बागमती

चितवनमा माघ भित्रै सवारी लाइसेन्स दिनेगरी काम अघि बढ्दै

चितवनमा माघ भित्रै सवारी लाइसेन्स दिनेगरी काम अघि बढ्दै

यातायात व्यवस्था कार्यालय चितवनले माघ महिनामै सवारी चालक अनुमति पत्र (लाइसेन्स) दिनेगरी काम अघि बढाएको छ । सद्गुरु मोटर ड्राइभिङले हालेको मुद्धामा सर्वाेच्च अदालतले उत्प्रेषणको आदेश जारी नगरेपछि यातायात कार्यालयले ट्रायल सेन्टरसँग सम्झौता गरीसकेको छ । शुन्य रुपैयाँमै ट्रायल सेन्टर उपलब्ध गराउने प्रस्ताव पेश गरेको महालक्ष्मी ट्रायल सेन्टरसँग यातायात कार्यालयले सम्झौता गरेको हो । एक पैसा शुल्क लिने प्रस्ताव पेश गरेको सद्गुरु छनौटमा नपरेपछि उसले सर्वाेच्चमा यातायात कार्यालय र महालक्ष्मी विरुद्ध रिट हालेको हो ।सर्वाेच्चले उत्प्रेषणको आदेश जारी नगरेपनि मुद्धा अदालतमा विचाराधिन अवस्थामा नै छ। सर्वाेच्चले के कसो भएको हो भनि सोधेको प्रश्नको जवाफ गत शुक्रबार नै पेश गरिसकेको यातायात…
Read More
चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मर्न थालेपछि उच्च सतर्कता

चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मर्न थालेपछि उच्च सतर्कता

चितवन राष्ट्रिय निकुञ्जमा तस्करीका कारण गैँडा मर्न थालेपछि उच्च सतर्ककता अपनाइएको छ । यही माघ ६ मा चोरी शिकारी गर्नेहरुले गैँडा मारेपछि निकुञ्जले गैँडा संरक्षणका लागि उच्च सर्तकता अपनाएको हो । निकुञ्जका अनुसार २०७८ साउनपछि चोरी शिकारीका कारण गैँडा मरेका थिएनन् । शिकारीले गैँडा मार्न थालेपछि उच्च सर्तकता अपनाउन थालिएको निकुञ्जले जनाएको छ । निकुञ्ज क्षेत्रभित्रका २२ वटा उपभोक्ता समिति अन्र्तगत रहेका चोरी शिकारी नियन्त्रण इकाइलाई प्रभावकारी रुपले चलायमान बनाउन सुरु गरिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताउनुभयो । उहाँले भन्नुभयो– ‘चोरी शिकारीसम्बन्धी जनचेतनासहित इकाइलाई सक्रिय बनाइएको छ ।” निकुञ्जमा गैँडा तस्कर बढेपछि यस विषयमा अनुसन्धान सुरु गरिएको छ ।…
Read More
अवैध रुपमा उत्खनन् गरिएका ढुंगा–बालुवा कालिका नगरपालिकाद्धारा जफत

अवैध रुपमा उत्खनन् गरिएका ढुंगा–बालुवा कालिका नगरपालिकाद्धारा जफत

चितवनको कालिका नगरपालिकाले अवैध रुपमा उत्खनन् गरिएका नदीजन्य सामग्री जफत गरेको छ । कयर खोलामा गैरकानुनी रुपमा उत्खनन् गरेर जम्मा पारिएको नदीजन्य सामग्रीको नगरपालिकाले जफत गरेको हो । वडा नं.८,९, १० र ११ नम्बरका विभिन्न स्थानमा जथाभावी रुपमा खोला दोहन गरेर संकलन गरिएका सामाग्री नगरपालिकाले जफत गरेको हो । त्यस्तै जफत गरिएको उक्त सामाग्री वडा नं.७ को वडा कार्यालय अगाडि जम्मा गरिएको नगरपालिकाका प्रमुख विनोद रेग्मीले जानकारी दिनुभयो । पुस २९ गतेदेखी जिल्ला प्रहरी कार्यालय चितवनको सहयोगमा कयर र सिन्ती खोलाबाट उत्खनन् गरिएका ५०० टिप्पर ढुङ्गा, ग्राभेल, बालुवा जफत गरेको रेग्मीको भनाई छ ।
Read More
अब्बल बन्दै चितवनका दुग्ध सहकारी, दुग्धजन्य उत्पादनदेखि बजारीकरणसम्म गरिँदै

अब्बल बन्दै चितवनका दुग्ध सहकारी, दुग्धजन्य उत्पादनदेखि बजारीकरणसम्म गरिँदै

चितवनका दुग्ध सहकारीहरु अब्बल बन्ने प्रयासमा छन् । यहाँका दुग्ध सहकारीहरु दुग्धजन्य परिकारको उत्पादनमात्र होइन, आफैँले बजारीकरणसम्म गरेका छन् । चितवनका करिब एक दर्जन दुग्ध सहकारीहरुले आउँदो आर्थिक वर्षसम्म दुग्धजन्य परिकारको उत्पादनमात्र होइन, बजारीकरण गर्ने अवस्थासम्म पुग्ने जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले बताउनुभयो । भरतपुर–६ मा रहेको अन्नपूर्ण दुग्ध सहकारीले विगत पाँच वर्षदेखि दुग्धजन्य परिकारको उत्पादनदेखि आफ्नै ब्रान्डको दूध बजारसम्म पु¥याइरहेको छ । जिल्लाकै अब्बल दुग्ध सहकारीको रुपमा दरिएको अन्नपूर्णले दैनिक छहजार लिटरभन्दा माथि दूध संकलन गर्दै आएको छ । यस सहकारीले बनाएको दुग्धजन्य ब्रान्डका परिकारहरु (दही, पनिर, कुरौनी, घिउ, नौनी बटर, क्रिम) चितवनका बजारमा मात्र होइन,…
Read More
सहायक हवल्दार निशान लामिछाने जिल्लाकै उत्कृष्ट प्रहरी घोषित

सहायक हवल्दार निशान लामिछाने जिल्लाकै उत्कृष्ट प्रहरी घोषित

जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत प्रहरी सहायक हवल्दार निशान लामिछाने पुस महिनामा जिल्लाकै उत्कृष्ट प्रहरी घोषित हुनुभएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले उहाँको कामको कदर गर्दै बेस्ट पुलिस अफ द मन्थ घोषणा गरेको हो । लामिछानेले विभागिय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गर्दै विभिन्न मुद्दामा फरार रहेका प्रतिवादीहरुलाई पक्राउ गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ । साथै अपराधिक क्रियाकलापहरुको नियन्त्रणमा निरन्तर खटिई उत्कृष्ट एवं सिर्जनशील ढंगले कार्यसम्पादन गरिरहेको हुँदा उनीद्वारा सम्पादित उत्कृष्ट कार्यको उच्च मूल्यांकन गर्दै यसको निरन्तरताको अपेक्षा गर्दै अन्य प्रहरी कर्मचारीलाई समेत…
Read More
बम्पर उपाहार लक्की ड्र का विजेतालाई पुरस्कार हस्तान्तरण

बम्पर उपाहार लक्की ड्र का विजेतालाई पुरस्कार हस्तान्तरण

रत्ननगर । ए टु जेड मोबाईल हाउसको बम्पर उपहार योजना अन्तर्गतका बिजेताहरुलाई शनिबार पुरस्कार हस्तान्तरण गरिएको छ । रत्ननगरको टाँडीचोकमा रहेको ए टु जेड मोबाईल हाउस तेस्रो शाखावाट मोवाइल खरिद , मर्मत ,घडी खरिद लगायत विभिन्न उपहार योजना अन्तर्गतका बिजेताहरुलाई एक समारोहाका विच पुरस्कार हस्तान्तरण गरिएको होे । उपाहार योजना अन्तर्गत बम्पर उपहार विजेता कालिका १ गडुवा निवासी कृष्ण घिमिरेले पुरस्कार वापत यामाहाको फ्यासिनो स्कुटर प्राप्त गर्नुभएको छ । यस्तै नया बर्ष अफर अन्तर्गत कालिका ५ निवासी सिताराम चौधरीले एम आई स्मार्ट टेलिभिजन र नया बर्ष अफर अन्तर्गत नै कालिका ६ निवासी अस्मिता सिम्खडा र कालिका १ निवासी प्रेम बहादुर…
Read More
नवनिर्वाचित सभामुख घिमिरेद्वारा शपथ ग्रहण

नवनिर्वाचित सभामुख घिमिरेद्वारा शपथ ग्रहण

नवनिर्वाचित सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नु भएको छ ।आज शुक्रबार शीतल निवासमा आयोजित एक कार्यक्रमबीच राष्ट्रपति विद्यादेवी भण्डारीले सभामुख घिमिरेलाई शपथ गराउनु भएको हो । सत्तारुढ गठबन्धनबाट उम्मेदवार बन्नुभएका घिमिरे प्रतिनिधिसभामा हिजो बिहीबार भएको मतविभाजनबाट सभामुख चयन हुनु भएको थियो । २०६२– ६३ को जनआन्दोलनपछि पहिलो पटक सांसदको मतविभाजनबाट सभामुख चयन गरिएको हो । प्रतिनिधिसभाको हिजोको बैठकमा भएको मत विभाजनमा घिमिरेको पक्षमा एकसय ६७ सांसदले मत दिएका थिए । उहाँको विपक्षमा एक सय मत परेको छ । दुईसय ७५ सदस्यीय प्रतिनिधिसभामा हिजो दुईसय ६८ जना सांसद उपस्थित भएका थिए । पहिलो प्रस्तावमै घिमिरेको पक्षमा सभामुख निर्वाचित…
Read More
बढी धुवाँ फाल्ने २७ वटा गाडी कारबाहीमा

