काठमाडौं, पुस १९ । सेयर कारोबारको दोस्रो दिन नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएको छ । यसदिन नेप्से ३२.०३ अंकले बढेर २६ सय १६.९४ विन्दुमा बन्द भएको छ । अघिल्लो कारोबार दिन आइतबार नेप्से ६० अंक बढीले वृद्धि भएको थियो । सो दिन २४० कम्पनीको ७१ लाख ६० हजार ९८३ कित्ता सेयर ४ अर्ब १२ करोड ६९ लाख ८० हजार ६८ रुपैयाँमा सेयर कारोबार भएको थियो ।
यसदिन सेन्सेटिभ इण्डेक्स ५.८६ अंकले बढेर ४८७.८७ विन्दुमा अडेको छ ।
सोमबार २३० कम्पनीको ८२ हजार ५ हजार ५२ कित्ता सेयर ४ अर्ब ५३ करोड ३० लाख १७ हजार १७९ रुपैयाँमा कारोबार भयो । यसदिन कारोबारमा आएका १३ समूहमध्ये १२ समूहको परिसूचक वृद्धि भएको हो ।
यसदिन व्यापार समूहको सर्वाधिक ७.०४ प्रतिशतले सेयर मूल्य बढेको छ । यस्तै लघु वित्तको २.८८ र वित्त समूहको २.०५ प्रतिशतले बढेको हो । मूल्य बढेका अन्य समूहको परिसूचक पनि सामान्य अंकले वृद्धि भएको छ ।
उत्पादन समूहको परिसूचक भने ओरालो लागेको छ । यो समूहको परिसूचक ०.०३ अंकले घटेको हो ।
यस्तै मध्ये भोटेकोशी जलविद्युतको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सो कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको हो । यस्तै गुराँस लघुवित्त संस्थाको सेयर मूल्य ९.४५ प्रतिशतले बढेको छ ।
कारोबार रकमका आधारमा यसदिन हिमालयन डिस्टिलरी अग्रस्थानमा रह्यो । यो समूहको २८ करोड ४४ लाख ७० हजार ५७० रुपैयाँमा सेयर कारोबार भएको छ । आइतबार पनि हिमालयन डिस्टलरी ४४ करोड ९४ लाख बराबरको सेयर कारोबार गरेर शीर्षस्थानमा रहेको थियो ।