रत्ननगरका विद्यालयमा एक करोड तीन लाख रुपैयाँ बेरुजु
चितवनको रत्ननगरका विद्यालयहरुमा एक करोड तीन लाख रुपैयाँ बेरुजु रहेको छ । नगरकार्यपालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयहरुका प्रधानाध्यापकस्तरीय बैठकमा सरकारी विद्यालयमा बेरुजु बढेको भन्दै नगरप्रमुख प्रल्हाद सापकोटाले चिन्ता व्यक्त गर्नुभएको छ । विद्यालयले समयमै बिल पेस नगर्दा महालेखाले एक करोड तीन लाख रुपैयाँ बेरुजु औँल्याएको उहाँको भनाइ छ । उक्त बैठकमा नगरप्रमुख सापकोटाले विद्यालयहरुमा नियमित हाजिर नगर्ने, सार्वजनिक खरिद प्रक्रिया नअपनाउने, भुक्तानी भइसक्दासमेत बिल भर्पाइ फछ्र्योट नगर्नेजस्ता समस्या देखिएकाले यस्तो प्रवृत्ति अन्त्य गर्न प्रधानाध्यापकहरुलाई निर्देशन दिनुभयो । रत्ननगर नगरपालिकाले विद्यालयको हितमै काम गरिरहेकाले प्रशासनिक रूपमा कुनै पनि समस्या झेल्नु नपर्ने उहाँको भनाई छ । रत्ननगर नगरशिक्षा कार्यालयद्वारा आयोजित बैठकले…