विवेकशील साझा पार्टी विवाद: सर्वोच्च अदालत जाँदै मिलन पाण्डेको पक्ष

पुस २० । विवेकशील साझा पार्टीबाट निष्कासित तत्कालीन संयोजक मिलन पाण्डेको पक्षले पार्टीको वैधानिकता प्राप्तिका लागि सर्वोच्च अदालतमा मुद्दा हाल्ने भएको छ ।

विवेकशील साझा पार्टीको वैधानिकता अध्यक्ष रवीन्द्र मिश्रलाई दिएको निर्वाचन अयोगलाई यस विषयमा पुनरवलोकन गर्न भन्दै पाण्डेले निवेदन दिएका थिए । तर आयोगले ‘निर्णय गर्न नचाहेको’ भनेर जवाफ दिएपछि पाण्डे पक्ष सर्वोच्च अदालत जाने भएको हो ।

पाण्डे पक्षका प्रवक्ता हरिशपसाद भट्टले विज्ञप्ति जारी गरी आफूहरू यस विषयमा कानुनी उपचारका लागि चाँडै सर्वोच्च अदालत जाने तयारीमा रहेको जानकारी दिएका हुन् ।

‘पार्टीको विधान विपरीत पार्टीको नीति र नेतृत्व परिवर्तन गर्ने जस्तो गम्भीर निर्णय भएको एकल बैठक, जहाँ उपस्थित भएर असहमति जनाएका र बैठकमै उपस्थित नरहेका सबैको सहमति छ भनेर किर्ते माइन्युट बनाइयो’, विज्ञप्तिमा भनिएको छ, ‘त्यो बैठकको वैधानिकता उपर उजुरी दिँदासमेत बिना जाँचबुझ सदर गर्ने निर्णय गर्नुमा आयोगको के बाध्यता थियोरु अदालतमा आयोगले जवाफ दिनुपर्नेछ ।’

By Admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.