ग्यास सिलिण्डर विस्फोटमा घाइते कांग्रेस नेता भण्डारीलाई थप उपचारका लागि भारत लैजाने तयारी, ८६ वर्षीया आमाको निधन

खाना पकाउने (एलपी) ग्यासको सिलिण्डर विस्फोट हुँदा नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी जलेर घाइते हुनुभएको छ । गुल्मी क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य समेत रहनुभएका भण्डारी सहित उहाँकी ८६ वर्षीया आमा हरिकला भण्डारी पनि जलेर घाइते हुुनुभएको थियो । तर, आमाको भने आज बिहान १० बजेर ५७ मिनेट जादा कीर्तिपुर अस्पतालमा उपचारको क्रममा निधन भएको छ । काठमाडौंको बुद्धनगरस्थित घरमा हिजो बुधबार बेलुकी खाना पकाउने क्रममा ग्यास सिलिण्डर विस्फोट भएको हो ।
उक्त विस्फोटमा दुवै जनालाई तत्काल उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल पु¥याइएको थियो । आगोले जलेर नेता भण्डारीको शरीरको २५ प्रतिशत भागमा असर पु¥याएको अस्पतालले जनाएको छ । उहाँको आइसियुमा उपचार भइरहेको छ । त्यस्तै, उहाँकी आमाको भने करिब ७० प्रतिशत शरीर जलेको थियो । नेता भण्डारीको फोक्सोमा नै असर गरेकाले थप उपचारको लागि तत्काल भारत लैजाने तयारी भएको छ । भण्डारीको टाउको र दाइने साइडमा बढी असर गरेको छ ।
हिजो बुधवार राति भान्साकोठामा ग्यास लिक भएको थाहा पाएपछि ८९ वर्षीय आमा पुगेको समयमा विस्फोट भएको थियो । सोही क्रममा आमालाई बचाउन भण्डारी त्यहाँ पुग्नुभएको थियो ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.