जोमसोमबाट पोखराका लागि छुटेको बस कालीगण्डकीमा खस्दा १७ जना घाइते, दुईको अवस्था गम्भिर

मुस्ताङको जोमसोमबाट पोखराका लागि छुटेको बस कालिगण्डकी नदीमा खस्दा दुई भारतीयसहित १७ जना यात्रु घाइते भएका छन् ।
बेनी–जोमसोम कोरला सडक अन्तर्गत थासाङ गाउँपालिका–३ धम्पुमा बिहान ना ७ ख ७४४० नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । दुर्घटनामा घाइते भएकाहरुको गण्डकी अस्पताल पोखरामा उपचार भइरहेको छ ।घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।
बस करिब ४५ मिटर तल खसेको हो । दुर्घटनाको कारण भने खुल्न सकेको छैन । बस सीधै पानीमा खसेको र प्रहरी कार्यालय पनि नजिकै रहेकाले छिटो उद्धारसमेत हुँदा ठूलो क्षति हुन नपाएको बताइएको छ ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.