हेडलाईन

चितवनमा तोरी उत्पादन बढ्ने

चितवनमा तोरी उत्पादन बढ्ने

चितवनमा पछिल्ला केही वर्षयता तोरी उत्पादन हुने क्षेत्र बढेसँगै उत्पादनमा पनि वृद्धि हुने भएको छ । तोरी उत्पादन हुने जिल्लाका रुपमा चिनिने चितवनमा तोरी उत्पादन अब भने बढ्न थालेको हो । विगतका तुलनामा यसवर्ष तोरी उत्पादन हुने क्षेत्र बढेकाले उत्पादन पनि वृद्धि हुने कृषि ज्ञान केन्द्र चितवनले जनाएको छ । विगतमा तोरीमा लाग्ने रोग र जमिन खण्डीकरण बढेपछि तोरी उत्पादन घटेको थियो । कुनै समय १८ हजार हेक्टर क्षेत्रफलमा तोरीखेती हुने जिल्लामा केही वर्षअघिसम्म चार हजार हेक्टरमा सीमित भएको थियो । तर हाल १४ हजार हेक्टरमा तोरीखेती भइरहेको कृषि ज्ञानकेन्द्रले जनाएको छ । चालु आर्थिक वर्षमा १५ देखि २० प्रतिशत…
Read More
प्राधिकरणले बेच्यो ११ अर्ब १६ करोडको विजुली

प्राधिकरणले बेच्यो ११ अर्ब १६ करोडको विजुली

नेपाल विद्युत् प्राधिकरणले एक अर्ब ३५ करोड ७७ लाख ५७ हजार युनिट बिजुली भारत निर्यात गरेको छ । प्राधिकरणले गत जेठ १९ देखि यही पुस ३ सम्म बिजुली निर्यात गरी रु ११ अर्ब १६ करोड ३० लाख आम्दानी गरेको छ । प्राधिकरणले देशभित्र खपत गरी बढी भएको बिजुली भारतलाई बिक्री गरेको हो । प्राधिकरणले इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो । भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु)मा हुने भएकाले यस अवधिमा विद्युत् बिक्रीबाट छ अर्ब ९७ करोड ६९ लाख भारु नेपाल भित्रिएको छ ।यसबाट मुलुकको वैदेशिक मुद्राको सञ्चिति बढाउनमा पनि योगदान पुगेको छ ।…
Read More
आठौं खिचरा महोत्सवः आउँदो पुस २८ देखि माघ ४ गतेसम्म

आठौं खिचरा महोत्सवः आउँदो पुस २८ देखि माघ ४ गतेसम्म

थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं.७ ले आठौं खिचरा महोत्सव आयोजनाका लागि अनुमति पाएको छ । जिल्ला प्रशासन कार्यालय चितवनबाट खिचरा महोत्सवले यसअघि घोषणा गरिएको मितिलाई केही परिवर्तन गरि नयाँ मितिमा अनुमति पाएको हो । जसअनुसार अब आउँदो पुस २८ देखि माघ ४ गतेसम्म पूर्वी चितवनको खैरहनी नगरपालिका–५ जबकौलीस्थित गौचरनमा खिचरा महोत्सव चल्ने छ । यसअघि आयोजकले आउँदो पुस २९ देखि माघ ९ गतेसम्म महोत्सव आयोजनाको घोषणा गरेको थियो । विगतमा सातौं खिचरा महोत्सवसम्म यही मितिमा आयोजना हुँदै आइरहेको थियो । यसपटक एकै ठाउँमा दुई वटा महोत्सवको मिति घोषणापछि जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको बैठकले खिचरालाई केही समय हेरफेर गरि…
Read More
चितवनमा एक महिनामा ४७ सवारी दुर्घटनाः  १२ जनाले गुमाए ज्यान

चितवनमा एक महिनामा ४७ सवारी दुर्घटनाः १२ जनाले गुमाए ज्यान

चितवनमा सवारी दुर्घटनाबाट गत मङ्सिर महिनामा १२ जनाको मृत्यु भएको छ । यो एक महिनाको अवधिमा ४७ वटा सवारी दुर्घटनामा परी १२ जनाको मृत्यु र ७४ जना घाइते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । मंसिरमा भित्री सडकमा २३ वटा सवारी दुर्घटनामा चारजनाको मृत्यु र ४१ जना घाइते भएका छन् । यसैगरी, पूर्व पश्चिम लोकमार्गमा नौ वटा सवारी दुर्घटनामा दुई जनाको मृत्यु र १५ जना घाइते, नारायणगढ मुग्लिन सडक खण्डमा सात वटा सवारी दुर्घटनामा तीन जनाको मृत्यु र १० जना घाइते, पृथ्वी राजमार्गमा तीन वटा सवारी दुर्घटनामा एक जनाको मृत्यु र तीनजना घाइते र शहरी सडकखण्डमा पाँच वटा…
Read More
हिंस्रक वन्यजन्तु पहिचान गर्न चितवन राष्ट्रिय निकुञ्जले सुरु गर्यो क्यामेरा ट्यापिङ

