प्रदेश १

धनकुटामा बहुला कुकुरको टोकाइबाट १२ घाइते

धनकुटामा बहुला कुकुरको टोकाइबाट १२ घाइते

धनकुटा, पुस २० । बहुला कुकुरको टोकाइबाट सोमबार १२ जना घाइते भएका छन् । घाइते भएका मध्ये १० जनाको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको छ । दुई जनाको अवस्था भने गम्भीर रहेको अस्पतालका सूचना अधिकारी राजन पोखरेलले जानकारी दिए । एक नाबालक र ९० वर्षिया वृद्धालाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । धनकुटा नगरपालिका ५, ६ र ७ वडा सबैभन्दा बढी प्रभावित रहेको प्रहरीले जनाएको छ । बालमन्दिर, कर्मीटार, चुलीवन, हुलाकटोललगायत क्षेत्रका स्थानीयलाई बहुला कुकुरले टोकेको छ । कुकुर मार्न धनकुटा नगरपालिकाले नगर प्रहरी परिचालन गरेको प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापाले जानकारी दिए ।
Read More
गाँजासहित इटहरीबाट दुईजना पक्राउ

गाँजासहित इटहरीबाट दुईजना पक्राउ

इटहरी, पुस १९ । सुनसरीको इटहरी उप-महानगरपालिका-२० बाट ७२ किलो गाँजासहित दुईजना पक्राउ परेका छन् । प्रहरीका अनुसार धनकुटाको सहिदभूमि गाउँपालिका-१ का २४ वर्षीय विक्रम राई र ३३ वर्षीय संजिव राईलाई पक्राउ गरिएको हो । आइतबार राति साढे १२ बजे कोशी राजमार्गको तरहरा चोकमा प्रदेश १-०२-०४२ प ६२१९ नम्बरको मोटरसाइकलमा चेकजाँच गर्दा प्रहरी चौकी तरहराको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रहरीलाई देखेपछि मोटरसाइकलमा रहेका दुई जनाले झोला फाली भागेको प्रहरीले बताएको छ । उनीहरूलाई मोटरसाइकलसहित प्रहरीले नियन्त्रणमा लिएको छ । बरामद गाँजासहित पक्राउ परेका दुवैजनालाई इलाका प्रहरी कार्यालय इटहरीबाट राखेर अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।
Read More
कोशीटप्पुमा आजबाट चरा गणना

कोशीटप्पुमा आजबाट चरा गणना

पुस १७ । कोशीटप्पु वन्यजन्तु आरक्षमा आजबाट चरा गणना गर्न लागिएको छ। हरेक वर्ष पुसमा हुने चरा गणना यो ३५औं हो । मानव अतिक्रमणले कोशीटप्पुमा वर्षेनी जलचरा घट्दो क्रममा छन्। सयौंको संख्यामा एकै झुण्डमा पाइने चरा अहिले स-साना झुण्डमा देखिने गरेका छन् । कोशी पंक्षी समाजका अध्यक्ष संजीव आचार्यका अनुसार यस वर्षको पाँच दिने चरा गणनामा ३० जनाको समूह परिचालित छ । कोशी पंक्षी समाज, बराहक्षेत्र नगरपालिका, कोशीटप्पु लर्निङ ग्राउन्डस्, राष्ट्रिय प्रकृति संरक्षण कोष, हिमाली प्रकृति, कोशी पंक्षी अध्ययन केन्द्र, कोशीटप्पु वन्यजन्तु आरक्ष, नेपाली सेना, केटीके बेल्ट, जेडएसएल नेपाल, नेपाल पंक्षीविद् संघलगायतका संस्था चरा गणनामा सहभागि भएको अध्यक्ष आचार्यले जानकारी…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.