रत्ननगरमा अपाङ्गता भएका महिलाहरुको अभिमुखिकरण कार्यक्रम सम्पन्न

रत्ननगर । चितवनको रत्ननगरमा अपाङगता भएका महिलाहरुको अधिकारका सम्बन्धमा संयुक्त राष्ट्रसंघीय महासन्धी र दिंगो विकास लक्ष्यमा उल्लेखित अधिकार बारे सोमबार अभिमुखीकरण कार्यक्रम गरिएको छ ।

नेपाल नेत्रहिन महिला संघ नेपालले आयोजना गरेको कार्यक्रममा जनप्रतिनिधिहरुलाई अपाङगता भएका व्यक्तिहरुको विकासको लागि सरकारले बनाएका ऐन,नियम,कानुन र सेवा सुविधाको विषयमा जानकारी गराइएको थियो । कार्यक्रममा स्थानीय सरकारले अपाङगता भएका व्यक्तिहरुको जीविकोपार्जन तथा अधिकारी प्राप्तीका लागि गर्नुपर्ने जिम्मेवारीको विषयमा छलफल गरिएको नेपाल नेत्रहिन महिला संघकी केन्द्रीय सदस्य सकुन्तला पोखरेलले जानकारी दिइन ।

कार्यक्रममा नेपाल नेत्रहिन संघका महासचिव शिशिर खनालले अपाङ्गताको अबधारण,परिचय र स्थानीय सरकार सञ्चालन ऐन र उपसचिव निरा अधिकारीले कानुनी व्यवस्थाका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । रत्ननगर नगरपालिकाका मेयर प्रल्हाद सापकोटा प्रमुख अतिथि रहेको सो कार्यक्रममा उपमेयर यादब प्रसाद पाठक, प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी, वडा नं १६ का वडाध्यक्ष हेमराज थापा,महिला विकास अधिकृत दीपा घिमिरे, ईलाका प्रहरी कार्यालय रत्ननगर प्रहरी नायव उपरीक्षक रबिनबाबु रेग्मी लगायतले मन्तव्य राखेका थिए ।

नेत्रहिन महिला संघ नेपालकी महासचिव अनिता सिग्देलको अध्यक्षतामा भएको कार्यक्रम अपाङ्गता अधिकार कोष (डिआरएफ) साउथ स्ट्रीट युएसएको आर्थिक सहयोगमा गरिएको हो ।

By सञ्जय दवाडी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.