अर्पण बचत तथा ऋण सहकारीको साधारण सभा सम्पन्न

चितवन, पुस १८ । पूर्वी चितवनको रत्ननगर नगरपालिका–१ बकुलहरमा रहेको अर्पण बचत तथा ऋण सहकारी संस्थाको १२औं बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । सो अवसरमा १२ जना सहकारीकर्मीहरुलाई सम्मान तथा पुरस्कृत गरिएको छ ।

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद खनाल प्रमुख अतिथि रहेको सो कार्यक्रममा असल बचतकर्तातर्फ कृष्णप्रसाद आचार्य, दीक्षा कुमारी भूषाल, रामजी खनाल, सुरेशजंग पाण्डेलाई सम्मान तथा पुरस्कृत गरिएको छ ।

त्यसैगरी ज्येष्ठ शेयर सदस्यको रुपमा रामचन्द्र देवकोटा, असल शेयर सदस्यतर्फ मुना महतो, बुद्धिकुमारी मल्ल, विर्सना श्रेष्ठ, प्लस २ मा उत्कृष्ट अंक ल्याउने शुष्मा पौडेल, सक्रिय शेयर सदस्यको रुपमा निर्मला पौडेल, उत्कृष्ट कर्मचारीको रुपमा इन्दिरा सिंखडालाई सम्मान तथा पुरस्कृत गरिएको संस्थाका उपाध्यक्ष सुरज पौडेलले बताए ।

मन्त्री खनाल र संस्थाका अध्यक्ष मेघनाथ पौडेलले उनीहरुलाई दोसल्ला, सम्मानपत्र र नगदसहित सम्मान तथा पुरस्कृत गरेका थिए । सो अवसरमा संस्थाका अध्यक्ष पौडेलले भावि कार्ययोजना, नीति तथा कार्यक्रम, सचिव किशोर चालिसेले वार्षिक प्रतिवेदन, कोषाध्यक्ष रामकुमार बजगाई र लेखा समिति संयोजक दिनेश रेग्मीले आन्तरिक लेखा परीक्षण प्रतिवेशन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ चितवनका अध्यक्ष हरिशचन्द्र सुवेदी, चितवन जिल्ला सहकारी संघका उपाध्यक्ष प्रेमनाथ दुवाडी, जनजागृती सहकारी संस्थाका अध्यक्ष रमाकान्त पौडेल, नेकपा एमालेका नगर अध्यक्ष इश्वरी प्रसाद अर्याल, नेपाली काँग्रेसका नगर सभापति प्रल्लाद सापकोटा, माओवादी केन्द्रका नगर इन्चार्ज राजु अम्गाई लगायतले मन्तव्य राखेका थिए ।

संस्थाका उपाध्यक्ष मोहदत्त पौडेल (शुरज) ले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा संस्थाका अध्यक्ष मेघनाथ पौडेलको सहभागीहरुलाई टोपी दिवसको अवसरमा ढाकाटोपी वितरण गरेका थिए ।

By Admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.