मतदाताको शिर उच्च हुनेगरी काम गर्छुः मन्त्री विक्रम पाण्डे

सहरी विकासमन्त्री विक्रम पाण्डेले मतदाताको शिर उच्च हुनेगरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । हिजो बुधबार भरतपुर २३ स्थित सरस्वती माध्यामिक विद्यालयको स्वर्ण महोत्सव उद्घाटन गर्दै मन्त्री पाण्डेले जनमतको कदर हुनेगरी काम गर्ने बताउनुभएको हो । “निर्वाचनमा जनतासँग गरेका बाचा पूरा हुन्छन्”, उहाँले भन्नुभयो– “तपाईंहरुले अनुभूति गर्नेगरी काम गर्छु ।”
उहाँले यसअघि मन्त्री हुँदा पनि जनताका पक्षमा थुप्रै काम गरेको भन्दै यसपटक सहरी विकास मन्त्रालयमा फरक ढङ्गले काम हुने बताउनुभयो । पार्टी र पार्टीका अध्यक्षले काम गर्नसक्ने विश्वासका साथ सहरी मन्त्रालय रोजेर दिएको भन्दै उहाँले ७७ जिल्लामै देखिने गरी काम गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । उहाँले वर्तमान सरकार निर्माण भएसँगै जनतामा उत्साह जागेको बताउनुभयो ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.