बाल गायक प्रिन्स सिलवालको बुट्टेसारी सार्वजनिक भएको छ । नेपालीहरुको माहान पर्व हरितालिका तीज पर्वलाई लक्षित गर्दै बाल गायक सिलवालको आफ्नै अफिसियल यूटुबच्यानल मार्फत गित सार्वजनिक गरिएको हो । बाध्यताले विदेसिनु परेको बुबा, भड्किलो बन्दै गएको तिजमा आमा र छोराबीचको झगडालाई गीतमा समेटिएको छ ।

म्यूजिक भिडियोमा गायक प्रिन्स सिलवालको हजुरआमाको भूमिकामा सन्ध्या बुढा (काउलीबूढी) र आमाको भूमिकामा नर्मता शर्माले अभिनय गरेका छन् । यो गीतमा प्रिन्स सिलवाललाई सन्ध्या बुढा (काउलीबूढी) ले साथ दिएकी छिन् । सीताराम सिलवालको शब्द, अर्जुन पोखरेलको संगीतलाई अदेश गुरुमछानले एरेन्ज गरेका हुन् ।


सन्तोष राजभक्तको कोरियोग्राफी रहेको भिडियोमा माधव शर्माले निर्देशन गरेका हुन् । गीतलाई छायांकन तथा सम्पादन अनिल कटवालले गरेका हुन् । काठमाडौँकै सेरोफेरोमा गीतको छायांकन गरिएको हो । यसअघि बालगायक सिलवालको दशैँ मनाउने हो, माया लाग्छ नेपालको, सरोज खनालको अभिनय रहेको बाबा, ट्राफिक हाम्रै साथी बोलको जनचेतनामूलक गीत सार्वजनिक भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर