धनकुटामा बहुला कुकुरको टोकाइबाट १२ घाइते

धनकुटा, पुस २० । बहुला कुकुरको टोकाइबाट सोमबार १२ जना घाइते भएका छन् । घाइते भएका मध्ये १० जनाको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको छ ।

दुई जनाको अवस्था भने गम्भीर रहेको अस्पतालका सूचना अधिकारी राजन पोखरेलले जानकारी दिए । एक नाबालक र ९० वर्षिया वृद्धालाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।

धनकुटा नगरपालिका ५, ६ र ७ वडा सबैभन्दा बढी प्रभावित रहेको प्रहरीले जनाएको छ । बालमन्दिर, कर्मीटार, चुलीवन, हुलाकटोललगायत क्षेत्रका स्थानीयलाई बहुला कुकुरले टोकेको छ ।

कुकुर मार्न धनकुटा नगरपालिकाले नगर प्रहरी परिचालन गरेको प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापाले जानकारी दिए ।

By Admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.