अनुप पौडेल ✍️✍️
चितवन । सर्प उद्धार कर्ता यमलाल भण्डारीले गैडाकोटमा रहेको अपाङ्ग जीवन विकाश संस्थालाई टेलिभिजन हस्तान्तरण गरेका छन् । सामाजिक ब्यत्तिव्त अर्जुन सापकोटा सँगै भण्डारीले केहिदिन अगाडी टिकटकमा हालेको भिडियो हेरे पछि जापान बस्ने एनआरएनएका सह कोषध्यक्ष टंक प्रसाद गैरे र उहाँकी धर्म पत्नी मिना गैरेले उक्त टेलिभिजन उपलब्ध गराउनु भएको थियो । सर्प उद्धार कर्ता यमलाल भण्डारीले संस्थाका सञ्चालक बालकृष्णलाई हस्तान्त्रण गर्नु भएको थियो । २२ जना अपाङ्ग आश्रीत उक्त आश्रममा चाड पर्व नजिकिएसँगै मनोरञ्जनको लागि टेलिभिजन उपलब्ध गराईएको हो

सर्प उद्धार कर्ता भण्डारी सर्प संरक्षणसँगै मानव सेवामा समेत सक्रिय देखिने गरेका छन् । उनले केहि दिन अगाडि रत्ननगरको जयमंगलाबाट ७४ बर्षिय बृद्धाको उद्धार गरेका थिए । हिडढुल गर्न नसक्ने, शरिर सुनिएको अवस्थामा छिमेकीको गोठमा बस्दै आएकी बृद्धालाई उद्धार गरि मावबसेवा आश्रम लगिएकोे थियो । ८ दिन सम्म अस्पतालमा लगेर उपचार पश्चात आश्रममा राखिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर