जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत प्रहरी सहायक हवल्दार निशान लामिछाने पुस महिनामा जिल्लाकै उत्कृष्ट प्रहरी घोषित हुनुभएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले उहाँको कामको कदर गर्दै बेस्ट पुलिस अफ द मन्थ घोषणा गरेको हो ।
लामिछानेले विभागिय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गर्दै विभिन्न मुद्दामा फरार रहेका प्रतिवादीहरुलाई पक्राउ गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ ।
साथै अपराधिक क्रियाकलापहरुको नियन्त्रणमा निरन्तर खटिई उत्कृष्ट एवं सिर्जनशील ढंगले कार्यसम्पादन गरिरहेको हुँदा उनीद्वारा सम्पादित उत्कृष्ट कार्यको उच्च मूल्यांकन गर्दै यसको निरन्तरताको अपेक्षा गर्दै अन्य प्रहरी कर्मचारीलाई समेत प्रोत्साहित गर्न लामिछानेलाई पुस महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
सहायक हवल्दार निशान लामिछाने जिल्लाकै उत्कृष्ट प्रहरी घोषित