हिंस्रक वन्यजन्तु पहिचान गर्न चितवन राष्ट्रिय निकुञ्जले सुरु गर्यो क्यामेरा ट्यापिङ

चितवन राष्ट्रिय निकुञ्जले हिंस्रक वन्यजन्तु पहिचान गर्न मेघौली क्षेत्रमा क्यामेरा ट्यापिङको काम सुरु गरेको छ । निकुञ्जले पुस ३ गतेदेखि यो काम सुरु गरेको हो । यही पुस २ गते भरतपुर महानगरपालिका वडा नं २८ अन्द्रौलीकी महिलालाई जङ्गली हात्तीले आक्रमण गरेपछि त्यस क्षेत्रमा क्यामेरा राखिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । बाघ गणनामा प्रयोग गरिएको क्यामेरा ट्यापिङको काममा राखिएको हो । मेघौलीदेखि गोलाघाट क्षेत्रसम्म क्यामेरा ट्यापिङको काम भइरहेको जनाइएको छ । अहिले चार वटा क्यामेरा प्रयोग गरिएको छ । मेघौली उपभोक्ता समितिको क्षेत्रभित्र पर्ने सो स्थानमा ध्रुवे हात्ती र एउटा बाघ घाइते अवस्थामा रहेको सूचनाका आधारमा क्यामेरा ट्यापिङ्को…
Read More
अर्जेन्टिनाको जितको खुसीमा चार विद्यालयलाई खेल सामग्री सहयोग गर्ने डा. अधिकारीको घोषणा

अर्जेन्टिनाको जितको खुसीमा चार विद्यालयलाई खेल सामग्री सहयोग गर्ने डा. अधिकारीको घोषणा

अर्जेन्टिनाले विश्वकप फुटबल जितेको खुसियालीमा अर्जेन्टिना फ्यान क्लब चितवनले दीप प्रज्ज्वलन गरेको छ । चितवनमा रहेका अर्जेन्टिनाका समर्थकहरुले हिजो सोमबार साँझ भरतपुरको चौबिसकोठीमा दीप प्रज्ज्वलन र केक काटेर खुसियाली मनाएका हुन् । उक्त दीप प्रज्ज्वलन कार्यक्रममा क्लबका सल्लाहकार एवं वरिष्ठ फिजिसियन डा. भोजराज अधिकारीले चितवनका चारवटा सामुदायिक विद्यालयलाई खेलकुद सामग्री उपलब्ध गराउने घोषणा गर्नुभएको छ । उहाँले सम्पूर्ण अर्जेन्टिनी समर्थकको प्रतिनिधित्व हुने भरतपुर महानरपालिका र माडी नगरपालिकाबाट दुई–दुई विद्यालय छानेर कुल चारवटा सामुदायिक विद्यालयलाई वर्षभरिलाई पुग्ने खेलसामग्री उपलब्ध गराउने घोषणा गर्नुभएको हो । फुटबलमा केही सम्भावना बोकेका विद्यालयको छनोट गरी भरतपुर र माडीका दुई–दुई विद्यालयलाई फुटबल खेलसँग सम्बन्धित खेल सामग्री…
Read More
चितवनमा जाडो बढेसँगै बढ्यो इन्फ्लुएन्जाको जोखिम

