प्रदेश

भरतपुरको अर्किड स्कूलको १२औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

भरतपुरको अर्किड स्कूलको १२औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

भरतपुर–१०, हाकिमचोकस्थित अर्किड स्कूलको १२औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह चितवनका प्रमुख जिल्ला अधिकारी श्री सुरेन्द्र पौडेलको प्रमुख आतिथ्यतामा भव्यताका साथ सु–सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष आकाश पौडेलको अध्यक्षतामा सु–सम्पन्न उक्त समारोहमा विशिष्ट अतिथि राष्ट्रिय भूमि आयोगका जिल्ला अध्यक्ष बद्री तिमिल्सिना, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रामेश्वर कार्की, प्याब्सन चितवनका अध्यक्ष श्री कीर्तिनिधि अर्याल, वडा नं १० का वडाध्यक्ष श्री परमेश्वर खनाल, शिक्षा विकास तथा समन्वय इकाइ, चितवनका प्रमुख श्री भूमिलाल सुवेदी, भरतपुर महानगर प्याब्सनका अध्यक्ष लेखनाथ खनाल, भरतपुर महानगर संस्थागत विद्यालय अभिभावक संघका अध्यक्ष भोजराज न्यौपाने, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम खनाल रहनुभएको थियो । विद्यालयका सह–प्राचार्य…
Read More
म्याद नाघेका २७ सय कार्टुन बियर बरामद

म्याद नाघेका २७ सय कार्टुन बियर बरामद

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा म्याद नाघेका विभिन्न ब्राण्डका २७ सय कार्टुन बियर जफत भएको छ । बजार अनुगमन टोलीले बजार निरिक्षण गर्ने क्रममा सुरक्षित उपभोग्य अवधि सकिएको बियर बरामद गरेको हो । विभागका अनुसार निरीक्षण अधिकृत टोलीले हिजो बुधबार टुबोर्ग, मुस्ताङ, काल्सबर्ग, नेपाल आइस, बडवाइजर, गोर्खा ब्राण्डका करिब तीन सय ५५ कार्टुन नियन्त्रणमा लिएको छ । उक्त ब्राण्डका करिब १३ लाख ९० हजार रुपैयाँको बियर सिनामंगलमा रहेको संस्कार ट्रेडर्स प्रालिको गैह्रीगाउँस्थित गोदाममा भण्डारण गरिएको अवस्थामा फेला परेको विभागले जनाएको छ । मिति गुज्रिएको बियर बिक्री गर्नेलाई कारबाही प्रक्रिया अगाडि बढाइएको र गोदाम शिलबन्दी पनि गरिएको छ ।…
Read More
चितवनबाट विस्तार हुँदै चैते धानखेती

चितवनबाट विस्तार हुँदै चैते धानखेती

चितवन जिल्लामा चैते धान लगाउने क्षेत्रफल विस्तार भएको छ । कृषि ज्ञानकेन्द्र भरतपुरका अनुसार गत आर्थिक वर्षको तुनामा यस वर्ष चैते धान लगाउने क्षेत्रफल विस्तार भएको हो । कार्यालयका अनुसार गत आर्थिक वर्षमा सात हजार पाँच सय ७३ हेक्टर क्षेत्रफलमा चैते धानखेती गरिएकोमा यसवर्ष सात हजार आठ सय हेक्टर पुगेको हो । जिल्लाको भरतपुर महानगरपालिकाका केही क्षेत्र, खैरहनी र माडी नगरपालिकामा चैते धान खेती हुँदै आएको कार्यालयका सूचना अधिकारी मीनबहादुर पुनले जानकारी दिनुभयो । भरतपुर महानगरपालिका र खैरहनी नगरपालिकामा छ हजार चार सय हेक्टर क्षेत्रफल र माडी नगरपालिकामा एक हजार चार सय हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ । जिल्लामा…
Read More
यातायात मजदुरको प्रदर्शनमा प्रहरीको गाडी आगजनी गर्ने र मोबाइल पसल लुटपाटमा संलग्न अहिलेसम्म ३८ जना पक्राउ

यातायात मजदुरको प्रदर्शनमा प्रहरीको गाडी आगजनी गर्ने र मोबाइल पसल लुटपाटमा संलग्न अहिलेसम्म ३८ जना पक्राउ

