चितवन
एसईईको नतिजा अनुसार भरतपुरको बाल्मिकी बोर्डिङ चितवनको संस्थागत विद्यालयमध्ये सर्वोत्कृष्ट भएको छ । चितवनबाट एसईई परिक्षा उत्र्तिण हुने मध्ये निजि विद्यालय तर्फबाट बाल्मिकीका सनिस सापकोटाले मात्रै ४ जिपिए ल्याएका छन् । राष्ट्रिय परीक्षा बोर्डले बुधवार सार्वजनिक गरेको एसईईको नतिजा अनुसार चितवनको संस्थागत विद्यालयमध्ये बाल्मिकीका सापकोटाले मात्रै ४ जिपिए ल्याएका हुन् । संस्थागत विद्यालय तर्फ सनिस नेपाल प्रथम भएको बाल्मिकी बोर्डिङका प्राचार्य प्रदिप पौडेलको दावी छ ।
बाल्मिकी स्कूलबाट २०३ जनाले एसईई दिएका थिए । विद्यार्थी मध्ये ३६ जनाले ‘ए’ प्लस ल्याए । ६१ जनाले ‘ए’, ५४ जनाले ‘बी’ प्लस, ३९ जनाले ‘बी’, ११ जनाले ‘सी’ प्लस र ३ जनाले ‘सी’ ल्याएका छन् । बाल्मिकीका विद्यार्थीले हरेक वर्ष चार जिपिए ल्याएका छन् । वाल्मीकि शिक्षा सदनबाट २०७५, २०७६, २०७७ र २०७८ गरी नियमित चार वर्षसम्म ४ जिपिए ल्याउने एकमात्र संस्थागत विद्यालय भएको पौडेलको दावी छ । शिक्षकको लगनशिलता, विद्यार्थीको मेहनत र अभिभावकको सहयोगका कारण राम्रो नतिजा प्राप्त गरेको प्रिन्सिपल पौडेलले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर