हेडलाईन

कांग्रेसको समानुपातिक सांसद बने चितवनका श्रेष्ठ र विक

कांग्रेसको समानुपातिक सांसद बने चितवनका श्रेष्ठ र विक

नेपाली कांग्रेसले टुंगो लगाएको ३२ जना समानुपातिक सांसदमा चितवनबाट दुई जना महिला परेका छन् । आज बिहान पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिपछि पदाधिकारीसँगको छलफलपछि सभापति शेरबहादुर देउवाले चितवनका दुईसहित बन्दसूचीबाट समावेशिताको आधारमा सांसदको नाम टुंगो लगाउनुभएको हो । जसमा चितवनबाट समानुपातिक सांसद बन्न सफल महिला नेतृहरु अन्जनी श्रेष्ठ र शान्ति विक रहनुभएको छ । विद्यार्थीकालदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ पद्यमकन्या क्याम्पसको स्ववियु सभापति हुँदै कांग्रेसको केन्द्रीय सदस्य रहनुभएको छ । संविधानसभाको सदस्यसमेत बन्नुभएकी श्रेष्ठ चितवनका प्रदेश मन्त्री मिलनबाबु श्रेष्ठकी श्रीमती हनुहुन्छ । त्यसैगरी भरतपुर–१२ की स्थायी बासिन्दा शान्ति विक नेपाली कांग्रेसको केन्द्रीय सदस्य रहनुका साथै लामोसमयसम्म दलित…
Read More
भरतपुरमा गरियो त्रिचोक टोलस्तरीय बाल क्लब गठन

भरतपुरमा गरियो त्रिचोक टोलस्तरीय बाल क्लब गठन

भरतपुर महानगरपालिका–४ त्रिचोकमा त्रिचोक टोलस्तरीय बाल क्लब गठन गरिएको छ । आज शनिवार भएको अभिभावक र बालबालिकाको भेलाले त्रिचोक टोल विकास संस्थाअन्तर्गत रहने गरी बाल क्लब गठन गरेको हो । नवगठित बाल क्लबको अध्यक्षमा अनुराग दंगाल रहनुभएको छ । बाल क्लबको उपाध्यक्षमा सफलता काफ्ले, सचिवमा अस्लेसा कँडेल, कोषाध्यक्षमा हिमाल कँडेल र सहसचिवमा बिक्रम अधिकारी लगायतका रहेका छन् । कुल १५ सदस्यीय कार्यसमितिको सदस्यमा सक्षम सापकोटा, अनुस्का कँडेल, मेहिशता अधिकारी, रिवाज सापकोटा, आरम्भ पौडेल, युग ढकाल, श्रेया घिमिरे, हिमेश कँडेल, सजल ढुंगाना र सफल काफ्ले रहेको बताइएको छ । उक्त भेलाले बाल क्लब गठनको जानकारी सहित वडामा सूचीकृत गर्ने काम टोल…
Read More
नारायणी नदीको ‘सिग्नेचर पुल’ निर्माणमा व्यवसायी अनिच्छुक देखिएपछि फेरी गरीयो ठेक्का आह्वान

नारायणी नदीको ‘सिग्नेचर पुल’ निर्माणमा व्यवसायी अनिच्छुक देखिएपछि फेरी गरीयो ठेक्का आह्वान

नारायणी नदीमा बन्न लागेको नेपालकै पहिलो ‘सिग्नेचर ब्रिज’ निर्माणका लागि दोस्रोपटक सूचना प्रकाशन गरिएको छ । यसअघि कात्तिक २ गते आह्वान भएको ठेक्कामा कुनै पनि निर्माण कम्पनीले आवेदन नदिएपछि दोस्रोपटक ठेक्का आह्वान गरिएको सडक विभाग अन्तर्गतको पुल महाशाखाले जनाएको छ । पुल महाशाखाले मंसिर २० पुनः आह्वान गरेको ठेक्काको म्याद १५ दिन अर्थात पुस ६ गते दिउँसो १२ बजेसम्म छ । हाल भइरहेको पुल यथावत राखी दुई लेनको नयाँ पुल निर्माण हुने पुल महाशाखाका सिनियिर डिभिजनल इन्जिनियर (सिडिई) राजकुमार अधिकारीले बताउनुभयो । महाशाखाका अनुसार नेपालमा पहिलोपटक बन्न लागेको सिग्नेचर ब्रिज निर्माणका लागि स्वदेशी कम्पनीले मात्रै आवेदन दिन मिल्ने व्यवस्था छ…
Read More
मुग्लिन–नारायणगढ सडकखण्ड ः यही वर्ष १३ पुलमा सवारी गुडाउने लक्ष्य

मुग्लिन–नारायणगढ सडकखण्ड ः यही वर्ष १३ पुलमा सवारी गुडाउने लक्ष्य

राजधानीलाई देशको पूर्व र पश्चिमसँग जोड्ने लाइफलाइन (जीवनरेखा) मानिएको मुग्लिन–नारायणगढ सडकको स्तारोन्नति भएसँगै पुल निर्माणको काम धमाधम भइरहेको छ । दुई प्याकेजमा पुल निर्माणको काम भइरहेको तत्कालीन नारायणगढ–मुग्लिन सडक आयोजना कार्यालयले जनाएको छ । हाल कुल १५ वटा पुल निर्माणको चरणमा छन् । कतिपय पुल निर्माण सम्पन्न भइसकेका छन् भने कतिपयमा काम नै सुरू हुन सकेको छैन । मुग्लिनदेखि रिग्दीखोलासम्मको सातवटा पुललाई प्याकेज १ मा र रिग्दीखोलादेखि नारायणगढतर्फका बाँकी आठवटा पुललाई प्याकेज २ मा राखेर काम गरिरहेको छ । दुई प्याकेजमध्ये प्याकेज एकभन्दा दुईमा बढी काम भएको छ । भूगोलका कारण पनि प्याकेज एकको तुलनामा दुईमा काम गर्न केही सहज…
Read More
पुस अन्तिम साता खैरहनीमा खिचरा महोत्सव

पुस अन्तिम साता खैरहनीमा खिचरा महोत्सव

विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणका कारण लगातार दुई वर्षसम्म रोकिएको खिचरा महोत्सव यस वर्ष भने आयोजना हुने भएको छ । यस वर्ष अवस्था सहज भएपछि थारु कल्याणकारीणी सभा क्षेत्र नम्वर ७ को आयोजनामा महोत्सवको आठौं संस्करण हुन लागको हो । वि.सं. २०७० सालदेखी पूर्वी चितवनको खैरहनीमा यो महोत्सव हुदै आएको छ । आयोजकले आज शनिबार खैरहनी ५ स्थित थारु संग्राहलयमा पत्रकार सम्मेलन गर्दै पुसको अन्तिम सातादेखी महोत्सव हुन लागेको जनाएको छ । थारु कल्याणकारीणी सभाले थारु समुदायको नयाँ वर्षको अवसर पारेर महोत्सव गर्ने गरेको छ । पुस २९ गतेदेखी माघ ९ गते सम्म जवकौली स्थित गौचरनमा महोत्सव हुनेछ । थारु…
Read More
तराईमा बिहानपख हुस्सु र कुहिरो, गाडी चलाउँदा ख्याल गर्न आग्रह

तराईमा बिहानपख हुस्सु र कुहिरो, गाडी चलाउँदा ख्याल गर्न आग्रह

केही दिनदेखि तराईमा हुस्सु र कुहिरो लाग्न थालेको छ । तराईसहित अरु क्षेत्रमा तापक्रम क्रमिक रूपमा घट्दो छ । तराईमा तीन÷चार दिनदेखि बिहान हुस्सु र कुहिरो लाग्ने गरेको हो । हुस्सु र कुहिरो लागेको बेलामा दुर्घटनाको जोखिम हुने भएकाले गाडी चलाउँदा ख्याल गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ । कुहिरो तथा हुस्सु लागेका बेला ती क्षेत्रमा सामान्य गतिमा र बत्तीको प्रयोग गरी गाडी चलाउन ट्राफिक प्रहरीको आग्रह छ । आज प्रदेश एक, गण्डकी र कर्णालीका केही पहाडी क्षेत्रमा मौसम आंशिक बदली हुने अनुमान छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश एक, गण्डकी र कर्णालीका पहाडी केही क्षेत्रबाहेक अरु…
Read More
चितवनको माडीमा आगो ताप्ने क्रममा घरमा आगलागी

चितवनको माडीमा आगो ताप्ने क्रममा घरमा आगलागी

चितवनको माडीमा आगो ताप्ने क्रममा घरमा आगलागी भएको छ । माडी नगरपालिका ९ गणेशकुञ्जका अहितबहादुर तामाङको घरमा शुक्रबार साँझ आगलागी भएको हो । उहाँको घरको धन्सार जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ । आगलागीबाट घरमा रहेका खाद्यान्न,लत्ताकपडा,नगद जलेको छ भने गोठमा रहेको गोरु समेत जलेर घाइते भएको छ । स्थानीय र माडी नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
Read More

कति पर्छ त किलोको,पोखरा बाट ल्याएको भेडा च्याङ्‍ग्राको ?