गत आईतबार यातायात मजदुरको प्रदर्शनका क्रममा नयाँ बसपार्क र माछापोखरीमा भएको प्रहरीको गाडी आगजनी र मोबाइल पसल लुटपाटमा संलग्नहरू हालसम्म ३८ जना पक्राउ परेका छन् । घटनास्थलको फुटेज हेरेर काठमाडौं प्रहरी परिसर र काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले मोबाइल पसल लुटपाटमा संलग्न ११ जना तथा आगजनी र तोडफोडमा संलग्न २७ जनालाई पक्राउ गरेको हो । काठमाडौं प्रहरी परिसरको टोलीले बुधवार आगजनी र तोडफोडमा संलग्न छ जना र मोबाइल पसल लुटपाटमा चार जनालाई सार्वजनिक गरेको छ । परिसरको टोलीले बिहीबार आगजनी र तोडफोडमा संलग्न थप नौ जना र लुटपाटमा संलग्न थप चार जना पक्राउ गरेर म्याद थप्ने तयारी गरेको छ ।…
Read More
ग्यास सिलिण्डर विस्फोटमा घाइते कांग्रेस नेता भण्डारीलाई थप उपचारका लागि भारत लैजाने तयारी, ८६ वर्षीया आमाको निधन

ग्यास सिलिण्डर विस्फोटमा घाइते कांग्रेस नेता भण्डारीलाई थप उपचारका लागि भारत लैजाने तयारी, ८६ वर्षीया आमाको निधन

खाना पकाउने (एलपी) ग्यासको सिलिण्डर विस्फोट हुँदा नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी जलेर घाइते हुनुभएको छ । गुल्मी क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य समेत रहनुभएका भण्डारी सहित उहाँकी ८६ वर्षीया आमा हरिकला भण्डारी पनि जलेर घाइते हुुनुभएको थियो । तर, आमाको भने आज बिहान १० बजेर ५७ मिनेट जादा कीर्तिपुर अस्पतालमा उपचारको क्रममा निधन भएको छ । काठमाडौंको बुद्धनगरस्थित घरमा हिजो बुधबार बेलुकी खाना पकाउने क्रममा ग्यास सिलिण्डर विस्फोट भएको हो । उक्त विस्फोटमा दुवै जनालाई तत्काल उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल पु¥याइएको थियो । आगोले जलेर नेता भण्डारीको शरीरको २५ प्रतिशत भागमा असर पु¥याएको अस्पतालले जनाएको छ…
Read More
चितवनको राप्ती नगरपालिकामा जनतासँग मेयर कार्यक्रम सुरू

चितवनको राप्ती नगरपालिकामा जनतासँग मेयर कार्यक्रम सुरू

पूर्वी चितवनको राप्ती नगरपालिकाले जनतासँग मेयर कार्यक्रम सुरूआत गरेको छ । नगरवासीका गुनासा र समस्या सुन्दै प्रभावकारी काम कार्यान्वयनका लागि सो कार्यक्रम थालिएको नगरपालिकाले जनाएको छ । राप्तीका १३ वटै वडामा छुट्टाछुट्टै कार्यक्रम गरी स्थानीयवासीका गुनासा, समस्या सङ्कलन गर्दै समाधानको काम गर्ने गरी कार्यक्रम सुरू गरिएको राप्ती नगरपालिकाका प्रमुख शमशेर लामाले बताउनुभयो । कतिपय नगरवासी वडा, नगरसम्म पुग्न र आफ्नो समस्या राख्न नसक्ने रहेको भन्दै उहाँले उनीहरुका गुनासा, समस्या सुन्दै योजनाबद्ध रुपमा काम गर्ने नगरको लक्ष्यका साथ कार्यक्रम थालिएको जानकारी दिनुभयो । राप्ती –३ को प्रतापपुरबाट सो कार्यक्रमको सुरूआत गरिएको छ । कार्यक्रममा वडावासीले रासायनिक मल र फोहर व्यवस्थापनमा जनप्रतिनिधिले…
Read More
जोमसोमबाट पोखराका लागि छुटेको बस कालीगण्डकीमा खस्दा १७ जना घाइते, दुईको अवस्था गम्भिर

जोमसोमबाट पोखराका लागि छुटेको बस कालीगण्डकीमा खस्दा १७ जना घाइते, दुईको अवस्था गम्भिर

