प्रदेश

चितवनको माडीमा अब आउँदो फागुुनमा तेस्रो जुनियर राष्ट्रिय एथलेटिक्स प्रतियोगिता हुने

चितवनको माडीमा अब आउँदो फागुुनमा तेस्रो जुनियर राष्ट्रिय एथलेटिक्स प्रतियोगिता हुने

चितवनको माडीमा ‘तेस्रो जुनियर राष्ट्रिय एथलेटिक्स प्रतियोगिता २०७९’ हुने भएको छ । नेपाल एथलेटिक्स संघ र माडी नगरपालिकाको संयुक्त आयोजनामा बसन्तपुर खेल मैदानमा अब आउँदो फागनुमा प्रतियोगिता हुन लागेको आज (आइतबार) भएको पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो । प्रतियोगिता अब आउँदो फागुन ११, १२ र १३ गतेसम्म चल्ने चितवन जिल्लाको एथलेटिक्स संघले जनाएको छ । सातै प्रदेशका पुरुष तथा महिला खेलाडीहरुको बीचमा २६ वटा विधाहरुमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा देशभरका एकसय ३५ जना खेलाडीको सहभागिता रहने छ । अफिसियल, जुरी, मेडिकल र मार्सलसहित ४२ जना अफिसियलहरुले खेल सञ्चालन गर्नेछन् । प्रतियोगिता अवधिभर २६ वटा स्वर्ण पदक, २६ वटा रजत…
Read More
भरतपुर–२८ मा टोलस्तरीय भलिबल प्रतियोगिता हुने

भरतपुर–२८ मा टोलस्तरीय भलिबल प्रतियोगिता हुने

भरतपुर महानगरपालिका वडा नम्बर– २८ मा टोल स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । वडा खेलकुद समिति भरतपुर–२८ को आयोजनामा प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता यहि माघ २७ र २८ गते गोलाघाट पर्यटकीय पार्कमा हुने समितिका अध्यक्ष भिमसेन कुमालले जानकारी दिनुभयो । वडामा रहेका १८ टोलका भलिबल टिमले भाग लिने आयोजकको विश्वास छ । प्रतियोगितामा विजयी टिमको पुरस्कार भने समितिको अर्को छलफलले टुङ्गाउने जनाइएको छ ।
Read More
चितवन–२ मा आफू स्वतः विजयी भएको घोषणा गर्न माग गर्दै निर्वाचन आयोग पुगे कांग्रेस नेता श्रेष्ठ

चितवन–२ मा आफू स्वतः विजयी भएको घोषणा गर्न माग गर्दै निर्वाचन आयोग पुगे कांग्रेस नेता श्रेष्ठ

सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सांसदको उम्मेदवार नै बन्न अयोग्य भएको ठहर गरेर उहाँको पद खारेज भएपछि अहिले चितवन क्षेत्र न २ मा प्रतिनिधिसभा सदस्य पद रिक्त छ । लामिछानेको पद खोरेज भएसँगै चितवन क्षेत्र न २ मा उपनिर्वाचनबारे बहस चलिरहेकै बेला गत मंसिरको निर्वाचनमा दोस्रो हुनुभएका नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठले आफूलाई स्वतः विजयी भएको घोषणा गर्न माग गर्दै निवेदन दिन निर्वाचन आयोगमा पुग्नुभएको छ । यसबारे उहाँँले आजै दिउँसो २ बजे हिमालय होटेलमा पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ । लामिछानेले कांग्रेसका नेता एवम् तत्कालीन राज्यमन्त्री श्रेष्ठ र नेकपा एमालेका नेता कृष्णभक्त…
Read More
नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी जेल चलान

नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी जेल चलान

नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी आज शुक्रवार जेल चलान हुनुभएको छ । १३ वर्ष पुरानो आगजनीको घटनामा छ महिना कैद सजाय सुनाइएका कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित चौधरी हिजो बिहीवार बेलुका कैलाली जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहनुभएको थियो । उहाँलाई आज १० बजे कैलाली जिल्ला अदालतमा उपस्थित गराइ कैद पुर्जी लिएर धनगढी कारागारमा चलान गरिएको हो । फरार सूचीमा रहनुभएका चौधरीलाई हिजो बिहीवार बाँकेबाट पक्राउ गरी नेपालगञ्जबाट जहाजमा काठमाडौं लगिएका थियो । फेरी हिजो बिहिवार नै जहाजमार्फत धनगढी पु¥याइएको थियो । सांसद चौधरी नौ वर्षदेखि फरार हुनुहुन्थ्यो । कैलाली जिल्ला अदालतमा २०६६ भदौ ३ गते लु २ त…
Read More
माडी नगरपालिकामा विद्युतीय कर भुक्तानी सेवा सुरु

माडी नगरपालिकामा विद्युतीय कर भुक्तानी सेवा सुरु

चितवनको माडी नगरपालिकाले हिजो बिहिवारदेखि विद्युतीय कर भुक्तानी सेवा सुरु गरेको छ । नगरपालिकाले सेवा प्रदायकलाई एकीकृत गरी विद्युतीय कर भुक्तानी सेवा सुरु गरेको हो । यो सेवा सुरुवात भएसँगै नगरपालिकाका सेवाग्राहीले विभिन्न एप्समार्फत घर बहाल कर, सम्पत्ति कर र व्यावसायिक कर तिर्न सक्नेछन् । सेवा शुभारम्भ गर्दै नगरपालिकाका उपप्रमुख खेमप्रसाद महतोले परम्परागत शैलीबाट कर भुक्तानी गर्दा झन्झटिलो हुनाका साथै ढिलासुस्ती हुने गरेकाले यस प्रविधिको प्रयोगले नागरिकलाई सहज हुने बताउनुभयो । यो सेवा प्रयोगसँगै नगरपालिका र वडामा सेवाग्राहीको चाप कम हुने भएकाले सेवा प्रवद्र्धनमा जोड दिनुपर्ने उहाँको भनाई छ । नगरपालिकालाई तिर्नुपर्ने विभिन्न शीर्षकका कर तथा राजस्व घरमै बसेर तिर्न…
Read More
चितवन मेडिकल कलेजमा पेन फिजिसियन सेवा सुरु, शनिबार निःशुल्क शिविर

चितवन मेडिकल कलेजमा पेन फिजिसियन सेवा सुरु, शनिबार निःशुल्क शिविर

चितवन मेडिकल कलेजले पेन (दुखाई) फिजिसियन सेवा शुरु गरेको छ । मेडिकल कलेजमा नेपालमा नै पहिलो पटक चितवन मेडिकल कलेजले यो सेवा सुरु गरेको जनाइएको छ । सेवा शुभारम्भको अवसरमा शनिबार निःशुल्क शिविर आयोजना गरिएको छ । चिकित्सा विधामा पछिल्लो समय अभ्यासमा आएको दुखाई व्यवस्थापन (पेन म्यानेजमेन्ट) सेवा सुरु गरेको अस्पतालका निर्देशक प्रा.डा.दयाराम लम्सालले जानकारी दिनुभयो । उहाँले दुखाईको उपचार टिमवर्क भएको भन्दै उहाँले पेन फिजिसियनसँगै यससँग सम्बन्धित अन्य सुविधाहरु पनि अस्पतालमा रहेको जानकारी दिनुभयो । भारतको प्रतिष्ठित संस्थाबाट फेलोसिप गर्नुभएका इन्टरभेन्सनल पेन एण्ड स्पाईन स्पेशलिष्ट डा. रोहित बाल्यानले दुखाई सम्बन्धी उपचार सेवा दिनुहुने बताइएको छ । दुखाइका कारण स्मरणशक्ति,…
Read More
तीन दिने गैँडा संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय छलफल चितवनमा

तीन दिने गैँडा संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय छलफल चितवनमा

