भरतपुर महानगरपालिका वडा नम्बर– २८ मा टोल स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । वडा खेलकुद समिति भरतपुर–२८ को आयोजनामा प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगिता यहि माघ २७ र २८ गते गोलाघाट पर्यटकीय पार्कमा हुने समितिका अध्यक्ष भिमसेन कुमालले जानकारी दिनुभयो । वडामा रहेका १८ टोलका भलिबल टिमले भाग लिने आयोजकको विश्वास छ । प्रतियोगितामा विजयी टिमको पुरस्कार भने समितिको अर्को छलफलले टुङ्गाउने जनाइएको छ ।
भरतपुर–२८ मा टोलस्तरीय भलिबल प्रतियोगिता हुने