फिचर-समाचार

आन्तरिक पर्यटकको रोजाइमा चितवनको जलदेवी पार्क

आन्तरिक पर्यटकको रोजाइमा चितवनको जलदेवी पार्क

चितवनको भरतपुर महानगरपालिका–२ आँपटारीमा मा रहेको जलदेवीपार्क आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । पार्कभित्र विभिन्न आकर्षक भौतिक संरचना निर्माण भएपछि यहाँ आन्तरिक पर्यटक बढ्न थालेका हुन् । मुग्लिनतर्फबाट भरतपुर आउँदा नारायणगणढको प्रवेशद्वारको रुपमा रहेको आँपटारीमा अवस्थित रमणीय यस पार्क जलदेवी सामुदायिक वन उपभोक्ता समूहले आन्तरिक पर्यटकलाई आकर्षित गर्न बनाएको हो । पर्यटन विकासका लागि जलदेवी पार्कको निर्माण गरिएको वन समूहका अध्यक्ष माधव देवकोटाले बताउनुभयो । आन्तरिक पर्यटक वृद्धिका लागि पिकनिक स्पोट, जिपलाइन, पोखरी, नयाँ पुस्ताले नदेखेका रोटे पिङ, ढिकी, रुखमा जनावरहरुको चित्र, पृथ्वीमाथि बसेको चिल, फाइबरबाट बनेको जोडी बाघ, पार्कका विभिन्न ठाउँमा बस्नका लागि कुर्सीलगायतका संरचना रहेका छन्…
Read More
आर्थिक अवस्था कमजोर हुँदा नागरिकहरू रोग पालेरै बस्न बाध्य ।।

आर्थिक अवस्था कमजोर हुँदा नागरिकहरू रोग पालेरै बस्न बाध्य ।।

नेपालको संविधानले स्वास्थ्यको हकलाइ मौलिक हक अन्तर्गत राखेको भए पनि आर्थिक अवस्था कमजोर हुदाँ नागरिकहरू रोग पालेरै बस्न बाध्य भएका छन् । देशमा तीन तहको सरकार भए पनि विपन्न नागरिकलाई उपचार गर्नै सकस छ । विशेषगरि जटिल रोग लागेका र दुर्घटनामा परेर घाइते भएकाहरू दीर्घ रोग खप्न बाध्य भइरहेका छन् । माण्डवी गाउँपालिका २ मर्कावाङ प्यूठानका ६५ वर्षका मोतिकला सार्कीले आर्थिक अवस्था कमजोर हुँदा ५ वर्षदेखि ओछ्यानमै थला परेको बताउनुभयो । सोहि स्थानका रेकम घर्ति मगरले दुर्घटनामा परेर घाइते भएको शरिरको उपचार गर्न रकमको अभाव भएको बताउनुभयो । नाजुक आर्थिक अवस्थाका कारण समयमै उपचार नपाएर रोग पालेर बस्ने तथा अकालमा…
Read More
बसाइँसराइँलाई रोक्न धनकुटाको एउटा स्थानीय तहले अनुदानमा लैनो गाई दिँदै

बसाइँसराइँलाई रोक्न धनकुटाको एउटा स्थानीय तहले अनुदानमा लैनो गाई दिँदै

धनकुटाको छथरजोरपाटी गाउँपालिकाले अन्यत्रबाट बसाई सरेर आउनेलाई अनुदानमा लैनो गाई उपलब्ध गराउन थालेको छ । बसाइँ सरेर स्थायी बसोबास गर्न आउने हरेकले प्रोत्साहन स्वरुप उपहारको रुपमा एउटा दुहुनो गाई पाइरहेका छन् । तेह्रथुमको छथरगाउँपालिका सुदापबाट छथरजोरपाटी गाउँपालिकाको जोरपाटीमा बसाइ सरेर आउँदा लैनो गाई उपहार पाएको स्थानीयवासी बिमला बस्नेतले जानकारी दिनुभयो । उपहारमा दुहुँना गाई पाएपछि बस्नेतले अरु गाई थपेर पशुपालनमै व्यावसायिक बन्ने योजना बनाउनुभएको छ । हालसम्म धनकुटाको छथरजोरपाटी गाउँपालिका भित्रिएका ३५ परिवारलाई उपहारमा दुहुँना गाई वितरण गरिएको गाउँपालिकाका पशु विकास शाखाका प्रमुख राजकुमार राईले जानकारी दिनुभयो । आफै गाई खरिद गर्न चाहनेलाई गाउँपालिकाले अधिकतम ६१ हजार रूपैयाँ नगद दिने…
Read More
महसुल तिर्न विद्युत प्राधिकरणको ताकेता, स्थानीय तहको आनाकानी

महसुल तिर्न विद्युत प्राधिकरणको ताकेता, स्थानीय तहको आनाकानी

स्थानीय सरकार सञ्चालन ऐेन २०७४ अनुसार सडकबत्ती स्थानीय तहको जिम्मेवारी भित्र पर्ने भए पनि महसुल भुक्तानी गर्न भने आनाकानी गरिरहेका छन् । सडक बत्तिका लागि उपभोक्तासँग शुल्कसमेत उठाउन सकिने अधिकार स्थानीय तहलाई भए पनि विगत सात वर्षदेखि स्थानीय सरकारले सडक बत्ती अन्तरगतको महसुल भुक्तानी गरेका छैनन् । विद्युत प्राधिकरणका अनुसार सडक बत्ति प्रयोग गरे वापत स्थानीय सरकारले महसुल नतिर्दा पाँच अर्ब ६० करोड रुपैयाँभन्दा बढी शुल्क उठ्न बाँकी छ । विद्युत प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका अर्थ प्रमुख टोमलाल सुवेदीले स्थानीय सरकारले विद्युत महसुल बुझाउन आनाकानी गर्दा विद्युत महसुल सङ्कलन विनियमावली, २०७८ अनुसार लाईन काट्ने तयारी गरेको जानकारी दिनुभयो…
Read More
नेपालमा हात्तीको सङ्ख्या दोब्बरले बढ्यो

नेपालमा हात्तीको सङ्ख्या दोब्बरले बढ्यो

गएका १५ वर्षको तुलना गर्दा नेपालमा हात्तीको सङ्ख्या दोब्बरले बढेको छ । राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण विभागका अनुसार अहिले नेपालभर हात्तीको सङ्ख्या ४ सय हाराहारी पुगेको हो । १५ वर्षअघि भने हात्तीको सङ्ख्या १ सय ५० मात्रै रहेको थियो । विभागका अनुसार नेपालमा १ सय ७६ घरपालुवा हात्ती छन् । ती हात्ती राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु आरक्ष क्षेत्रमा रहेको विभागले जनाएको छ । ९९ वटा हात्ती सरकारी तबरबाट र ७७ हात्ती निजी रुपमा पालिएका छन् । यस्तै गत २० वर्षमा नेपालमा ३९ वटा हात्तीको मृत्यु भएको छ । जसमध्ये ३४ वटा हात्तीको विद्युतीय झट्काका कारण मृत्यु भएको हो भने…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.