  असोज ११, २०७९-अनुप पौडेल,  १० वर्षअघि देखि बझाङका बमबहादुर बोहराको दसैं दैनिकी भेडा च्याङ्‍ग्रामै बित्छ । उनको अनुभवमा जति भेडा च्याङ्‍ग्रा ल्याए पनि पोखराबाट निरास भएर फर्कनुपर्ने अवस्था छैन । ‘पोखरामा भेडा च्याङ्‍ग्रा झार्ने वित्तिकै गोठ रित्तिन्छ । कहिलेकाहीँ अलि दिन कुर्नुपर्छ,’ उनले भने, ‘अरु ठाउँमा खासै विक्रि हुँदैन । महंगो पर्ने भएकोले पोखरा नै उपयुक्त बजार हो ।’      दसैंले छपक्कै छोपिसकेको छ । अहिले पोखराको याम्दी क्षेत्रमा भेडा च्याङ्‍ग्रा​को हुलमुल भेटिन्छन् । पोखरामा च्याङ्‍ग्रा संस्कृति धेरै पुरानो हो । यो वर्ष उपल्लो नाका नखुलेका कारण तिब्बती भेडा च्याङ्‍ग्रा ल्याइएको छैन । नेपालका विभिन्न जिल्लाबाट आएको भेडा…
Read More

आज यमोसा पर्व मनाउँदै थारू समुदाय

चितवन, असोज ९–अनुप पौडेल चितवनका थारू समुदायले आज यमोसा (पितृ औँसी) पर्व मनाउँदैछन् । सोह्रश्राद्धको अन्तिम दिन दिवङ्गत भएका आफन्त तथा पितृहरूको सम्झनामा यस पर्व मनाउने गरिन्छ । पूर्वी चितवन, पश्चिम चितवन र माडीमा थारू समुदायको बाक्लो बसोबास छ । यमोसा पर्व दुई दिनसम्म मनाइने  चितवन रत्ननगर -०३, निवासी  अमित चौधरीले जानकारी द्एि । सोह्रश्राद्ध सकिने औँसीको दिनमा थारू समुदायले यमोसा मनाउने उनले बताए । यमोसा पर्वको अघिल्लो दिन पर्वका लागि तयारी गरिन्छ । थारू समुदायका मानिस अघिल्लो दिनलाई मछुवारी भन्छन् । यस दिन व्यक्तिगत वा सामूहिकरूपमा खोलानाला, नदी, ताल, पोखरी आदिमा माछा मार्ने र गाउँघरमा खसीबोका काट्ने चलन रहेको …
Read More
राईटपाथ करियर काउन्सेलिङ्गले सनिवार चितवनमा बृहत सेमिनार गर्दै

राईटपाथ करियर काउन्सेलिङ्गले सनिवार चितवनमा बृहत सेमिनार गर्दै

चितवन । पछिल्लो समय युकेमा गएर पढ्न चाहाने बिद्यार्थीको संख्या बढ्दै गएपछि बिद्यार्थीहरुलाई सहज ढंगबाट शैक्षिक परामर्श दिने उद्देश्य सहित राईटपाथ करियर काउन्सेलीङ चितवनले एड्भोएसँगको सहकार्यमा शनिबार बृहत सेमिनार गर्ने भएको छ । बिहान १० बजेदखि बेलुका ५ बजे सम्म भरतपुर गार्डेन रिसोर्टमा हुने सेमिनारलाई सम्बोधन गर्न क्याम्ब्रिज एजुकेशन ग्रुपका साउथ एसिया म्यानेजर प्रनेश कुमार सिन्हा आउने संस्थाका चितवन प्रमुख सुरज पौडेलले जानकारी दिए । पौडेलले शनिबार हुने सेमिनार युके र क्यानडा केन्द्रित हुने बताउदै कार्यक्रममा सहभागी हुने बिद्यार्थीको जिज्ञासा सो कार्यक्रमको आकर्षण रहेका क्याम्ब्रिज एजुकेशन ग्रुपका साउथ एसिया म्यानेजर प्रनेश कुमार सिन्हाले मेटाउने जानकारी दिए । राईटपाथ करियर काउन्सेलिङका…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.