी भिसा सम्बन्धि केही प्राबधानहरु बारे जानकारी दिइनुका साथै भिसा असफल हुनु सक्ने कारणबारे समेत स्पष्ट पारिने हुँदा कार्यक्रम फलदायी हुनेछ । सो अवसरमा नबिल बैंक…
Read More
जापानको अपार्टमेन्टमा आगलागी हुँदा चारजनाको ज्यान गयो

जापानको अपार्टमेन्टमा आगलागी हुँदा चारजनाको ज्यान गयो

जापानको पश्चिमी सहर कोबेमा अवस्थित एक अपार्टमेन्टमा आइतबार बिहानै भएको आगलागी हुँदा कम्तीमा पनि चारजनाको ज्यान गएको छ । उनीहरुको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । त्यसैगरी त्यस अपार्टमेन्टमा रहेका अन्य चार जना जलेर घाइते भएका छन् । त्यहाँ रहेको एक तीन तले अपार्टमेन्टको पहिलो तलामा नै आगो लागेको बताइएको छ । बिहानीपख सो अपार्टमेन्टभित्रै आगो सल्किएपछि अग्निनियन्त्रकहरु आएका थिए । अग्निनियन्त्रकले सो आगलागी भएको स्थानबाट चार जनाको शव निकालेको र अरु चार जनालाई अस्पताल पु¥याएको जापानी समाचार समिति क्योडोले जनाएको छ । उनीहरु अचेत अवस्थामा रहेका र उपचार जारी रहेको बताइएको छ ।
Read More
शितलहरबाट आफगानिस्तानमा २० जनाको मृत्यु,  दुई करोड ८० लाख नागरिक प्रभावित

शितलहरबाट आफगानिस्तानमा २० जनाको मृत्यु, दुई करोड ८० लाख नागरिक प्रभावित

अफगानिस्तानमा शितलहरका कारण २० जनाको मृत्यु भएको छ भने दुई करोड ८० लाख नागरिक प्रभावित भएका छन् । राजधानी काबुलको तापक्रम माइनस २१ डिग्रि सेल्सियससम्म मापन गरिएको जनाइएको छ । राजधानी काबुलमा पछिल्लो दुई सातायता अस्वभाविक रुपमा तापक्रम घट्दै गइरहेको छ । न्यून आर्थिक अवस्थाका कारण नागरिकलाई कोईला किन्न समेत अभाव भएको छ । ग्रामीण भेगमा हिमआँधीमा फसेका नागरिकको उद्धारमा तालिवान सरकार खटिएको छ । तालिबान शासक सत्तामा आएदेखि अफगानी नागरिकहरु अर्थतन्त्रलाई पुनरुत्थान गर्न संघर्ष गरिरहेका छन् । नागरिकहरु गरिबी र मानवीय संकटको सामना गर्न बाध्य बन्दै आएको बताइएको छ ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.