ल्होसारमा सांगितिक धमाका, भरतपुरमा तमू विद्यार्थीको भव्य प्रस्तुति
तमू ल्होसार २०७९ को अवसरमा कलाकारहरूले भरतपुरमा सांगितिक धमाका दिएका छन् । तमू ह्युल छोँज धीँ गुरूङ राष्ट्रिय परिषद चितवनले आयोजना गरेको ल्होसार पर्वको सांस्कृतिक कार्यक्रमअन्तर्गत चितवनका तमू विद्यार्थीहरूले सांस्कृतिक धमाका पिटेका छन् । विभिन्न खालका गीतमा नृत्य प्रस्तुत गर्दै बाघ वर्ग (तोल्हो)लाई बिदाइ र बिरालो वर्ग (हिल्हो)लाई स्वागत गरिएको छ । कार्यक्रममा चितवनबाहेक देवघाट, गैँडाकोटलगायतका क्षेत्रबाट पनि नाचगानका लागि कलाकारहरूको टोली महाबौद्ध गुम्बा परिसरमा भेला भएका थिए । विद्यार्थी तथा विभिन्न आमा समूहले प्रस्तुती दिँदै गर्दा बीचबीचमा विभिन्न गायक गायिकाहरूले कार्यक्रमलाई थप रोचक बनाएका छन् । ख्यातिप्राप्त कलाकारहरू शितल गुरूङ, सविन गुरूङ, तिलक गुरूङ, चिजा तामाङ, निर्जला गुरूङ, सूचना…