चितवनको पटिहानीमा आजदेखि दुर्लभ एकसिङ्गे गैँडा संरक्षणसम्बन्धी छलफल सुरु हुँदैछ । थर्ड राइनो रेञ्ज कन्ट्रिज मिटिङ’ मा तीन दिनसम्म हुने उक्त छलफलमा एसियाका पाँच देशका उच्च अधिकारीहरूको सहभागी रहनेछ । छलफलमा नेपाल, भारत, भुटान, इण्डोनेसिया र मलेसियाका उच्च अधिकारीको सहभागीता रहने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी डा गणेश पन्तले जानकारी दिनुभयो । नेपालबाट निकुञ्ज र वन विभागका महानिर्देशकसहित मन्त्रालयका सहसचिव बैठकमा सहभागी हुने जनाइएको छ । यससँगै अरु देशबाट पनि गैँडासँग सम्बन्धित विज्ञ सहभागी हुने पन्तले जानकारी दिनुभयो । फिल्डमा रहेर काम गर्ने कर्मचारी पर्यवेक्षकका रूपमा सहभागी हुनेछन् । उहाँका अनुसार विज्ञहरूले कार्यपत्र र अनुभव आदान–प्रदान गर्नुहुनेछ…
Read More
चितवनका दुई एसपी र डिएसपीको सरुवा

चितवनका दुई एसपी र डिएसपीको सरुवा

चितवनका प्रहरी उपरीक्षक तथा प्रहरी नायव उपरीक्षकको सरूवा भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवम् प्रहरी उपरीक्षक नवराज अधिकारी र इलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख एवम् प्रहरी नायव उपरीक्षक रविनबाबु रेग्मीको सरूवा भएको हो । जिल्ला प्रहरी कार्यालयको प्रमुख अधिकारी केन्द्रीय अनुसन्धान ब्यूरो काठमाडौँ र इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख रेग्मी जिल्ला प्रहरी कार्यालय तनहुँमा सरूवा हुनुभएको हो ।
Read More
प्रणय दिवस’ को अवसरमा सौराहामा फुड फेस्टिबलको आयोजना हुने

प्रणय दिवस’ को अवसरमा सौराहामा फुड फेस्टिबलको आयोजना हुने

चितवनको पर्यटकीय क्षेत्र सौराहामा ‘प्रणय दिवस’ को अवसरमा फुड फेस्टिबल आयोजना हुने भएको छ । क्षेत्रीय रेष्टुरेन्ट एण्ड बार एशोसिएशन (रेवान) सौराहा र रेवान महिला समूहको संयुक्त आयोजनामा सौराहामा १७ औँ सौराहा फुड फेस्टिबल २०७९ आयोजना गर्न लागिएको हो । शुक्रवार सौराहामा पत्रकार सम्मेलन गरी फुड फेष्टिबलका संयोजक ध्रुव गिरीले सौराहालाई विश्व पर्यटन बजारमा थप परिचित बनाउन ‘प्रणय दिवस’ को अवसर पारेर माघ २९ गतेदेखि फागुन २ गतेसम्म सडकमा फुड फेस्टिबल आयोजना गर्न लागिएको जानकारी दिनुभयो । हरेक दिन हुने सडक फुड फेस्टिबलमा विभिन्न जातजातिहरुको झाँकीहरुको प्रस्तुती रहने उहाँले बताउनुभयो । तीन दिनसम्म सञ्चालन हुने फुड फेस्टिबलमा स्थानिय, स्वदेशी तथा…
Read More
नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी बाँकेबाट पक्राउ

नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी बाँकेबाट पक्राउ

नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी बाँकेबाट पक्राउ पर्नुभएको छ । सार्वजनिक सम्पत्तिमा आगजनी गरेको मुद्दाका दोषी चौधरी आज पक्राउ पर्नुभएको हो । उहाँले सार्वजनिक सम्पत्तिमा आगजनी गरेको मुद्दा खेपिरहनुभएको थियो । त्यसको साथै उहाँमाथि टीकापुर घटनामा संलग्न भएको मुद्दा पनि परेको थियो । १० वर्षअघि आगजनी गरेको कसूरमा चौधरीमाथि कैलाली जिल्ला अदालतले छ महिना कैद र आठ लाख रुपैयाँ जरिवाना गर्ने फैसला गरेको थियो । यो बीचमा उहाँ सांसद बनेर आएपछि सो फैसला कार्यान्वयन हुन नसकेको विषय बाहिर आएको थियो । चौधरी गत मंसिर ४ मा सम्पन्न भएको निर्वाचनमा कैलाली क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.