बढी धुवाँ फाल्ने २७ वटा गाडी कारबाहीमा

ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने २७ वटा गाडीलाई कारबाही गरेको छ । काठमाडौंको बबरमहलमा हिजो बिहीवार गरिएको प्रदूषण जाँचका क्रममा मापदण्डभन्दा बढी धुवाँ फाल्ने गाडीलाई ट्राफिक प्रहरीले कारबाही गरेको हो । भाडाका मिनी बस १४, पिकअप भ्यान आठ, भाडाका माइक्रोबस तीन र कार दुई गरी २७ वटा गाडी कारबाहीमा परेको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । वातावरण विभाग बबरमहल र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्तरूपमा खटिएको टोलीले बबरमहलमा ५३ वटा गाडी जाँच गर्दा मापदण्डभन्दा बढी धुवाँ फाल्ने २७ वटा गाडी कारबाहीमा परेका हुन् । गाडी मर्मतपछि तोकिएको जरिबाना तिरी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिने…
Read More
भरतपुरमा विद्युतीय तार भूमिगत गर्दै, नक्साङ्कन, निरीक्षण र माटो परीक्षणका काम सम्पन्न

भरतपुरमा विद्युतीय तार भूमिगत गर्दै, नक्साङ्कन, निरीक्षण र माटो परीक्षणका काम सम्पन्न

नेपाल विद्युत् प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयले भरतपुर महानगरपालिकाको मुख्य सहरी क्षेत्रमा विद्युत् भूमिगतको तथा सुदृढीकरणको काम यही माघ १६ गतेबाट थालनी गर्ने भएको छ । नक्साङ्कन, निरीक्षण,माटो परीक्षणलगायतका काम सम्पन्न भएका छन् । आयोजनाका प्रमुख आनन्द सुवेदीका अनुसार सुरुआती चरणमा आन्तरिक तयारीका कारण काम सुरु गर्न ढिला हुन गएको हो । भूमिगत विद्युतीकरणका लागि आवश्यक सामग्री विदेशबाट ल्याउनुपर्ने भएकाले काममा केही समय लागेको उहाँले जानकारी दिनुभयो । अहिले आवश्यक मजदुर र उपकरण तयारी गर्ने काम भइरहेको र फिल्डमा काम यहि माघ १६ गतेबाट हुने बताइएको छ । कामको सुरुआत केन्द्रीय बस ट्रमिनल र पुलचोकबाट गरिने सुवेदीको भनाई छ । पोखरा–भरतपुर…
Read More
बकुलहर रत्ननगर अस्पतालमा निःशुल्क ‘मुख्यमन्त्री स्वास्थ्य परीक्षण कार्यक्रम’

बकुलहर रत्ननगर अस्पतालमा निःशुल्क ‘मुख्यमन्त्री स्वास्थ्य परीक्षण कार्यक्रम’

पुर्वी चितवनको बकुलहर रत्ननगर अस्पतालमा निःशुल्क ‘मुख्यमन्त्री स्वास्थ्य परीक्षण कार्यक्रम’ लागु भएको छ । एक हप्ता अगाडिबाट लागु भएको यस कार्यक्रममा बागमती प्रदेशका नागरिकले स्वास्थ्य सम्बन्धि विभिन्न १७ किसिमका सेवा पाउँछन् । सेवा लिनका लागि बागमती प्रदेशभित्र स्थायी बसोबास गरि नागरिकता भएको र ३० वर्ष उमेर नाघेको अनिवार्य हुनुपर्ने छ । कार्यक्रम अन्तर्गत प्रत्येक शुक्रबार बिहान ८ बजेदेखि १० बजेसम्म हुने निःशुल्क स्वास्थ्य परीक्षण हुने अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट मदन ज्ञवालीले जानकारी दिनुभयो । दिउँसो २ बजेदेखि ३ बजेसम्मको अवधिमा चिकित्सकलाई रिपोर्ट देखाउन सकिने उहाँको भनाई छ । विरामीको चाप हेरेर स्वास्थ्य परीक्षण गर्ने समय थप गर्ने अस्पतालको योजना छ ।…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.