भरतपुरको वीरेन्द्र क्याम्पसमा प्राध्यापकको लापरवाहीः नपढाई हाजिरीकै भरमा खान्छन् तलब
चितवनको भरतपुरस्थित वीरेन्द्र बहुमुखी क्याम्पसमा चरम बेथिति र लापरवाही बढ्दै गएको छ । क्याम्पस प्रशासनले शैक्षिक गुणस्तर वृद्धिमा ध्यान दिन नसक्दा लापरवाही र बेथिति बढ्दै गएको हो । चितवनकै पुरानो त्रिभुवन विश्वविद्यालयको आंगिक यस क्याम्पसमा प्राध्यापकहरु १५ दिन पढाउन आउने १५ दिन नआउने गर्दा विद्यार्थीहरु दिक्क भएका छन् । प्राध्यापकहरुले एक वर्षको कोर्सलाई दुई महिनामा नै सक्ने र दुई दिन पछाडिसम्मको हाजिरी अगाडि नै गर्ने गरिएको पाइएको छ । आज (बुधबार) नेपाल विद्यार्थी संघ वीरेन्द्र बहुमुखी क्याम्पस इकाइले गरेको अनुगमनमा प्राध्यापकहरु अनिता कार्की र दिप शर्माले पुस ८ गतेसम्मको हाजिरी गरेको भेटियो । कतिपय प्राध्यापकहरुले क्याम्पसमा पढाउँदै नपढाइ हाजिरी गरेर…