चितवनमा जाडो बढेसँगै बढ्यो इन्फ्लुएन्जाको जोखिम

चितवनमा जाडो बढेसँगै इन्फ्लुएन्जा (फ्लु)संक्रमण जोखिम बढेको छ । चितवनका मुख्य अस्पतालहरुमा इन्फ्लुएन्जाका बिरामीहरु देखिन थालेसँगै यसको जोखिम बढेको हो । चितवनमा जाडोको मौसम सुरु भएसँगै इन्फ्लुएन्जाको बिरामीहरु फाट्टफुट्ट देखिन थालेको भरतपुर अस्पतालका बरिष्ठ फिजिसिएन डा प्रमोद पौडेलले जानकारी दिनुभयो । उहाँले चितवनमा यसको जोखिम रहेको भन्दै जाडोमा सक्रिय हुने इन्फलुएन्जा भाइरस बच्चादेखि युवा र वृद्धवृद्धामा संक्रमण हुने बताउनुभयो । विशेष गरी दीर्घरोगी, गर्भवती, ज्येष्ठ नागरिक तथा रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई इन्फ्लुएन्जाको संक्रमण बढी हुने गर्छ । रोगप्रतिरोधात्मक क्षमता कम भएकालाई सङ्क्रमणको जोखिम बढी हुने गरेकोले पोसिलो र तालो खानेकुरा खानुपर्ने चिकित्सकहरुले बताउँदै आएका छन् । दिर्घरोगी बिरामीलाई इन्फ्लुएन्जाले…
Read More
चितवनमा ढिलो पाक्ने खेतीको उत्पादन घट्दै

चितवनमा ढिलो पाक्ने खेतीको उत्पादन घट्दै

एउटै मौसममा धेरै खेती उत्पादन गर्न चितवनका किसान छिटो उत्पादन दिने बालीतर्फ आकर्षित भएका छन् । मुख्य गरी हिउँदे मौसममा छिटो उत्पादन दिने बालीतर्फ कृषक आकर्षित भएका हुन् । कृषकहरू छिटो उत्पादन दिनेतर्फ लागेपछि ढिलो पाक्ने खेतीको उत्पादन र क्षेत्रफल घट्दै गएको छ । कृषि ज्ञान केन्द्र भरतपुरका अनुसार यस वर्ष गहुँखेती गरिएको क्षेत्रफल चार हजार पाँच सय ४५ दशमलव नौ हेक्टर रहेको छ । गत वर्ष पाँच हजार ५१ हेक्टर क्षेत्रफलमा गहुँखेती गरिएकामा यस वर्ष सो क्षेत्रफल घटेको हो । आर्थिक वर्ष २०७७÷७८ मा पाँच हजार एक सय ५१ हेक्टर क्षेत्रफलमा गहुँखेती गरिएको थियो । गत आर्थिक वर्षमा जिल्लामा…
Read More
पुस १५ बाट चितवनमा दोस्रो इच्छाकामना खुल्ला बुद्धिचाल प्रतियोगिता  हुँदै

पुस १५ बाट चितवनमा दोस्रो इच्छाकामना खुल्ला बुद्धिचाल प्रतियोगिता हुँदै

चितवनको इच्छाकामना गाउँपालिकामा दुई दिने बुद्धिचाल प्रतियोगिता हुने भएको छ । इच्छाकामना युथ स्पोर्ट क्लबको आयोजनामा जिल्लास्तरीय दोस्रो इच्छाकामना खुल्ला बुद्धिचाल प्रतियोगिता हुन लागेको हो । आज (सोमबार) भरतपुरमा पत्रकार सम्मेलन गरी क्लबले प्रतियोगिताबारे दिएको जानकारी अनुसार प्रतियोगीताको प्रवेश शुल्क एक हजार रहेको छ । प्रतियोगिता अब आउँदो पुस १५ गते सुरु भई १६ गते सम्पन्न हुने जनाइएको छ । तर, इच्छाकामनाका प्रतियोगीको लागि पाँचसय रुपैयाँ, विद्यार्थीको लागि चारसय र महिलाको लागि तीनसय रुपैयाँ प्रवेश शुल्क रहेको जनाइएको छ । प्रवेश शुल्क इसेवा नम्बर ९८४१६९७६७१ बाट पनि बुझाउन सकिने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा भाग लिन चाहनेले पुस १५…
Read More
कांग्रेस ससंदीय दलको निर्वाचन आउँदो बुधवार हुने

कांग्रेस ससंदीय दलको निर्वाचन आउँदो बुधवार हुने

कांग्रेसमा संसदीय दलको नेता चयन गर्न अब आउँदो बुधवार निर्वाचन हुने भएको छ । आज सोमबार कांग्रेस, संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समितिले संसदीय दलको नेता चयनका लागि आगामी पुस ६ गते बुधवार निर्वाचन हुने कार्यक्रम सार्वजनिक गरेको हो । निर्वाचन कार्यक्रमअनुसार आज सोमबार मतदाता नामावली प्रकाशन गर्ने र भोली पुष ५ गते मंगलबार बिहान ८ बजेदेखि १० बजेसम्म उम्मेदवारी दिने कार्यक्रम रहेको छ । त्यस्तै, भोली नै बिहान १०ः३० बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन गर्ने समितिले जनाएको छ ।भोली ५ गते नै उम्मेदवारको दरखास्तउपर दाबी विरोध र उम्मेदवारले नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.