अरोमा स्कुल अनिश्चितकालका लागि बन्द
भरतपुर महानगरपालिका–१० बालमन्दिर रोडस्थित अरोमा इङ्गलिस सेकेण्डरी स्कुल गत मंगलबारदेखि बन्द छ । स्कुलमा तोडफोड भएपछि अनिश्चितकालका लागि स्कुल बन्द भएको हो । छात्रामाथि शिक्षकले यौन दुव्र्यवहार गरेको भन्दै आन्दोलित विद्यार्थीले स्कुल बस र भवनमा क्षति पु¥याएका हुन् । स्कुलमा ठूलो भौतिक क्षति भएकाले मर्मत गर्ने काम भइरहेको स्कुलका सहायक प्रिन्सिपल नेत्र भुसालले बताउनुभयो । विद्यार्थीले गरेको भौतिक क्षतिको खर्च स्कुल आफैले व्यहोर्ने भएको छ । बन्द रहेको स्कुल सञ्चालनका लागि विद्यार्थी र अभिभावकसँग पनि छलफल भइरहेको जनाइएको छ । स्कुल बसलगायत तोडफोड भएका वस्तुको मर्मत गर्ने काम भइरहेको र सकभर भोलिदेखि नभए आउँदो सोमबारदेखि स्कुल सञ्चालन गर्ने तयारी भइरहेको…