मुस्ताङको जोमसोमबाट पोखराका लागि छुटेको बस कालिगण्डकी नदीमा खस्दा दुई भारतीयसहित १७ जना यात्रु घाइते भएका छन् । बेनी–जोमसोम कोरला सडक अन्तर्गत थासाङ गाउँपालिका–३ धम्पुमा बिहान ना ७ ख ७४४० नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । दुर्घटनामा घाइते भएकाहरुको गण्डकी अस्पताल पोखरामा उपचार भइरहेको छ ।घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । बस करिब ४५ मिटर तल खसेको हो । दुर्घटनाको कारण भने खुल्न सकेको छैन । बस सीधै पानीमा खसेको र प्रहरी कार्यालय पनि नजिकै रहेकाले छिटो उद्धारसमेत हुँदा ठूलो क्षति हुन नपाएको बताइएको छ ।
Read More
गैंडाकोटका मेयरले गरे पत्रकार आचार्यमाथि दुव्र्यवहार, पत्रकार महासंघद्वारा निन्दा

गैंडाकोटका मेयरले गरे पत्रकार आचार्यमाथि दुव्र्यवहार, पत्रकार महासंघद्वारा निन्दा

ग्यालेक्सी फो के टेलिभिजनका चितवन संवाददाता हिरालाल आचार्य (डायमण्ड) लाई नवलपुरको गैंडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारीले कार्यकक्षममै दुव्र्यवहार गर्नुभएको छ । नवलपुरको गैंडाकोट नगरपालिका ६ र ७ स्थित नारायणी नदी किनारमा भइरहेको उत्खनन् र डम्पिङ्ग भइरहेको, नगरपालिकाको फोहोर फाल्न नारायणी किनार गएका सवारी साधनले ढुंगागिटी बालुवा ओसारेर फर्किने गरेको र प्रहरीले समातेपछि पनि फेरि छाडिएको भन्ने जनगुनासो आएपछि ग्यालेक्सी फो के टेलिभिजन (सिधा कुरा प्रयोजन)का रिर्पोटिङ्गमा पुग्नुभएका आचार्यमाथि मेयरले कार्यकक्षमै दुव्र्यवहार गर्नुभएको हो । आचार्यले आफ्नो फेसबुक पेजमा एउटा भिडियो अपलोड गर्दै आफुमाथि भएको दुव्र्यवहार खुलाउनुभएको हो । मेयरले दुव्र्यवहार गरेपछि पत्रकार महासंघ चितवन शाखाले घटनाको निन्दा गर्दै विज्ञप्ति जारी…
Read More
चितवनको राप्ती नदीमा डुबेर भरतपुरका न्यौपानेको मृत्यु

चितवनको राप्ती नदीमा डुबेर भरतपुरका न्यौपानेको मृत्यु

पूर्वी चितवनको रत्ननगर नगरपािलका–७ बद्रेनीस्थित राप्ती नदीमा डुबेर एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–११ का ३१ वर्षीय प्रसन्न न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । न्यौपानेको शव आज बिहान १०ः३० बजे नदीमा डुवेको अवस्थामा माझीहरुले देखेका थिए । घटनाका बारेमा इलाका प्रहरी कार्यालयको टोलीले अनुसन्धान सुरु गरेको प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो । शवपरीक्षणका लागि भरतपुर अस्पताल लगिएको उहाँको भनाई छ ।
Read More
दैलेखमा विवाह भएको दुई महिनामै एक पुरुषले गरे श्रीमतीको हत्या

दैलेखमा विवाह भएको दुई महिनामै एक पुरुषले गरे श्रीमतीको हत्या

दैलेखमा विवाह भएको दुई महिनामै एक पुरुषले श्रीमतीको हत्या गरेका छन् । गुराँस गाउँपालिका ८ माथिल्लो गर्चाका २८ वर्षीय कृष्णबहादुर खड्काले २७ वर्षीया पार्वती बिसीको हत्या गरेको प्रहरीले जनाएको छ । हत्या गर्ने कृष्णबहादुरलाई पक्राउ गरिएको र थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । गए राति घरायसी विवादमा कृष्णबहादुरले ढोका अड्याउन लगाइने काठको गरालोले दाहिने कञ्चटमा प्रहार गरेर श्रीमतीको हत्या गरेका प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालले जानकारी दिनुभयो । कृष्णबहादुर र पार्वतीबीच गत मङ्सिर २६ गते मागी विवाह भएको थियो । मृतक पार्वतीको माइती घर गुराँस गाउँपालिका–६ मा हो…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.