भरतपुरस्थित ग्लोबल रिच कन्सल्टेन्सीको आयोजनामा चितवनमा ‘अस्ट्रेलियन एजुकेशन इन्फर्मेसन एण्ड काउन्सेलिङ्ग डे’ सञ्चालन गर्न लागिएको छ । भरतपुर गार्डेन रिसोर्टमा यही माघ १५ गते आइतबार सञ्चालन हुने कार्यक्रममा अस्ट्रेलियाका १० विश्वविद्यालय र पाँच कलेजसमेत गरी कुल १५ शैक्षिक संस्थाका प्रतिनिधिहरुको सहभागिता रहने छ ।
कार्यक्रममा सहभागी विद्यार्थीहरुलाइ विश्वविद्यालय तथा कलेजको तर्फबाट २५ प्रतिशतदेखि शत प्रतिशत सम्म छुटको ब्यबस्था मिलाइएको संस्थाका क्षेत्रीय प्रबन्धक सुरेश पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार हाल अष्ट्रेलियन सरकारले परिवर्तन गरेका विद्यार्थी भिसा सम्बन्धि केही प्राबधानहरु बारे जानकारी दिइनुका साथै भिसा असफल हुनु सक्ने कारणबारे समेत स्पष्ट पारिने हुँदा कार्यक्रम फलदायी हुनेछ ।
सो अवसरमा नबिल बैंक र सिद्धार्थ बैंकका समेत प्रतिनिधिहरुको उपस्थिती रहने भएकाले भिसा प्रक्रियामा हुने बित्तीय पक्षबारे जानकारी हासिल हुने छ । साथै ब्रिटिश काउन्सिलका प्रतिनिधिले आइ एल टि एस को पाठ्यक्रमबारे स्पष्ट पार्ने छन् । कार्यक्रममा निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ ।
भरतपुरमा अस्ट्रेलियन एजुकेशन इन्फर्मेसन एण्ड काउन्सेलिङ्ग डे सञ्चालन हुने, अस्ट्रेलियाका १५ शैक्षिक संस्थाका प्रतिनिधिहरुको सहभागिता